काठमाडौं– सरकारले सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन गर्न वनेका कानूनले स्थानीय तहलाई सुर्तिजन्य पदार्थ नियन्त्रण तथा नियमनको जिम्मा दिइएको छ ।
सुर्तीजन्य पदार्थको नियन्त्रणका लागि ‘सुर्तीजन्य पदार्थ (नियन्त्रण र नियमन गर्ने) ऐन –२०६८’, ‘सुर्तीजन्य पदार्थ (नियन्त्रण र नियमन गर्ने) नियमावली –२०६८’ र ‘सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन निर्देशिका –२०७१’ ले सुर्तीजन्य पदार्थको रोकथाम र नियन्त्रण गर्न स्थानीय तहलाई जिम्मेवारी बनाएको छ ।
निर्देशिकाको दफा १६ मा रोकथाम र नियन्त्रण गर्नका लागि स्थानीय तहमा उपसमिति गठन गर्ने व्यवस्था गरिएको छ । सोही समितिले स्थानीय तहमा रोकथामका लागि आवश्यक पहल गर्न सक्ने व्यवस्था गरिाएको छ ।
संघीय सरकारले प्रभावकारी सयन्त्र नभएकाले स्थानीय तहले सुर्तीजन्य पदार्थका रोकथाम र नियन्त्रण गर्न सकेको छैन । तर पनि स्थानीय तहले पछिल्लो समय सुर्तिजन्य पदार्थ नियन्त्रण र नियमनका लागि धेरै पहलहरु गरिहेको छ । बर्दिया जिल्लाका स्थानीय तहले पनि चुरोट, खैनी, गुट्खा जस्ता सुर्तीजन्य पदार्थलाई रोकथाम र नियन्त्रण गर्ने प्रयास गरिरहेको छ ।
बर्दियाको बारबर्दिया नगरपालिकाका जनस्वास्थ्य निरिक्षक गोबिन्द पौडेलले सुर्तीजन्य पदार्थको सेवनले निम्त्याउँन सक्ने रोगहरु बारे जनचेतना कार्यक्रम गरिरहेको बताए ।
उनका अनुसार नियमित रुपमा स्वास्थ्य संस्थाहरुमा क्षयरोगका बिरामीहरुलाई लक्षित गरि सुर्तीजन्य पदार्थको अवस्था के छ भनेर अनुगमन भइरहेको छ ।
नगरपालिकाको उपप्रमुखको संयोजत्वमा बजार अनुगमन टोली पनि बनाएको र उक्त टोलीले नियमितरुपमा सुर्तीजन्य पदार्थ कहाँ कति राखिएको छ भनेर कारबाही प्रक्रिया पनि अगाडि बढाइएको जनस्वास्थ्य निरिक्षक पौडेल बताए । तर उनले सुर्तिजन्य पदार्थ नियन्त्रणका लागि जति काम हुनु पर्ने हो त्यति नभएको स्पष्ट पारे ।
उनले नगरपालिकाभित्र सुर्तीजन्य पदार्थ नियन्त्रण नियमन सम्बन्धि धेरै कार्यक्रमहरु भएपनि परिमाणमुखी नभएको गुनासो गरे । ‘कार्ययक्रममा उपस्थित हँदा सबैले यो खानु हँदैन यसको प्रचारप्रसार गर्नु पर्छ भन्ने हुन्छ तर व्यवहारमा यो कार्यन्वयन भने हुँदैन’ जनस्वास्थ्य निरिक्षेक पौडेलले भने । सरकारले सुर्तीजन्य पदार्थमा कर बढाएर नियन्त्रण गर्न खोजेपनि प्रयोगकर्ता नघटेको उनको भनाई छ ।
उनले भने ‘सरकारी कार्यालय भित्रै रहेको फोहोरका भाडाहरु गुटखाले भरिएका हुन्छन् । कर्मचारि आफैले नियम पालना गदैनन ।’ उनले नागरिकले सुर्तिजन्य पदार्थ सेवनको असर बारे थाहा पाउँदा पाउँदै पनि सेवन गरिरहेको बताए ।
