बच्चालाई खाना खुवाउन आमाहरुलाई निकै सकस पर्छ । बच्चाहरुलाई खाना खुवाउनै पर्ने तर बच्चाहरुले अक्सर खाना खान नमान्दा आमालाई समस्या परिरहेको हुन्छ ।
“मेरो बाबु राम्रो”, “ठूलो मान्छे” लगायतका शब्द प्रयोग गरेर आमाहरुले आफ्नो बच्चालाई फकाईफुल्याई खाना खुवाने गर्छन् ।
तर त्यसरी फकाइफुल्याई खाना खुवाउँदा सन्तुलित खाना खुवाउनु पर्ने हुन्छ । सन्तुलित खानाले बच्चाको स्वास्थ्यमा महत्वपूर्ण भूमिका खेल्छ । तर कसरी खुवाउने त बचई सन्तुलित आहार ? हामीले तल केही टिप्सहरु उल्लेख गरेका छौँ ।
१. बच्चालाई सन्तुलित आहारा दिनु आवश्यक हुन्छ । हरेक दिन ५ अलग–अलग पौष्टिक खाद्यपदार्थ दिनुपर्छ ।
२. बच्चालाई खुवाउन बल प्रयोग गर्नु हुँदैन्, मायाले सम्झाएर खुवाउनु पर्छ ।
३. बच्चाको खाना कलरफुल बनाउन सलाद, काचो फल र तरकारी काटेर दिनुपर्छ । जुन उनीहरुलाई आकर्षक लागोस् ।
४. बच्चालाई खेल्ने स्वीकृति दिनुपर्छ । जसबाट उनीहरुलाई बढी भोक लागोस् र बढी खाओस् ।
५. जंकफुडभन्दा पौष्टिक खाना खुवाउने बानी राख्नुहोस् । जंकफुडले फाईदा होईन, झन असर गर्छ ।