काठमाडौं - महिनाको एक पटक महिलाको योनीबाट बग्ने रगतलाई महिनावारी वा रजस्वला भनिन्छ । महिनावारी महलाको प्रजनन्् क्रियासँग जोडिएको एक जैविक प्रक्रिया हो । महिनावारीमा रगत बग्ने प्रक्रिया ३ देखि ७ दिन सम्म चल्छ । सामान्यतः यो क्रम हरेक २८ दिनमा दोहोरिन्छ । समयमै महिनावारी हुनु भनेको एक महिला स्वस्थ्य हुनु बुझिन्छ । तर महिनावारीको समयमा राम्रो व्यवस्थापन वा सरसफाई नहुँदा नकारात्मक असर पर्न सक्छ ।
किशारीहरुको शारीरिक विकास क्रममा परिवर्तन हुने हर्मोनहरुको कारणले महिनावारी हुन्छ । यही चरणमा किशोरीहरुमा शारीरिक परिवर्तनहरुः स्तन ठूलो हुने, जननेन्द्रियमा रौंहरु उम्रने गर्छ । हर्मोनकै कारणले किशोरीहरुको स्वभाव र भावना पनि परिवर्तन हुन थाल्छ । सामान्यतः ९ देखि १६ वर्षबिच किशोरीहरुमा महिनावरी हुन थाल्छ । महिनावरी हुनुको अर्थ किशोरीमा शारीरिक विकास उवं परिवर्तनहरु हुनु पनि हो ।
महिनावरी सामान्यतः २८ दिनको अन्तरमा हुन्छ, तर कसैकसैमा कहिले काहीँ २१ देखि ४० दिनको अन्तरमा पनि हुन्छ । हरेक पटक महिनावरी हुँदा डिम्बाशय भित्र परिपक्व भएको एक डिम्ब पाठेघरमा प्रवेश गर्छ । यदि डिम्ब शुब्रकिटसँग मिलन भएन भने डिम्ब निष्क्रीय भई रगतसँगै पाठेघरबाट बाहिर निक्लिन्छ ।
कुनै बेला रगत बलि बढि बग्छ भने कहिले कम बग्ने गर्छ ।
महिनावरीको समयमा दुख्ने दुखाईलाई कसरी कम गर्ने ?
महिनावरीको बेला हुने दुखाई सामान्य हो र यो पाठेघर खुम्चिने कारणले हुन्छ । यसको व्यवस्थापनको लागि निम्न उपायहरु अपनाउँन सकिन्छः
प्रशस्त मात्रामा मन तातो पानी पिउँने ।
मनतातो पानीले पेट सेक्ने ।
सामान्य किसिमको व्यायाम गर्ने (व्यायामले धेरै हदसम्म महिनावरीको कारणले हु्ने पीडा र अप्ठ्यारो महशुसलाई कम गर्छ )
धेरै दुखाइ भएमा स्वास्थ्यकर्मीको सल्लाह लिने ।
स्यानिटरी प्याडलाई कसरी व्यवस्थापन गर्ने ?
स्यानिटरी प्याडलाई कागजमा पोका पारी फाल्नु पर्छ ।
प्रयोग गरेको स्यानिटरी प्याडलाई अरु फेहोरमा नमिसाई सुरक्षित तरिकाले खाल्डोमा गाड्ने वा फेहोर दानीमा फाल्नु पर्छ ।
कसरी गर्ने व्यक्तिगत सरसफाइ ?
महिनावरी भएको बेला कम्तीमा पनि यौनाङ्गको सफाइ दिनको दुई पटक गर्ने । यौनाङ्गको अगाडीदेखि पछाडीसम्म सफ गर्दै जाने , पछाडीदेखि अगाडी सफा नगर्ने ।
यौनाङ्ग साबुन पानीले सफ नगर्ने ।
भित्री र बाहिरी लुगालाई राम्रोसँग धोएर घाममा सुकाउने
महिनावरी भएको बेलामा चाहिने पोषणहरु ?
महिनावरी भएको बेलामा आईरनयुक्त खाना खानु पर्दछ । महिनावरी भएको बेला तलका खानेकुराहरु आवश्यक मात्रामा खानाले दुखाइ कम गराउनुका साथै रक्तश्रावलाई पनि कम गराउँदछ ।
मासु , अण्डा जस्ता प्रोटिनयुक्त आनाले चिनीको मात्रालाई सन्तुलन गराउँछ ।
माछामा ओमेगा ३ फ्याटी एसीड नामक तत्व हुन्छ । जसले महिनावरी हुँदाखेरी दुखाएलाई कम गराउँछ ।
पालुँगोको सागले महिनावारी भएको बेलामा हुने मुड स्विंगलाई नियन्त्रणमा राख्छ ।
महिनावारी भएको बेलामा उपयु्क्त खाना खानाले महिलाको स्वास्थय तथा मन मस्तिस्क स्फूर्त राख्न मद्दत गर्छ ।