काठमाडौं - बाथरोग एक प्रकारको अटोईम्युन डिजिज हो । अटोईम्युन डिजिज भन्नाले हाम्रो शरीरको रोग निरोधक शक्तिले जब आफ्नै शरीरको रोग निरोधक शाक्तिले जब आफ्नै शरीरको अंगमा असर पार्न थाल्छ त्यसबेला अटो अटोईम्युन डिजिज शुरु हुन्छ । जसको फलस्वरुप मुख्यतय ः शरीरको जोर्निहरु दुख्ने हुन्छ ।
बाथरोगका प्रकारहरु
- ढाडको बाथ (स्पोण्डिलो आरथ्राइटिस्)
- र्यूमाटाइड आर्थराइटिस
- स्पोण्डिलो आर्थराइटिस (ढाडको वाथ)
- लुपस
- स्क्लेरोडर्मा ( छाला बाक्लो हुने बाथ )
- ओस्टियो आथ्र्रराइटिस ( जोर्नी खिइने बाथ)
- गाउट (यूरिक एसिडको बाथ)
- जुभेनाइल आथ्र्रराइटिस ( बालबालिकामा हुने बाथ)
बाथरोगका लक्षणहरु
- हातका औलाहरु दुख्ने वा सुन्निने ,
- बिहान उठ्ने बेलामा हात खुट्टा अरठ्ठो हुने,
- गोलीगाँठो दुख्ने वा सुन्निने ,
- राती तथा बिहान तथा बिहान ढाड दुख्ने वा अरठ्ठो हुने,
- पिडौला दुख्ने वा करकर खाने,
- गर्भ तुहिने, श्वास लिन गाहे हुने,
- ज्वरो आउने,कपाल झर्ने,मुखमा घाउ हुने,
- छाती दुख्ने, खकारमा रगत आउने,
- शरीरको कुनै भागको हाडजोर्नी, घाँटीको हड्डी दुख्ने ,
- पाखुरा, कुईनो , हातका औला, कम्मर दुख्ने,
- हड्डी सुनिने,
- चिसोपानीमा हात राख्दा छालाको रंग परिवर्तन भई सेतो , निलो वा रातो हुने,
- मुटु काम्ने,
- निद्रा नलाग्ने,
- खुट्टा झमझम गर्ने , पोल्ने , सिल्को हान्ने,
- अनुहारमा पुतलीको प्वाख जस्तो रातो डाम आउने,
- छाला विस्तारै विस्तारै तन्किदै जाने र कडा हुने,
बाथरोगबाट बच्ने उपायहरु
मेडिकल साइन्सले बाथ रोग लाग्नै नदिने उपाय अहिलेसम्म पत्ता लगाउन सकेको छैन । यससँग सम्बन्धित भ्याक्सिन र औषधीहरु प्नि छैनन् । परिवारका कुनै सदस्यलाई बाथ रोग भएमा अन्य सदस्यहरु सर्तक हुनुपर्छ । डेढ महिना देखी ३ महिनासम्म बाथ रोग पत्ता लगाउने केशिस गर्नुपर्छे । बाथ रोग भएको पत्ता लागेमा सेकेण्डरी प्रिभेन्सन अपनाई जटिलतालाई रोक्नतिर लाग्नुपर्छ ।
खाना नहुने
- प्रोटिनयुक्त खाना जस्तै : सुकेको गेडागुडी टमाटर, काउली बन्दा, च्याउ, कोक, फ्यान्टा, काजु, पेस्ता, खसी, राँगा, बँदेलको मासु नखाने,
- बासी, घीउ, तेलमा तारेको, पिरो र मसालेदार खाना नखाने,
- चिया, रक्सी, मक्खन, भिण्डी, मासको दाल, भात, मासु, मुुराको दाल एकदमै कम खाने ,
- ग्यास जम्मा हुने खालको, युरिक एसिड बढाउने खालको खाना नखाने ,
- अमिलो खालको खाने कुरा नखाने ,
- रोगीले जाँडरक्सी तथा धुम्रपान गर्नु हुदैन,
खाना हुने
- मद्यपान, धूम्रापान नगर्ने,
- जंगफुडको प्रयोग पनि नगर्ने,
- खानामा सुन्तलित, पच्ने खालको, चोकर भएको रोटी, बोक्रा सहितको मुंगको दाल खाने,
- तरकारीमा सजिउन, लौका, घिरौला, बन्दाकोभी, टमाटर, परवल, गाँजर, अदुवा, लसुन आदि खाने,
- धेरै पानी भएको फल जस्तो खरबुजा, मेवा, काक्रो धेरै खाने ,
- उखुको रस, सख्खर, उम्रेको गेडागुडी, साबुदाना आफनो इच्छा अनुसार खाने,
- बाथ रोग खतरनाक बिरामी हो । यसको सही पहिचान गर्ने र समयमा उपचार गर्न जरुरी छ । जत्ति चाडो उपचार सुरु गरियो त्यक्ति नै छिटो जोर्नी बचाउन सकिन्छ।
- बाथको उपचार लक्षण सुरु भएको ३ महिनाबाट १ बर्षभित्र गरिएमा यसबाट हुने नकरात्मक असरलाई न्युनिकरण गर्न सकिन्छ ।