महिनावारी समयमै नभएको गुनासो गर्ने महिलाको सँख्या दिनानु दिन बढ्दै गएको छ । नियमित समयमा महिनावारी नहुनुको कारणमा हर्मोनको असन्तुलन एक कारण हो। ‘शरीरमा हुने इन्ड्रोक्राइन ग्ल्यान्डले उत्सर्जन गर्ने हर्मोनले महिनावारी समयमै गराउने गर्दछ ।
यसरी उत्सर्जन हुने हर्मोनको सन्तुलन बिग्रियो भने महिनावारी गडबड हुन्छ । कहिलेकाहिँ खानपानको कारणले पनि महिनावारी तलमाथि पर्न जान्छ । पोषणको अभावका कारण महिला कमजोर हुने गर्दछन् । त्यस्तै असाध्यै मोटाउँदा अथवा दुब्लाउदा शररीरमा महिनावारी गराउने तत्वको मात्रा घटबढ भई महिनावारीमा अनियमिता आउने गर्दछ । महिनावारीको समय यि खानेकुरा भुलेर पनि नखानुहोस्:
१ मादक पदार्थ : महिनावारीको समय मादक पदार्थबाट टाढैँ बस्नु पर्छ । महिनावारीको समय रक्सी, वियर जस्ता मादक पदार्थ पिउनाले पेटको तल्लो भाग सुन्निन सक्छ ।
२. कैफीन : महिनावारीको समय कैफीनयुक्त खाना खानु घातक हुन सक्छ । अत्यधिक मात्रामा चिया, कफी वा सफ्ट ड्रिन्क्स पिउनाले हानी पु¥याउन सक्छ । यसले हात खुट्टा बाउडिन्छ र दुखाई बढाउँछ । यस अवस्थामा दिनमा एक वा दुई पटक मात्र अर्गानिक चिया पिउनु राम्रो हुन्छ ।
३. चकलेट : चकलेटमा कैफीन हुन्छ, जसले क्रैम्पिगमा समस्या उत्पन्न हुन्छ । कैफीनले गर्दा मांसपेशिहरु बाउडिन थाल्छ र दुखाई सुरु हुन्छ ।
४. रातो मासु : रातो मासु खानाले महिनावारीको समय हुने दुखाई बढ्छ । रातो मासुमा पाइने एसिडले प्रोस्टेट ग्ल्याण्डलाई धेरै नै सक्रिय बनाई दिन्छ, जसले गर्दा महिनावारीको समय हुने दुखाई अझ बढेर जान्छ ।
५. अचार : महिनावारीको समय धेरै अमिलो, पिरो र मसालेदार खाना खानु हुँदैन । विशेष गरी नुनिलो र अचार । यिनिहरुमा सोडियमको मात्रा भरपूर हुन्छ जसले दुखाई बढ्न सक्छ ।