काठमाडौं - सामान्यतय किशोरावस्थामा हरेक महिलाको महिनावारी चक्र सुरु हुन्छ । यो चक्र महिला शारीरिक रूपमा परिपक्व भएको जानकारी दिने एक प्राकृतिक सङ्केत हो । महिनावारी हुनु लाई नछुने हुनु, पर सर्नु वा रजस्वला हुनु भनेर पनि चिनिन्छ ।
पहिलो पटक महिनावारी हुदाँ कतिपय किशोरीहरु रुने, डराउने, आत्तिने गर्छन् । यदि आमाले समयमा नै किशोरीहरुलाई महिनावारी सम्बन्धि जानकारी दिएमा उनिहरु महिनावारीलाई सामान्य परिर्वतनको रुपमा लिन सक्छन् । त्यसैले महिनावारी हुनुभन्दा केहि समय अगाडि देखि नै आमाले किशोरीहरुलाई महिनावारी सम्बन्धि जानकारी दिन जरुरी छ । महिनावारी सुरु हुनअघि आमाले किशोरीहरुलाई दिनैपर्ने केहि जानकारीहरु यसप्रकार रहेका छन् ।
महिनावारी सम्बन्धि सहि जानकारी पहिलो चक्र सुरु हुनुभन्दा अघिदेखि नै चरणबद्ध रुपमा जानकारी दिनुपर्छ ।
महिनावारी सुरु भएदेखि भित्रि बस्त्र, टिस्यु, प्याड, वाइप्स बनाइदिएर आफसँग सधैं साथमा राख्न सल्लाह दिनुपर्छ ।
पात्रो वा स्मार्ट फोन एपको साहाराले महिनावारीको समय कहिले हुन्छ भन्ने पछ्याउन सिकाउनुपर्छ ।
असामान्य लक्षण वा संक्रमणको समस्या देखिएमा सम्बन्धित बिशेषज्ञकोमा परिक्षण गराउँन लैजानुपर्छ ।
झोला, स्कुलको लकर र घरको बाथरुममा पर्याप्त मात्रामा प्याड राखिदिनुपर्छ ।
उपयुक्त स्यानिटरी प्याडको सहि र सुरक्षित प्रयोग र प्रयोग गरिसकेपछि व्यवस्थापन गर्न सिकाउनुपर्छ ।
चिन्ता र डर हटाउन सकारात्मक आश्वासन दिनुपर्छ ।