- डा.निलम ठाकुर
काठमाडौं- स्तनका कोषहरू असामान्य रूपमा वृद्धि हुन थालेपछि स्तन क्यान्सरको सम्भावना हुन्छ । साधारणतया कोषहरूको वृद्धि र विभाजन शरीरको आवश्यकता अनुसार हुन्छ । तर, जब शीघ्र रूपमा र धेरै मात्रामा कोषहरू वृद्धि र विभाजन हुन्छन् र पुराना कोषहरू टासिएर रहिरहन्छन् तब ग्रिखा ट्युमर बन्ने प्रकृया सुरु हुन्छ ।
स्तनमा भएका कोषिकामा असामान्य परिवर्तन आई तिनीहरु अनियन्त्रिक तथा अनावश्यक बृद्धिबाट बन्ने गिर्खा, गाँठागुँठी र निको नहुने घाउँलाई स्तन क्यान्सर भनिन्छ ।
त्यो प्रक्रिया क्यान्सर नहुने वा हुने दुवै प्रकृतिको हुनसक्छन् । क्यान्सर हुने प्रकृतिका ट्युमरले नजीकका तन्तु तथा अवयवहरू नष्ट गर्छ । ती ट्युमर शरीरको अन्य भागमा फैलिन सक्छ । शल्यक्रिया गरेर हटाए पनि फेरि उत्पन्न हुन्छन् जो धेरै खतरनाक मानिन्छ ।
स्तन क्यान्सर प्रायः दुध उत्पन्न गर्ने नलीबाट सुरु हुन्छ तर कहिलेकाही तन्तुहरुको झुप्पाबाट पनि सुरु हुनसक्छ । स्तन क्यान्सर शरीरको कुनै पनि भागमा फैलिन सक्छ । स्तन क्यान्सर फैलिएमा हड्डी, कलेजो , फोक्सो, तथा मस्तिष्कमा पनि ट्युमर हुन सक्छ ।
वंशाणुगत (जेनेटिक) कारणलाई नियन्त्रण गर्न सकिदैन तथापि सन्तुलित आहार-बिहार र स्वथ्य जीवनशैलीले क्यान्सर हुने सम्भावनालाई न्यूनीकरण गर्न सक्छ ।
सकभर विकिरणबाट बच्ने, नियमित व्यायम गर्ने, चिल्लोयुक्त खाना कम खाने, धुम्रपान तथा मद्यपान नगर्ने यस्ता कार्यहरु नगर्नाले रोग प्रतिरोधात्मक क्षमता वृद्धि गरि क्यान्सरजन्य रोगहरुबाट सुरक्षित रहन सकिन्छ ।
स्तन क्यान्सर रोकथामको सबैभन्दा महत्त्वर्पूण पक्ष भनेको स्तन क्यान्सरको विकासक्रमबारे सचेत हुने, समयमै यसको निदान तथा उपचार गर्ने हो । निम्न उमेरमा स्तन क्यान्सर परिक्षण गरेमा यसबाट बच्न सकिन्छः
२० वर्षसम्मको उमेरमाः स्तनमा केहि परिवर्तनको लक्षण थाहा पाउन महिनाको एकपटक आफैले आफ्नो स्तन परीक्षण गर्ने ।
२० ३९ वर्षको उमेरमाः प्रत्येक तीन वर्षमा चिकित्सकद्धारा स्तन परीक्षण गराउने ।
४० ४९ वर्षको उमेरमाः प्रत्येक एक दुई वर्षको अन्तरालमा म्यामोग्राफ गर्ने ।
५० वर्ष र तत्पश्चात्ः प्रत्येक वर्ष म्यामोग्राफ गर्ने ।
स्तन क्यान्सरका लक्षणहरू
स्तन क्यान्सरको प्रारम्भिक अवस्थामा कुनै पनि लक्षणहरू देखिदैनन् । क्यान्सर बढ्दै गएपछि निन्न प्रकारका लक्षणहरू देखिन्छन्ः
स्तन वा पाखुरामुनि गिर्खा हुनु, वा कडा खालको गिखा हुनु, अनियमित तथा नदुख्ने प्रकृतिको हुनु ।
स्तन वा स्तनको मुन्टोको आकार९प्रकार परिवर्तन हुनु। जस्तैः रातोपना,चाउरिएजस्तो, सुन्तला रङको, मुन्टो स्तनतिर फर्किएका, मुन्टो वरिपरिको छालामा कल्ता निस्केको वा सुन्निएको ।
स्तनबाट दूधबाहेक तरल पदार्थ जस्तै रातो, सफा वा पहोँलो, हरियो अथवा पीप जस्तो आउनु।
स्तनको मुन्टो दुख्नु।
स्तनमा निको नहुने घाउ हुनु।
गम्भिर अवस्थामा हाड दुख्नु, स्तन दुख्नु, स्तनमा घाउ आउनु, पाखरा सुन्निनु, वजन घट्नु।
सबै गिर्खाहरु क्यान्सर होइनन्। दशमा आठ गिर्खा क्यान्सर नहुने प्रकृतिका हुन्छन् ।
बीआरसीए १ र बीआरसीए २ भनेको के हो ?
