- कविराज शान्ति श्रेष्ठ
काठमाडौं— परम्परागत आयुर्वेद भन्नाले परम्पराकाल देखि चल्दै आएको उपचारलाई बुझिन्छ । अहिलेको अवस्थामा आयुर्वेद उपचारको धेरै महत्व रहेको पाइन्छ । त्यस्तै परम्परा दिव्य आयुर्वेद औषधालयबाट पनि विभिन्न स्वास्थ्य समस्याबाट छुटकारा पाउन सकिन्छ ।
विगत ३ दशक देखि आयुर्वेदिक भन्दा पनि केहि फरक तरीकाबाट बिरामीहरुको सेवा गर्दै आइरहेको परम्परा दिव्य आयुर्वेद औषधालय परम्परागत रुपमा उपचार हुने मुख्य आयुर्वेद केन्द्र हो । यस केन्द्रमा नेपालमै रहेका दुर्लभ र बहुमुल्य जडिबुटीहरुलाई परम्परागत रुपमा ढिकी, खलमा कुटेर औषधी बनाइन्छ ।
सय वर्ष अघि देखिको आयुर्वेद उपचारको इतिहास बोकेका राजवैद्यले ५० वर्ष भन्दा लामो परम्परागत उपचार पद्धतिको अनुभवमा यस औषधालयको स्थापना गरिएको थियो । विशुद्ध नेपाली हावापानी र माटोमा उत्पादन भएका जडिबुटिहरुको समिश्रणबाट निमार्ण हुने यस औषधीको उपयोग बिरामीहरुका लागि धेरै फाइदाजनक रहेको छ ।
जसबाट क्यान्सर, बाथ, पाइल्स,महिनावारी समस्या, मुटुरोग, दम देखि लिएर दिर्घ रोगीहरुको उपचार गर्ने गरिन्छ । त्यस मध्ये पनि यस परम्परा दिव्य आयुर्वेद केन्द्रमा मुख्य रुपमा क्यान्सरको प्रभावकारी उपचार गरिन्छ । नेपाल भारत र अन्य मुलुकमा गएर उपचार गर्दा पनि निको नभएका क्यान्सर बिरामीहरु यहाँको औषधी सेवन गरेपछि निको भएर सामान्य जीवनयापन गरेका धेरै उदाहरणहरु छन् । क्यान्सर धेरै प्रकारका रहेका छन् ।
त्यस मध्ये स्तन क्यान्सर, फोक्सोको क्यान्सर, कलेजोको क्यान्सर, पाइल्स क्यान्सर, थाइरोइड क्यान्सर, कोलोन क्यान्सर, आन्द्राको क्यान्सर लगायत अन्य सम्पुर्ण क्यान्सरको उपचार गरिन्छ ।
यदि क्यान्सर बिरामीहरु शुरुवाती चरणमा उपचार गर्न आएमा सन्चो हुने सम्भावना धेरै हुन्छ । क्यान्सर बिरामीहरु विभिन्न अस्पतालमा उपचार गराएपछि अन्तिम चरणमा विकल्पका रुपमा आयुर्वेद विधिबाट उपचार गराउन आएको पाइन्छ । अस्पतालहरुले केहि महिना मात्र बाच्नु हुन्छ भन्ने आयु दिएका बिरामीहरु परम्परा दिव्य आयुर्वेदद्धारा उपचार गर्दा आयु लम्बिएका धेरै छन् ।
क्यान्सर बिरामीको उपचार समयमै भएन भने रोग छिप्पीदै जादाँ जटिलता पनि बढ्दै जान्छ । अन्तिम चरणमा पुगेका विरामीलाई पूर्णरुपमा निको पार्न सकिदैन तर विरामीको आयु बढाउनुका साथै क्यान्सरको पिडाबाट केहि राहत भने पक्कै पनि यस उपचारले दिन्छ ।
धेरै व्यक्तिले क्यान्सर लागेको पहिलो र दोस्रो चरणमा थाहा पाउदैनन । यदि पहिलो र दोस्रो चरणमा परम्परा दिव्य आयुर्वेद विधिद्धारा उपचार गराउने हो भने क्यान्सर निको पार्न सकिन्छ । तर विभिन्न अस्पतालहरुमा उपचार गराएर अब निको हुँदैन भन्ने थाहा पाएर अन्तिम चरणमा विकल्पका रुपमा परम्परा दिव्य आयुर्वेद पद्धतिद्धारा उपचार गराउँन आउँने बिरामीहरु निको पार्न सकिदैन तर बिरामीका आफन्तहरुले अस्पतालबाट दिएको समयतालीका भन्दा धेरै बाचेको र सहजरुपले जीवनयापन गरेको सुनाउछन् ।
परम्परा दिव्य आयुर्वेद विधि किन ?
