काठमाडौं - कब्जियत भएमा पेट ठीक ढंगले सफा हुन पाउँदैन । साथै मल त्याग गर्ने समयमा कष्ट हुन्छ । कब्जियत भएका व्यक्ति स्वस्थ्य व्यक्ति भन्दाको तुलनामा कम पटक शौच गर्छन् ।
सामान्य व्यक्तिले दिनहुँ मल त्याग गर्छन् । तर, जसलाई कब्जियत छ, उनीहरु दुई वा तीन दिनसम्म पनि शौच गर्न सकिरहेका हुँदैनन् । त्यसकारण उनीहरुको पेट भारी हुन्छ । शरीर छरितो महसुश हुँदैन । खानामा अरुची हुन्छ । कब्जियतको कारण कतिको वान्ता र टाउको दुख्ने समस्या समेत हुन सक्छ ।
कब्जियत हरेक उमेर समुहका मानिसलाई हुने एक आम समस्या हो । यो समस्या बालबालिकाहरुमा पनि देखिने गर्छ । बालबालिकाले कस्तो शैच गर्छ र कती दिनमा गर्छ भन्नेमा अभिभाबकले बिशेष ध्यान दिनुपर्ने हुन्छ ।
बालबालिकालाई कब्जीयत भएमा यस्तो घरेलु तरिकाअपनाएर उपचार गर्न सकिन्छः
ग्लिसरीन सपोसिटरी मलद्धार भित्र राखि दिने, यसले जाम भएर अड्केको दिशा खुलाउँछ ।
सिरप ल्याक्टुलोज बच्चाको तौल जति किलो छ त्यति नै एम एल दिनको एक पटक खुवाउने, दिशा नरम गर्न थालेपछि ल्याक्टुलोज खुवाउन बन्द गनुपर्छ । ल्याक्टुलोज बालबालिकाको लागी सुरक्षित हुन्छ यो खुवाउँदा बानि पर्दैन ।
२ दिनसम्म दिनको १ पटक ल्याक्टुलोज खुवाउँदा पनि दिशा गर्न गाह्रो भए दिनमा २ पटक सम्म खुवाउनुपर्छ ।
प्रशस्त पानी खुवाउने, फिजीकल एक्टिभिटि बढाउनुपर्छ ।
पूरक आहार प्रशस्त मात्रामा खुवाउनुपर्छ । नछिलेको स्याउ, नसपाती केरा, सुन्तला, स्टोबेरी, किम्मु, सिमि, बोडि, नछिलेको आलु, मुसुरको दाल, गहँुको दलीया जस्ता खानेकुरा प्रशस्त मात्रामा खुवाउनुपर्छ ।
दुग्ध पदार्थ, मासु, फास्ट फुड, तारेको खानेकुरा, प्रशोधित गुलियो पेय पदार्थ कम मात्रामा खुवाउनुपर्छ ।