काठमाडौं - महिनावारी भन्नाले महिलामा हुने मासिक प्राकृतिक परिवर्तन हो । यो चक्र महिला शारीरिक रूपमा परिपक्व भएको जानकारी दिने एक प्राकृतिक संकेत हो । महिनावारी हुनु लाई नछुने हुनु, पर सर्नु वा रजस्वला हुनु भनेर पनि चिनिन्छ ।
पाठेघर सङै जोडिएर रहेका २ अण्डाशयले हरेक महिनामा पालो पालो अण्डा उत्पादन गर्छ । अण्डा उत्पादन पछि पाठेघरमा बच्चालाई चाहिने बाताबरण बन्न थाल्छ । कमसल झिल्ली र रगत मिलेर तह बस्न थाल्छ। सहि समयमा यो अण्डा पुरुषको सुक्रकिट सङ मेल हुन नपाएपछि उत्पादन भएको अण्डा तथा पाठेघरको रगत योनिमार्ग हुँदै योनि बाहिरिन्छ जसलाई महिनावारी वा रजस्वला भनिन्छ।
साधारणतया महिनावारी १२ देखि १५ वर्षको उमेरमा सुरू हुन्छ । कसैमा आठ वर्ष देखि नै महिनावारीको लक्षण देखिने गर्दछ जुन साधरण मानिन्छ । महिनावारीको अन्तर लगभग २८ दिन हुने गर्दछ ।
महिनावारी भनेको शारीरिक परिवर्तनमध्येको एक परिवर्तन हो । यो हाम्रो शरीरमा भएका राग रसहरूको मात्रामा आउने परिवर्तनका कारणले हुने गर्दछ । महिनावारी प्राकृतिक रुपमा हुने सरसफाइ प्रक्रिया हो । यो समयमा हामीले खानपान र सरसफाइमा बिशेष ध्यान दिनुपर्ने हुन्छ ।
प्राय महिलाहरु महिनावारी हुदाँ के खान मिल्छ या मिल्दैन भन्ने कुरामा अन्योलमा हुन्छन् । खानेकुराको विवरण यस्तो छ ।
महिनावारी समयमा यस्तो खानेकुरा खान मिल्छ
हरियो सागपात
ब्रोकाउली
फलफुल (काक्रो, तरबुजा, केरा, सुन्तला)
अदुवा, बेसार, कागती,
अण्डा, माछा, पोल्टि, घ्यु
बदाम, आलमण्डकोफ, आलस
गेडागुडि
महिनावारी समयमा यस्तो खानेकुरा खान मिल्दैन
अत्याधिक नुन
चिनी
कफि
चिल्लो
बढि मसला भएको खानेकुरा
रातो मासु
मादक पर्दाथ, धुम्रपान
(सोचाईको फेसबुक पेजबाट साभार)