काठमाडौं - नेपालमा बालबालिकालाई धेरै हुने समस्यामध्ये निमोनिया पहिलो नम्बरमा आउँछ। निमोनिया फोक्सोको संक्रमण हुने रोग हो। यो रुघाखोकी बिग्रेर हुन्छ । निमोनिया प्राय बालबालिकालाई मात्र हुने भनेर बुझिए पनि यसले बुढेसकालसम्मै दुःख दिन्छ।
फोक्सोको संक्रमण धेरैजसो किटाणुहरुले गराउँछ । किटाणुबाहेक अरु चिजले पनि गर्छ । त्यसैले जाडो मोसममा बालबालिकालाई निमोनिया हुन नदिन अभिभाबक निकै सावधान रहनुपर्छ। यस्ता लक्षण देखिएका बालबालिकालाई निमोनिया भएको थाहा पाउन सकिन्छ ।
छिटो छिटो सास फरेमा
एक महिनासम्मको शिशु प्रति मिनेट ६० भन्दा बढि सास फरेमा
एक देखि १२ महिनासम्मको बालबालिका प्रति मिनेटमा ५० भन्दा बढि सास फेरेमा
१ देखि ५ बर्षसम्म बालबालिका प्रति मिनेटमा ४० भन्दा बढि सास फेरेमा
सास फेर्दा कोखा हान्ने, ठस ठस कन्ने, घ्यार घ्यार वा स्याँ स्याँ आवाज आएमा
रुघाखोकिसँग सुरु भएको ज्वरो ३र४ दिनसम्म ठिक नहुने, काम ज्वरो आएमा
कफ सहितको खोकि लागेमा
ज्वरोसँगै छाली दुख्ने पेट दुख्ने भएमा
ओठ हात खुट्टाको औला निलो हुने
शिशुले दुध कम चुस्ने, शिशु लोसो हुने
माथि उल्लेख गरिएका लक्षणहरु देखिएमा बालबालिकालाई निमोनियाको जोखिम हुन सक्छ ।