उनले विद्यालय तहको पाठयक्रममा नै सुर्तीजन्य पदार्थले गर्ने हानीको बारेका राख्न आवश्यक रहेको बताए । उनले भने ‘हरेक पसलहरुमा सुर्तीजन्य पदार्थहरु पाईन्छ सबैलई थाहा छ यसको असरबारे बट्टाहरुमा पनि ९० प्रतिशत क्यान्सरको चिन्ह देखाएको छ तर पनि खान्छन्’ उनले भने ‘त्यसैले विद्यालय तहदेखि नै धुम्रपान र मध्यपान जस्ता कुरा समेटिएको पाठ्यक्रम बनाउन जरुरी छ । ’
उनले नगरपालिकामा पनि कानुनीरुपमा कडा नियम बनाएता पनि कार्यन्वयन भने हुन नसकेको बताए ।
स्थानिय तहमा पनि निर्देशिका बनाउन धेरै आवश्यक रहेको उनको भनाई रहेको छ । उनि भन्छन् ‘प्रहरी प्रशासनबाट पनि यस सम्बन्धि काम भइरहेको छ तर यति मात्र प्राप्त छैन । त्यस्तै सुर्तीजन्य पदार्थ नियन्त्रणका लागि स्वास्थ्य क्षेत्रको मात्र नभएर सबैको सहभागिता आवश्ययक रहेको छ ।’
यस्तै बासँगढी नगरपालिका तथा बेलुवा नगरपालिकाका स्वास्थ्य प्रमुख हरिहर तिवारी पनि नियन्त्रणका लागि बनेको कानूनको स्थानीय तहमा प्रभावकारी रुपमा कार्यन्वयन नभएको बताए ।
स्थानीय तहमा अझै पनि सार्वजनिक स्थलमा कसैले धुम्रपान गर्न नपाइने, १८ वर्षमुनिका व्यक्तिले बेचविखन गर्न बन्द गर्ने, चुरोट बट्टामा मात्रै बिक्री वितरण गर्नुपर्ने, सार्वजनिक स्थलभन्दा १ सय मिटर टाढा मात्र सुर्तीजन्य पदार्थको बिक्री गर्ने जस्ता क्रियाकलाप भइरहेको छन् ।
उनले नगरपालिकाले ३–४ महिनाको फरकमा बजार अनुगमन गरेर बेच्न नमिल्ने बस्तुहरु बरामद गरिएको बताए । उनले भने नगरपालिकाले सार्वजनिक स्थलमा चुरोट सेवन गर्नेलाई सय रुपैया सम्मको जरिवाना गदै आइरहेको छ ।
स्वास्थ्य प्रमुख तिवारीका अनुसार महिलास्वंयसेविकाहरु मार्फत सुर्तिजन्य पर्दाथको नियन्त्रण गर्न जनचेतनाका लागि ब्रोसर, पम्प्लेटहरु घरपरिवारमा वितरण गरिएको जानकारी दिए । उनले अहिले कोरोनाले गर्दा पनि सुर्तीजन्य पदार्थहरुको नियमनमा केहि कमी आएको बताए ।
यस्तै बर्दिया जिल्लाका साहयक जिल्ला प्रमुख अधिकारी माधव शर्मा जिल्लाको स्थानिय प्रशासनले अवैधरुपमा आएका मदिरा र सुर्तिजन्य पदार्थहरु नियन्त्रणमा लिने गरेको बताए ।
उनले जिल्ला भित्रका सबै स्थानिय तहहरुले बालबाललिकाहरु चुरोट, खैनी, सुर्तीको कुलतमा नफसुन भनेर अतिरिक्त क्रियाकलाप पनि गराउँदै आइरेको जानकारी दिए । पछिल्लो समय बालबालिकाहरु लागू पर्दाथमा पसेर बिग्रने गरेका छन् उनले भने ।
जिल्ला प्रमुख शर्माले बन्दाबन्दिमा मदिरा र सुर्तिजन्य पर्दाथको बिक्रिवितरण गर्न नपाइने गरि आदेश गर्ने काम गरेको र त्यस्ता किसीमका बस्तुहरु ढुवानी गर्नका लागि सवारी साधनलाई अनुमति पनि नदिएको उनले बताए ।
