काठमाडौं- खोप भनेको शरीरमा रोग सँग लड्ने क्षमता बढाउनका लागि दिइने भ्याक्सीन हो । आजीवन कनै रोग लाग्नका लागि बच्न खोपको लगाइन्छ ।
अधिकांश खोपहरु शिशु जन्मिए देखि १ वर्ष भित्र लगाउनु पर्ने हुन्छ । बालबालिकालाई नियमितरुपमा खोप लगाए शरीरिक र मानसिक विकास हुनुका साथै विभिन्न रोग तथा संक्रमण सँग बचाउन सकिन्छ । बालबालिकालाई स्वस्थ राख्न अपागंकता हुनबाट बचाउनुका साथै मृत्युजन्य रोगहरुबाट बचाउनका लागि सबै खोप नियमीत रुपमा लगाउनु पर्छ ।
शिशुलाई मात्र नभएर गर्भवती महिलालाई पनि खोप लगाउने गरिन्छ । गर्भवती महिलाले टि.डी खोप लागाउनु पर्छ जसले आमा र नवजात शिशुलाई धनुष्टङ्गकार र भ्यागुते रोगबाट बचाउन मद्दत गर्छ । सरकारले कुनै पनि बालबालिका खोपबाट बन्चित नहुन भन्ने उदेश्यले कम्तिमा महिनाको एक पटक तोकिएको खोप केन्द्रमा नेपाल सरकारले निःशुल्क खोप सेवा संन्चालन गरेको ।
किन बालबालिकालाई खोप आवश्यक छ ?
खोपले बालबालिकालाई नौ किसिमका रोगबाट बचाउँछ । बि.सी.जी खोपले बालबालिकालाई बाल्यकालमा हुने क्षयरोगबाट बचाउँछ भने यो खाप जन्मेको एक वर्ष भित्र एक पटक लागाउनु पर्छ ।
डि.पी.टी खोपले बालबालिकालाई भ्यागुते रोग लहरे खोकी, धनुष्टङ्गकार , हेपाटाइटिस-बी , हेमोफिलस इन्फुलुएन्जा-बी बाट हुने निमोनिया र मेनेन्जाइटिस रोगहरु लाग्नबाट बचाउँछ । यो खोप जन्मेको छ हप्ता देखि १४ हप्ता भित्र ४-४ हप्ताको फरकमा ३ पटक लगाउँनु पर्छ ।
पोलीयो खोपले पोलियो द्धारा हुने पक्षघातबाट बचाउँछ भने खोप जन्मेको छ हप्ता देखि १४ हप्ता भित्र ४ ४ हप्ताको फरकमा ३ पटक लगाउँनु पर्छ ।
दादुरा रुबेला खोपले बालबालिकालाई दादुरा र रुबेला रोग लाग्नबाट बचाउँछ । यो खोप जन्मेको ९ महिना पुरा भएपछि १ वर्ष भित्र एक पटक लगाउनु पर्छ ।
जापानिज इन्सेफलाइटिस यस खोपले जापानिज इन्सेफलाइटिस लग्न बाट बचाउँछ । यो खोप जन्मेको १२ महिनादेखि २३ भित्रमा एक् पटक लगाउनु पर्छ । यो खोप प्रभावित क्षेत्र जस्तै तराईका जिल्लाहरुमा मात्र लगाइन्छ ।
टि.डी खोप गर्भवती महिलालाई ४ हप्ताको फरकमा दुई पटक लागाइन्छ । यो खोपले धनुष्टङ्गकार र भ्यागुते रोगबाट बचाउन मद्दत गर्छ ।
बच्चालाई जन्मेको एक वर्ष भित्र माथि उल्लेखित सबै खोपहरु पूर्ण रुपमा दिएमा यी सबै रोगबाट बचाउँन सकिन्छ । यदि कुनै बालबालिकाहरुले खोप लगाएका छैनन् भने अरु बालबालिकालाई रोग सार्न सक्छन् त्यसकारण जन्मेको एक वर्ष भित्र प्रायः सबै खोप लगाइ सक्नुपर्छ ।
खोप सेवा प्रत्येक गा.बि.स, नगरपालिका , उपमहानगरपालिका र महानगरपालीकाका वडाहरुमा र सम्पूर्ण सरकारी स्वास्थ्य संस्थाहरुमा नियमित रुपमा उपलब्ध हुन्छन् ।
तोकिएको समयमा खोप लगाउन बिर्सिएमा अर्को सेसनमा खोप लगाउन सकिन्छ तर १ वर्षको उमेर भित्र खोप पुरा गर्नुपर्छ ।
कस्तो अवस्थामा बालबालिकालाई खोप लगाउनु हुदैन
बालबालिबका यदि कुनै रोगबाट सिकिस्त छन् भने तत्काल खोप दिनु हुदैन तर रोग निको भएपछि खोप लगाउदा कुनै फरक पदैन । बालबालिबालाई सामान्य ज्वरो , रुघाखोकि , पखला वा अन्य कुनै किसिमको रोग लागेर बिरामी भएता पनि तालिका अनुसार खोप लगाउन सकिन्छ जन्मिदै दुब्लो वा अपागं भएका बालबालिकालाई खोपको सबै मात्रा लगाउनु बढि आवश्यक छ ।
खोपका फाइदा
बालबालिकाहरुमा रोग सँग लड्न सक्ने क्षमता कम हुन्छ त्यसकारण पूर्ण खोप दिएको खण्डमा विभिन्न रोगहरुको संक्रमणबाट बचाउन सकिन्छ ।
बालबालिकालाई रोग लागेर उपचारका लागि स्वास्थ्य संस्था लग्नु भन्दा जन्मेको एक वर्ष भित्र सम्पूर्ण खोप दिइएमा रोग सँग लड्ने शक्ति प्रदान हुन्छ र खोपले बालबालिकालाई अपागं हुनबाट बचाउनुका साथै बालमृत्युदर कम गर्न सकिन्छ ।
कुनै बालबालिकामा खोप लागाएपछि हाल्का ज्वरो आउँन सक्ने सुई लगाएको ठाउँमा सुन्निे हुन्छ । यस्तो अवस्थालाई सामान्य मानिन्छ तर यदि बच्चालाई धेरै ज्वरो आयो घाउमा संक्रमण भएमा अस्पताल जानु पर्छ ।
सरकारको राष्ट्रिय दादुरा–रुबेला विरुद्धको अभियान अन्तर्गत सरकारले २०७६÷७७ मा ९ महिनादेखि ५ वर्ष सम्मका करिब ३० लाख बालबालिकालाई दादुरा रुबेला खोप लगाउने लक्ष्य लिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग अन्तर्गत परिवार कल्याण महाशाखाले यो अभियान दुई चरणमा लागु गर्नेछ । फागुन १ ९बिहीबार० गते सुरु भइ फागुन ३० सम्म संचालनमा रहने पहिलो चरण अन्तर्गत प्रदेश नं। १, २ र ५ का बालबालिकालाई दादुरा र रुबेला खोप लगाइनेछ ।
यसैगरि दोस्रो चरण चैत्र १ गते देखि चैत्र ३० गते सम्म सञ्चालन हुनेछ । यो चरणमा बागमती, गण्डकी, कर्णाली र सुदूर पश्चिमका बालबालिकालाई यी खोप लगाइनेछ ।