काठमाडौं- मिर्गौलाबाट पिसाबको थैली हुँदै नलीबाट बाहिर निस्कने जुनसुकै ठाउँमा किटाणुले हुने संक्रमण (इन्फेन्सन) नै पिसाब संक्रमण हो। पिसाब संक्रमण यौनअंगको सरसफाई नगर्दा वा शरीरको कुनै भागमा भएको संक्रमण रगतको नली हुँदै पिसाब नलीमा पुग्यो भने हुने सम्भावना बढि हुन्छ ।
मिर्गौला हुँदै पिसाबको थैली, पिसाबको नली वा पिसाब आउने बाटोमा कहीँ पनि समस्या भयो वा अवरोध भयो भने पनि पिसाब जमेर संक्रमण हुनसक्छ।
पिसाब संक्रमण पुरुषको तुलनामा महिलाहरुमा बढि हुने गर्छ । नवजात शिशुहरु पनि यो समस्या रहेको पायएको छ ।विभिन्न सर्वेक्षणअनुसार नवजात बालिकाको तुलनामा नवजात बालकमा चार गुणा बढी पिसाब संक्रमणको समस्या देखिएको छ । तर, एकदेखि पाँच वर्षसम्मका बालबालिकामा भने फरक पाइएको छ । बालकको तुलनामा बालिकामा यो समस्या नौ गुणाले बढी हुने गर्छ ।
बच्चाको पिसाब संक्रमण हुने केहि कारणहरुः
विशेषतः ई–कोलाई नामक कीटाणुका कारण पिसाबमा संक्रमण हुन्छ । यसको साथै बालिकाको दिसा धुँदा हात पछाडीबाट अगाडी लग्दा,
सरसफाईमा ध्यान नदिनु,
बालकको लिंगको टुप्पोको मासु पछाडी फर्कीएको अवस्थामा,
पुरुष या महिलाको जस्तो स्पष्ट लिंग नछुटिनु,
मिर्गौला, मूत्रवाहिनी, मूत्रथैली तथा मूत्रनलीमा समस्या वा विकृति हुँदा समेत पिसाबको संक्रमण हुन सक्छ ।
लक्षण
सानो बच्चाहरु मडारिएर रुने ,
पिसाब पोल्नु,छिटो–छिटो पिसाब फेर्नु,
पिसाब नियन्त्रण गर्न नसक्नु ,
ज्वारो आउँनु ,
पेटमा डल्लाडुल्ली देखिनु,तल्लो पेट र कम्मर दुख्नु,
पिसाबबाट गन्ध आउनु,
भएको लामो समय भए पिसाबमा रगत देखिनु,
संक्रमण हुँदा यी उपाय अपनाउँन सकिन्छः
बच्चालाई हरेक ३ घण्टामा पिसाब फेर्न अनुरोध गर्ने,
दिसा पिसाब सफा गर्दा अगाडीबाट पछाडीतिर धोइदिने वा उनिहरुलाई पछाडीबाट अगाडी धुनु हुदैन भनेर सिकाउने ,
सूतीको भित्री लुगा लगाइ दिने, टाइट जीन्सका कपडा लगाउन नदिने,
कब्जियत हुन नदीने,
पानी प्रशस्त खुवाउने ,
मूत्र थैलीमा पिसाब बाकी रहन नदिने ,