सबैभन्दा उत्तम उपाय भनेको कनै पनि रोग लाग्नै नदिनु हो । वंशाणुगत रुपमा लाग्ने सक्ने क्यान्सरलाई बीआरसीए १ र बीआरसीए परिक्षण गरेर थाहा पाउँन सकिने विधि नै बीआरसीए हो ।
विशेषगरि बीआरसीए १ वा बीआरसीए २ जीनमा वंशानुगत उत्परिवर्तनसँग सम्बन्धित स्तन वा डिम्ब ग्रंथिको क्यान्सर हुने सम्भावनाको आकलन गर्ने गर्दछ ।
परिवारको कुनै पनि सदस्यलाई स्तन क्यान्सर वा डिम्बाश्यको क्यान्सर छ र भविष्यमा अन्य सदस्यलाई पनि यो क्यान्सर छ वा छैन भनेर थाहा पाउँनका लागि हामीले यो परीक्षण गर्न सक्छौं
बीआरसीए १ र बीआरसीए २ भनेको जीनहरू एउटा रक्त परीक्षण हो ।
यी जीनहरूमा वंशानुत म्युटेसन भएका महिलाहरूलाई सामान्य जनसंख्याको तुलनामा स्तन क्यान्सर हुने खतरा बढी हुन्छ ।
बीआरसीए जीन परीक्षण व्यक्तिगत वा पारिवारिक इतिहासमा आधारित वा कुनै खास प्रकारको स्तन क्यान्सर भएका व्यक्तिहरुलाई मात्र गरिन्छ ।
बीआरसीए जीन परीक्ष्ण गर्दा तपाईको वंशानुगत रुपमा बीआरसीए म्युटेसन गुर्नुहुन्छ कि बोक्नुहुन्छ भन्ने कुरामा निर्धारण गर्छ । यसो गर्नु भयो भने तपाईको नतिजा सकारात्मक आउँछ तर यदि तपाईलाई म्युटेसन छैन भने यसलाई नकारात्मक परिमाण मान्छि ।
उपयोगिताः
बीआरसीए जीन परीक्षण एउटा रक्त परीक्षण हो । यी जीनहरूमा म्युटेसन हुने व्यक्तिहरुलाई सामान्य जनसंख्याको तुलनामा स्तन क्यान्सर हुने खतरा बढि हुन्छ । स्तन क्यान्सर व्यक्तिगत वा पारिवारिक इतिहासमा आधारित वंशानुगत म्युटेसन हुने सम्भावना भएकाहरुलाई यो जीन परिक्षण गरिन्छ ।
बीआरसीए जीन परीक्षण नियमित रूपमा स्तन औसत जोखिममा रहेका मानिसहरुलाई गरिन्छ ।
(नेपालकै पहिलो वंशाणुगत रोग विशेषज्ञ डा.निलम ठाकुर वीर अस्पताल तथा नोभा डाइग्नोसिस सेन्टरमा कार्यरत छिन् ।)