सुर्तीजन्य पदार्थ नियन्त्रणमा बानीको पनि ठुलो भुमिका रहेको उनको भनाइ छ । उनि भन्छन् अभिभावकहरुले नै आफ्ना बालबालिकाहरु लाई सुर्तीजन्य पदार्थ सेवन गर्नमा ठुलो हात रहेको पाईन्छ । कि भने छोराछोरीको अगाडि खाने गर्दा उनिहरुलाई यो सुर्ति, चुरोट खान लत लाग्न सक्छ । त्यसकारण अभिभावकहरुले यस्ता लतहरु छोड्न धेरै आवश्यक रहेको यनले बताए ।
बर्दिया जिल्लाका स्वास्थ्य प्रमुख गोकर्ण गिरीले पहिले भन्दा जिल्लामा सुर्तिजन्य पदार्थ सेवन गर्नेको संख्यामा कमी आएको छ । रोकथाका लगि बजार अनुगमन पनि भइरहेको उनले बताए ।
स्वास्थ्य कार्यलयबाट पनि सुर्तिजन्य पदार्थहरु सेवन गर्दा क्यान्सर जस्ता नसर्ने रोगहरु लाग्न सक्छ भनेर जनचेतनामुलक कार्यक्रम सञ्चालन गरिएको स्वास्थ्य प्रमुख गिरीले बताए । पहिले पहिले ुसुर्तिकै खेती गर्नेहरु पनि अहिले यो हानिकारक छ भनेर तरकारी खेतितिर लागेको उनको भनाई रहेको छ ।
जिल्लास्तरबाटै सुर्तिजन्य पदार्य रोकथामका लागि पहल भएता पनि खुल्ला सिमा भएकाले भारतबाट सजिलै सुर्तिजन्य पदार्थ ओसारपसार गर्ने र यसरी ल्याउदा धेरै फाइदा हुने भएकाले सुर्तिजन्य पदार्थ नियन्त्रणमा केहि समस्या भएको उनले बताए ।
सरकारले सुर्तीजन्य पदार्थको नियन्त्रण र रोकथाकमा लागि तयार गरेका नियमनहरु पनि सहि तरीकाले कार्यन्वयन नभएको र स्थानिय तहमा त नियन्त्रण र रोकथामका लागि अझ बढी समस्या भएको उनले भनाई रहेको छ ।
क्यान्सर रोग बिषेशज्ञ डा. अरुण शाहीले ९० प्रतिशत क्यान्सर सुर्तिजन्य पर्दाथबाट लाग्ने गरेको र त्यसमध्ये पनि बढी फोक्सो र मुखको क्यान्सर हुने गरेको बाताए ।
उनि भन्छन् ‘मानिसहरुलाई यसको असर बारे थाहाहँदा हँदै पनि सेवन गरिरहेका हुन्छन् । तत्कालै यसको असर नदेखिएता पनि सुर्तीजन्य पदार्थका दिर्घकालिन असरहरु रहिन्छन् ।’
डा.शाहीका अनुसार नेपालको परिवेशमा अहिले सानै उमेरबाट कुलतमा फसेर ४०– ४५ वर्षकै उमेरमा धेरैलाई क्यान्सर जस्ता नसर्ने रोगहरु लागेको छ ।
प्रायः केटाकेटिहरु घरबाट नै प्रभावित भएर जाडक्सी, चुरोटहरु सेवन गरिहेका हुन्छन् बाबु आमा दाजुभाइहरुबाट नै उनिहरुले खान सकिरहेको डा.शाहीले बताए । त्यसकारण आजैबाट अभिभावकहरुले यस्ता लतहरु छोड्नु पर्ने कुरामा उनले जोड दिए ।
डा.शाही भनछन् ‘नेपालमा सुर्तीजन्य पर्दाथको सेवनका कारण लाग्ने रोगहरुबाट प्रत्येक वर्ष २७ हजार अर्थात प्रतिघण्टा तीनजना मानिसले ज्यान गुमाइरहेका छन्। सुतीजन्य पर्दाथ बेचबिखन तथा सेवनगर्ने कार्यलाई सबैले हतोत्साहित गर्ने गरौं ।’
प्रकाशित मिति: शनिबार, जेठ २२, २०७८ १६:१७