परम्परा दिव्य आयुर्वेदद्धारा उपचार गर्ने छुट्टै तरिका छ । आयुर्वेदको आफ्नै औषधी हुन्छ । परम्परागत भन्ने शब्दले अन्य भन्दा फरक रहेको बुझिन्छ। क्यान्सर बिरामीहरु धेरै कमजोर हुने गर्छन । यदि उनिहरुले थेरापी लिइरहेका छन् भने निकै कमजोर भएका हुन्छन् तर परम्परा दिव्य आयुर्वेदमा यस्तो हुदैन ।
यस उपचारमा बिरामीको रोगसँग लड्ने प्रतिरोधात्मक क्षमतालाई बृद्धि गराई रोग बढ्न दिइदैन। नसाहरु बलियो गराउँने गरिन्छ यसरी चौतर्फीरुपमा क्यान्सर बिरामीको उपचार गरिन्छ । यसरी उपचार गर्दा बिरामीको दुखाई कम भइ बिरामीलाई सहज हुन्छ । परम्परा दिव्य आयुर्वेदद्धारा उपचार गर्दा केहि समय लाग्ने गर्छ तर बिरामीलाई बिस्तारै सहज भइ आयु बढ्दै जान्छ ।
तर नियमीत रुपमा औषधी सेवन गर्नेहरुका लागि मात्र यो विधीले छिट्टो काम गर्दछ । परम्परा दिव्य आयुर्वेदले विगत लामो समय देखि यहि विषयमा विभिन्न अध्ययन अनुसन्धान गरेर उपचार गरिरहेको छ । जुन सफलपनि भइरहेको छ । अस्पतालमा चिकित्सकले सन्चो हुँदैन केहि समय अवधि दिएका व्यक्तिपनि यस उपचार गरेर केहि ३-४ वर्ष सहज रुपमा बाचेका छन् । जटिल क्यान्सर बिरामीहरुका लागि सामान्य जिवन जिउँन धेरै असहज हुन्छ यो सबैलाई थाहा भएकै कुरा हो त्यस्ता बिरामीहरुका लागि पीडा कम गर्न बहुउपयोगि हो भन्दा फरक नपर्न सक्छ ।
परम्परा दिव्य आयुर्वेदद्धारा क्यान्सरको उपचार गर्दा सहज हुन्छ किनभने औषधी सेवन गर्दा घरमै बसेर दिनको २ पटक प्रयोग गर्दा पनि हुन्छ । क्यान्सर बिरामीको अवस्था हेरेर उपचार प्रकृया अगाडी बढाउनु पर्ने हुन्छ ।
आकस्मिक विरामीका लागि अस्पतालमै उपचार गराउदा उपयोगि रहन्छ । परम्परागत आयुर्वेदले विस्तारै काम गर्ने भएकाले जटिल अवस्थामा रहेका बिरामीहरुका लागि छिटो उपचार विधि राम्रो मानिन्छ । क्यान्सर उपचारमा अस्पतालहरुको भुमिका पनि निकै ठुलो हून्छ भने परम्परा दिव्य आयुर्वेदको पनि आप्mनै छुट्टै योगदान रहेको छ । यी दुबैले समन्यव गरेर अगाडी बढ्दा अझै राम्रो हुन्थ्यो ।
परम्परा दिव्य आयुर्वेदिकद्धारा उपचार गर्दा कुनै पनि साइड इफक्ट गर्दैन । पहिलो चरणमा रहेका क्यान्सरका बिरामीहरुका लागि यस परम्परा दिव्य आयुर्वेद औषधी सेवन गर्दा २ हप्ता देखि नै शरीरमा केहि फरक महसुस गराउने गर्दछ ।
आधुनिक चिकित्सा पद्धतिबाट दिक्क भएका एवम् उपचारका लागि विदेशमा जानु अघि यस परम्परा दिव्य आयुर्वेद औषधालयमा एक पटक सम्पर्क गरेमा अत्यन्त फाइदा हुन्छ ।