काठमाडौं - "सन्तान करले हाईन रहरले जन्माऔं" । पुरुष बन्ध्याकरण गरेको पूर्ण रुपमा प्रभावकारी हुनका लागि लगभग तीन महिना समय लाग्न सक्छ , त्यसैले त्यो अवधि भरी अन्य कूनै गर्भनिरोध साधन प्रयोग गर्नु पर्ने हुन्छ ।
-यसका कुनै दिर्घकालिन साईड ईफेक्टहरु छैनन् ।
-यौन क्षमता र यौन चाहना कुनै असर पर्दैन ।
सामान्य जानकारी
भ्यासेक्टोमी पुरुषहरुले आफ्नो स्वेच्छाले गर्ने स्थायी बन्याकरण हो । भ्यासेक्टोमी गर्दा पुरुषको अण्डकोषमा एउटा सानो प्वाल पारी दुबैतिरका शुक्रकीट नलीहरु काटेर बाँधिन्छ ।
उपयुक्त व्यक्ति
सन्तानका रहर पुगिसकेका दाम्पती मध्येका पुरुषहरुका लागि यो उपयुक्त उपाय हो ।
भ्यासेक्टोमीले कसरस् गर्भ रोक्छ ?
दुबै शुक्रकीट नलीहरु बन्द गरेपछि महिलाको डिम्ब र पुरुपको शुक्रकीटको भेट हुँदैन र महिलामा गर्भ रहन पाउँदैन । भ्यासेक्टोमीले पुरुषको यौन क्षमता लाईकुनै असर गर्दैन ।
भ्यासेक्टोमी पछि ध्यान दिनुपर्ने कुराहरु
भ्यासेक्टोमी गरिसकेपछि पनि ३ महिनासम्म पुरुषले कण्डम प्रयोग गर्नु पर्दछ । साथै, ज्वरो आएमा , घाउमा पाकेको शंका लागेमा वा सुन्निएर दुखेमा तुरुन्तै स्वास्थ्य संस्थामा गएर जचाउँनुपर्छ । भ्यासेक्टोमी सेवा दसरकारी स्वास्थ्य संस्थानबाट तथा मेरी स्टोप्स् सेन्टर र मेरी स्टोप्स्को घुम्ती शिविरबाट नि शुल्क रुपमा प्राप्त गर्न सकिन्छ ।