धेरैको भान्समा तरकारी वा सलादको रुपमा बन्दाको प्रयोग गरीन्छ । बन्दामा केहि त्यस्ता सुक्ष्म तत्वहरु दुर्लभ भिटामिन यु, खनिज लवण, फाइबर, एन्टिअक्सिडियन्ट र स्यान्थोपी रहेको हुन्छन् । जसको मद्दतले शरीरका विषाक्त अर्थात टोक्सिन पदार्थलाइ बाहिर निकाल्छ । र शरीरका पाचन पक्रिया र मेटाबोलिजमलाई नियमित सक्रिय पार्छ । बन्दालाई पकाएर भन्दा काँचै वा सलादको रुपमा खाँदा फाइदा हुन्छ । बन्दाको जुस खान पनि उत्तम मानिन्छ ।
– तौल बढ्ने समस्यामा सागपातको बढि सेवनले तौल घटाउन सहयोग गरीरहेको हुन्छ । यसले तौल घटाउन चाहनेका लाागि एउटा महत्वपूर्ण औषधीको भुमिका निर्वाह गर्छ ।
– कब्जियतबाट छुटकारा ताजा बन्दामा कागतीको रस, नुन तथा मरिच मिसायर दैनिक खालीपेटमा खादा २ देखि ४ दिन सम्ममा कब्जीयतको समस्या समाधान हुन्छ ।
– बन्दाको रस पिउनाले पेटको अल्सर अथा पेटको घाउ समेत ठीक हुन्छ ।
– पिसाबसंबन्धी समस्यामा बन्दामा खनिज लवण जस्ता तत्व प्रचुर मात्रामा पाइन्छ, जसले मूत्र प्रणाली माथि नियन्त्रण राख्न सहयोग गर्छ ।
– पिसाव रोकिएर आउने समस्या हुनेहरुका लागि बन्दाको जुस नियमित पिउदा यस्तो समस्याबाट मुक्त रहन सकिन्छ ।
– कोलेस्ट्रोलको समस्यामा बन्दामा हुने फाइबरले कोलेस्ट्रोल घटाउँछ ।
– बन्दाको जुसले मुटुको धमनीमा रगत बाक्लो हुने समस्याबाट समेत मुक्त गराउछ ।
– क्यान्सरको खतरा घट्छ बन्दाको दैनिक सेवनले शरिरबाट उत्तेजक मेटाबोलिजमलाई बाहिर फाल्न सहयोग गर्नुका साथै कोलेस्ट्रोलको उचित उपयोग गरीे क्यान्सर हुनबाट मुक्त गर्छ ।
– बन्दामा पाइने स्यान्थोपी हाम्रो आँखालाई स्वस्थ राख्न उपयोगी हुनुका साथै बुढेसकालमा आँखा कमजोर हुने समस्याबाट बचाउँछ ।