काठमाडौं - मस्तिष्क साधारण भाषामा दिमाग स्नायु प्रणालीको एक महत्वपुर्ण अङ्ग हो । मस्तिष्क केन्द्रिय स्नायु प्रणाली को सञ्चालक पनि हो । जसको सुरक्षा खप्परले गर्ने गर्देछ ।
जसमा ढाड भएको र केही ढाड नभएको जीवहरुमा पाईन्छ । ढाड भएको जीवको शरिरमा यो सबै भन्दा जटिल अङग हो। यो अंग हेराई ,बोलाई ,सुनाई ,स्वाद तथा नियन्त्रणको प्रमुख केन्द्र मानिन्छ ।
हामी अबेरसम्म काम गर्दा दिमागमा नकारात्मक असर पर्नका साथै ढिलासम्म मोबाइल वा कम्प्युटर चलाउने बानीले आँखामा पनि असर पार्दछ ।
त्यसैले बेलुका छिटो सुत्ने र बिहान चाडै उठ्ने बानी बसाल्नुपर्दछ । किनकि बिहान ढिलासम्म सुत्नले दिमागमा नकरात्मक सोच, चिन्ता लाग्ने र मुड अफ हुनेजस्ता समस्या देखा पर्न सक्छन् । त्यसकारण बिहान ढिलासम्म सुत्ने नगरौं ।
त्यस्तै, कम्प्युटर चलाउँदा र टिभी हेर्दा खानेकुरा खानुहुदैन । यसरी खानेकुरा खाँदा दिमाग केन्द्रित हुँदैन र कतिपय अवस्थामा मस्तिष्कमा नकारात्मक असर समेत पर्दछ ।
मतिष्काको लागि धुम्रपान हानिकारक हुन्छ । धूम्रपान सेवन गर्दाे अल्जाइमर, डिमेन्सिया, ब्रेन स्ट्रोक हुनेका साथै मतिष्कमा पनि नकारात्मक असर देखा पर्छ ।