काठमाडौं- महिनावारी हुनु एक सामान्य प्रकृया हो । यो महिलालाई प्रकृतिले दिएको एक वरदान हो । एक नारी जन्मदा नै प्रजन्न रुपमै महिनावारी हुनुको वरदान बोकेर जन्मिएकि हुन्छिन् । महिनावारी हुनु पूर्व महिलामा अनेकौं किसिमका लक्षणहरु देखिने गर्दछन् । सबै महिलामा एकै किसिमका लक्षण नदेखिन सक्छ ।
कुनैपनि महिला रजस्वाला, महिनावारी हुनु भन्दा एक हप्ता वा १५ दिन अगाडीबाट देखिने लक्षणलाई नै पीएमएस भनिन्छ । नेपालको सन्दर्भमा चार जना महिलामध्ये ३ जना महिलामा पीएमएस देखिने गर्दछ ।
विश्वमा हेर्ने हो भने ८० प्रतिशत महिला यो समास्या भोगिरहेका छन् । महिनावारी हुनु पूर्व देखिने यस्ता लक्षणहरु हरेक महिलामा फरक फरक हुन सक्छन् ।
कुनैपनि महिलालाई एक महिनाअघि एउटा लक्षण देखिएको छ भने अर्को महिनामा अर्कै लक्षण पनि देखिन सक्छ । पीएमएसको एउटै लक्षण देखिन्छ भन्ने हुदैन ।
मूख्य गरेर महिनावारी हुनु भन्दा १४ दिन अगाडीबाट महिनावारीका लक्षणहरु देखिने गर्दछन् । तर कसैमा १४ दिन अघि नै लक्षण देखिन्छ भने कसैमा १० दिन, ७ दिन वा २ दिन अघिमात्र देखिन पनि सक्छ ।
पीएमएस हुनु एक सामान्य अवस्था भन्ने बुझिन्छ । महिनावारी हुनु भन्दा अगाडी धेरै हर्मोनल परिवर्तनहरु हुने गर्दछन् । त्यसकारण महिनावारी हुनु भन्दा अगाडी देखिने लक्षणहरुलाई सामान्य नै मानिन्छ ।
पीएमएसमा देखिने लक्षण भनेको सामाजिक, भावनात्मक, मानसिक, शरीरिक हुन्छन्:
शरीरिक लक्षण
स्तनमा केहि परिर्वतन आउँने,
काम गर्न मन नलाग्ने,
बोलोटिङहरु हुने ,
शरिरहरु दुख्ने,
टाउकोहरु दुख्ने,
जोडर्नीहरु दुख्ने ,
मानसिक र भावनात्क लक्षण
निन्द्रा नलाग्ने ,
भोक नलाग्ने,
छटपटि हुने ,
जो सँगपनि झगडा गर्न मन लाग्ने ,
कसैलाई धेरै खाना सुत्न मन लाग्ने , कसैलाई नलाग्ने,
यस्ता लक्षण देखिएमा किशोरीहरुले आफु कहिनावारी हुन लागेको बुझ्नुपर्छ ।
(योग तथा प्राकृतिक चिकित्सक डा मनोज ढकालको सँग कुराकानीमा आधारित)