धेरै मात्रमा थाइराइडका बिरामीको सख्या बढ्दै गइरहेको छ । थाइराइडको ग्रन्थी बढ्न थालेपछि हाम्रो स्वास्थ्यमा विभिन्न समस्या देखा पर्न थाल्छन् । अझ बच्चाहरुमा यो समस्या देखा पर्दा उनीहरुको विकासमा समेत असर पर्न सक्छ । त्यसकारण यसको सुधारका लागि घरमै भएका यी खानेकुरा खाने गर्दा धेरै राहत् महसुस गर्न सकिन्छ । तर कसैको अवस्था धेरै गम्भीर छ भने चाहिँ तुरुन्तै चिकित्सकको मद्दत लिनुपर्छ ।
१. थाइराइडलाई नियन्त्रण गर्न दैनिक दुधमा बेसार पकाएर खाने गर्नुपर्छ । बेसार हालेको दुध यसका लागि धेरै प्रभावकारी हुन्छ ।
२. दैनिक खालि पेटमा लौकाको जुस पिउने गर्दा पनि थाइराइडबाट टाढा रहन सकिन्छ । यो जुस पिएपछि आधा घण्टासम्म अरु केही नखाइ बस्नुपर्छ ।
३. दुई चम्चा तुलसीको रसमा आधा चम्चा घिउकुमारीको रस मिसाएर खाने गर्दा पनि यस समस्याबाट छुटकारा पाउन सकिन्छ ।
४. थाइराइडबाट मुक्त हुने अर्को तरिका भनेको प्याजको मजास हो । प्याजलाई बीचबाट काटेर दुई टुक्रा पार्ने अनि सुत्नुअघि थाइरोइड ग्रन्थिको वरिपरि त्यसले मजास गर्ने । यसरी प्याजको रस नधोइकन राखिरहने हो भने पनि यसबाट धेरै राहत पाउन सकिन्छ ।
५. थाइराइडको उपचारका लागि मरिच पनि धेरै फाइदाजनक मानिन्छ । कुनैपनि तरिकाले दैनिक मरिच सेवन गर्ने गर्दा धेरै लाभ पाउन सकिन्छ ।
६. बदाम र ओखरमा पाइने सेलेनियम नामक तत्व थाइरोइडको उपचारका लागि धेरै उपयोगी मानिन्छन् । अझ हाइपोथाइरोइड (थाइराइड हर्मोन वृद्धि हुनु) का लागि यो उपाय सबैभन्दा बढी प्रभावकारी साबित हुने गर्छ ।
७. कागतीको पत्ता नियमित सेवन गर्ने गर्दा थाइरोक्सिन अत्याधिक मात्रामा बन्न पाउँदैन । त्यसकारण यसलाई दैनिक चियामा राखेर सेवन गर्दा धेरै राहत गराउँछ ।
एजेन्सी