काठमाडौं- मधुमेह रोग यस्तो अवस्था हो जसको रगतमा चिनीको मात्राा बढी हुन्छ । यो रोग प्यानक्रियाज बाट उत्पादन हुने हर्मोन इन्सुलिनको उत्पादनमा हुने कमीका कारण उत्पन्न हुन्छ र। मधुमेहको मुख्य कारण अनियन्त्रित खानपान, तनाव, मोटोपना, व्यायाम को अभाव पनि हो । यो रोग नेपालमा पनि तिव्रगतिमा बढि रहेको छ ।
मधुमेह लागि सकेपछि खानपानमा धेरै नै ख्याल गर्नु पर्ने हुन्छ । मधुमेह लाग्न नदिनका लागि र लागि सकेपछि निम्न किसिमका सागसाब्जी खानु पर्छ ।
ब्रोकाउली
ब्रोकाउलीमा भरपूर मात्रामा फाइबर हुन्छ । त्यसैले यो मधुमेह बिरामीहरुका लागि अत्यन्त लाभदायक हुन्छ । फाइबरको उच्च मात्राको अलावा यसमा क्यालोरी निकै कम हुन्छ र पर्याप्त मात्रामा भिटामिन ए र सी हुन्छ । ब्रोकाउलीको सेवन गर्दा वजन घटाउन पनि सहयोग पुग्छ ।
सिमी
मधुमेहका बिरामीहरुका लागि सिमी एउटा राम्रो विकल्प हो किनकि यसमा अधिक मात्रामा प्रोटिन हुन्छ । यसका अलावा यसमा अन्य पोषक तत्व पनि हुन्छन्, जस्तै प्रोटिन, आइरन, क्याल्सियम, पोटासियम, भिटामिन ए, फोलेट र म्याग्नेसियम आदि । यसले कार्बोहाइड्रेडलाई चाँडै टुक्र्याउने काम पनि गर्छ
यसैगरी काउलीमा भिटामिन ए र के भरपुर मात्रामा पाइन्छ । जबकि यो म्यागजिन, फाइबर र भिटामिन बी ६ को खजाना हो । यसमा रहेको एन्टी अक्सिडेन्ट्सले मधुमेहमा औषधिको जस्तो काम गर्छ ।
पिँडालु
पिँडालुलाई तरकारीका रुपमा मात्र नभएर फलहारका रुपमा पनि खाने गरिन्छ । यद्यपि यसभित्र रहने पोषकतत्वमा हामी ध्यान दिदैनौं ।
यसमा पोटासियम, भिटामिन ए, सी, क्याल्सियम र आइरन जस्ता कैयन् जरुरी पोषक तत्व हुन्छन् । अत्यधिक फाइबरका कारणले यसलाई पचाउन पनि सजिलो हुन्छ । एन्टिअक्सिडेन्ट्सको अधिकताले गर्दा यो छालाको लागि फाइदाजनक हुन्छ । साथै यो डाइविटिजको रोगीहरुका लागि पनि लाभदायक हुन्छ ।
गाजर
मधुमेहका बिरामीहरुले गाजरको सेवन गर्नैपर्छ । गाजरमा बीटा(क्यारोटिन पाइन्छ जसले इन्सुलिनलाई नियन्त्रण गर्छ ।
यसैगरी मधुमेहका बिरामीहरुका लागि काँक्रो एकदमै फाइदाजनक हुन्छ । यो भिटामिन र पोासियमबाट भरपुर हुन्छ । यसमा रहने भिटामिन सीले शरीरका आवश्यकताहरुलाई पूर्ति गर्छ ।
लसुन
लसुनले ब्लड सुगर कम गर्न एकदमै महत्वपूर्ण भूमिका निभाउँछ । त्यसैले यदि तपाईं सुगरको बिरामी हो भने दैनिक विहान लसुनको दुई(तीन कल्ली चबाउने गर्नुस । यसले उच्च रक्तचाप तथा मुटुको बिमारीलाई पनि लाभ पुर्याउँछ । डाइबिटिजले क्यान्सर हुने सम्भावना बढ्छ तर लसुन क्यान्सरलाई रोक्ने निकै शक्तिशाली औजार मानिन्छ ।
मधुमेहका लक्षणहरु
विना कुनै कारण सजिलैसँग थकाइ लाग्ने
शरीरको तौल घटदै जानु वा एक्कासी तौल बढ्नु
शरीरमा भएका घचोटपटक निको हुन लामो समय लाग्ने
छाला , मुत्राशय र गिजामा बारम्बार संक्रमण हुने
आतखुट्टा निदाउने वा झनझनाहट हुने
प्यास धेरै लाग्ने , पिसाब धेरै लाग्ने
आँखा धमिलो हुने
रोकथाम
मादकपदार्थको सेवन नगर्ने
नियमित रगत परीक्षण गर्ने
सन्तुलित स्वस्थ खाना खाने
कम्तिमा दैनिक ३० मिनेट शारीरिक क्रियाकलाप गर्ने
गुलियो , नुनिलो र चिल्लो खाना कम खाने