काठमाडौं- गर्मी मौसम बढ्दै गएपछि सरुवा रोग पनि बढ्दै गएको पाईन्छ । हरेक वर्ष जस्तै यस वर्ष पनि गर्मी मौसम लागे सँगै ज्वरो रुघाखोकिको समस्या लिएर अस्पताल आउनेहरुको संख्या बढ्दो छ ।
यो समयमा सरुवा रोगसँग बच्नु पर्ने हुन्छ । गर्मी मौसममा विशेष गरि खानपान, दुषित पानीको सेवन, हावाको परिर्वतनले किटजन्य रोगहरु लाग्ने गर्दछन् ।
झाडापखाला
पानीबाट सर्ने रोगहरुमा झाडापखाला, टाइफाइडज, जन्डीसी, झाडापखला हुन् । हामीले खाने पानीको स्रोत के हो रु कँहाबाट पानी ल्याएका छौं रु र कतिको शुद्ध छ भन्ने कुरामा जानकारी हुनु पर्छ ।
कस्तो पानी सेवन गरिरहेका छौं त भनेर जानकर चाहि हुन आवश्यक छ । अन्यथा दुषित पानीबाटै लाग्न सक्ने झाडापखला रोगबाट मानिसको मृत्यु समेत हुन सक्छ । यद्यपी पछिल्लो समय हामीले झाडापखलाकै कारण मानिसको मृत्यु भयो भने कुराहरु सुनेका छौनौं । तर सचेत हुन भने आवश्यक छ ।
टाइफाइड
टाइफाइडको मुख्य लक्षण भनेकै ज्वरो हो । सबै ज्वरो टाइफाइड हुँदैन, अन्य संक्रमणका कारण पनि ज्वरो आएको हुन सक्छ । ज्वरो संक्रमित पानी र खानपानकै कारण हुने भएकाले यसमा बिशेष जोड दिनु् पर्ने हुन्छ ।
गर्मी मौसम लागे सँगै बाहिरको जथाभावि रुपमा बाटोमा राखेका खानेकुराहरु खानु हँदैन । कुनै पनि खाने कुरा खान योग्य छ वा छैन भनेर थाहै नपाई जहाँ भेट्यो त्यहि खाने गरेको पाइन्छ ।
जन्डिस
त्यस्तै जन्डिसमा केहि वर्ष पहिलामात्र धेरै मात्रामा भएको पाईएको थियो । अहिले पनि देखिने त गर्छ । खास गरि यो पनि दुषित पानीको कारणले हुने गर्छ । हेपाटाटिस ए र इ खासगरि खाने पानीबाट प्रसारण हुने गर्छन ।
यस्ता रोगकोबाट बच्न शुद्ध पानी र सफा खानेकुरा खानु पर्ने हुन्छ । विशेषगरि गर्मी मौसममा लाग्न सक्ने यी रोगहरुबाट बच्नका लागि खानपानमा ध्यान दिए स्वास्थ्यमा पर्ने असरहरुबाट बच्न सकिन्छ ।
गर्मी मौसममा विभिन्न किसीमका किराहरुले टोक्ने गरेको पनि पाईन्छ । यदि त्यस्ता कुनै किराहरुले टोकेको खण्डमा जीवनयापनमा केहि समस्याका साथै भविष्यमा विभिन्न किसीमका नसर्ने रोगहरु देखिन सक्छन् । त्यसकारण नजिकैको स्वास्थ्य संस्थामा जाचँ गराउँन जानु पर्ने हुन्छ ।
(सरुवा रोग विशेषज्ञ डा.शेर बहादुर पुनसँगको कुराकानीमा आधारित )