- डा. हेमराज कोइराला
काठमाडौं - शरीरमा प्रविष्ट विजातिय द्रव्य, हानीकारक रसायन, रोगकारक किटाणु एवं एलर्जी कारक तत्वहरूलाई समन गर्नका लागि शरीरले ती तत्वहरूलाई छेकारो हालेर प्रदाहत्मक क्रिया सुरू गर्दछ। प्रदाहत्मक क्रिया हुँदा प्रदाह भएको स्थानमा दुख्ने, सुन्निले,रातो–तातो हुँने र काम गर्न छोड्ने गर्दछ र घाँउ–खटिराको रूप धारण गर्ने गर्दछ।
घाँउ–खटिरा हाम्रो शरीरले रोगकारक तत्वलाई निष्तेज गर्नका लागि अपनाएको रक्षात्मक उपाए हो। यी घाँउ खटिरा आँखाले देखिने गरि र आँखाले नदेखिने सूक्ष्म पनि हुँन सक्दछ। यसरी शरीरमा प्रदाहत्मक क्रिया हुँदा रोगकारक तत्वको समन हुँनुका साथ–साथै प्रदाहत्मक क्षेत्रमा कोष एवं तन्तुहरूको पनि नाश हुन पुग्दछ।
यो क्रिया एक प्रकारको युद्ध जस्तै हो र यस युद्धलाई जित्नका लागि उपयुक्त खानपानको आवश्यकता पर्दछ। प्रदाहत्मक क्रियाका क्रममा खानपान ठिक नरहेको अवश्थामा प्रदाह चाडैै निको हुँदैन र नतिजा हाम्रो पक्षमा नआउन सक्दछ। यसर्थ यस्तो स्थितिमा हामीले सदैव प्रदाहा प्रतिरोधि अथवा घाँउ–खटिरा ठिकपार्ने खानेकुराहरू खानुपर्ने हुन्छ। जुन यस प्रकार छन्।
१. भूईकटहरः
घाउ खटिरा र ईन्फ्लामेसन भएको अवश्थामा भूईकटहरको सेवन धेरैले गर्ने गरेका छौ। यो फललाई धेरै परम्परागत चिकित्सा पद्धतिहरूले एण्टिईन्फ्लामेटरी औषधिको रूपमा प्रयो गर्ने गरेका छन्। यसमा प्रशस्त मात्रामा भिटामिन, मिनरल, एण्टिअक्सिडेण्ट, ब्रोमेलीन जस्ता ईन्जाईम आदि पाईने हुँदा प्रतिरक्षा प्रणाली बलियो बनाउने र ईन्फ्लामेसन ठीक पार्ने गर्दछ। भूईकटहरको नियमित सेवन गर्ने केटाकेटीहरूमा ब्याक्टेरिया एवं भाईरल ईन्फेक्सनको जेखिम न्यून रहेको पाईएको छ। यसै गरि भूईकटहरको सेवन गर्नेहरूले पिनास चाडो ठीक गरेको पाईएको छ।
२. अदुवाः
जिन्जीरोल, सोआगोल र प्याराडोल्स जस्ता तत्वहरू पाईने अदुवाका धेरै उपयोगी गुणहरू छन्। अदुवाको प्रयोग विशेषतः दीर्घकालिन ईन्फ्लामेसनको समन गर्न गरिन्छ। हाड–जोर्नीको ईन्फ्लामेसन, रक्तनलीको ईन्फ्लामेसन एवं पेट एवं आन्द्रको ईन्फ्लामेसनमा अदुवाको प्रयोग अत्यन्त लाभदायक छ।
३.बेसारः
बेसारलाई ईन्फ्लामेसन प्रतिरोधि द्रव्यको रूपमा धेरै चिकित्सा विज्ञानहरूले प्रयोग गर्दै आएका छन्। बेसारमा कुर्कुमिन नामक शक्तिशाली ईन्फ्लामेसन प्रतिरोधि तत्व पाईन्छ।बेसारमा पाईने कुर्कुमिन र मरीचमा पाईने पिपेरिनको प्रयोगले सीआरपी नामक ईन्फ्लामेटरी मार्करलाई कमगरेको पाईएको छ।
४. हरियो सागपातः
चम्सुर, पालुङ्गो, मेथी, लूडे, लट्टे, रायो, बेथे जस्ता अनेकौ हरिया सागपात हरूको सेवनले धेरै प्रकारका ईन्फ्लामेसनहरूलाई कमगर्न मद्य तगर्दछ। यी सागपातहरूमा प्रशस्त मात्रामा भिटामीन, मिनरल्स, एण्टिअक्सिडेण्ट एवं अन्य औषधिय महत्वका फाईटोकेमिकल्सहरू पाईन्छ। हरियो सागपातमा अल्फा लिनोलिक एसिड नामक ईन्फ्लामेसन प्रतिरोधि ओमेगा–३ फ्याट्टि एसिड पनि पाईन्छ।
५. ओखरः
ओखरलाई धेरै अनुशंधानहरूले ईन्फ्लामेसन प्रतिरोधि खानेकुराको रूपमा चित्रीत गरेको छ। यसमा प्रशस्त मात्रामा एण्टिअक्सिडेण्ट पाईने हुँदा धेरैजसो फ्री रेडिकल ईन्जुरीका काराणले हुने ईन्फ्लामेसनमा यसको ठूलो उपयोगिता छ। यसै गरि ओखरमा प्रशस्त मात्राम पोलिफिनोल्सहरू पनि पनईन्छ। यसै गरि ओखरमा अल्फा लिनोलिक एसिड नामक ओमेगा–३ फ्याट्टि एसिड, म्यागनेसियम र आर्जीनिन जस्ता ईन्फ्लामेसन प्रतिरोधि तत्वहरू पनि पाईन्छ।
६. एबोकाडो:
सूक्ष्म पोषक तत्वहरू जस्तै पोटासियम, म्यानेसियम, मुटुको लागि अति आवश्यक मानो सेचूरेटेड फ्याटी एसिड, क्यारिटिनोईडस, भिटामीन ई आदि पाईने हुँदा ईन्फ्लामेसन कमगर्न मद्यत गर्दछ। एउटा अध्ययनले दर्शाय अनुरूप एवोकादो यूक्त बर्गर खानेमा एनएफ–केबी र ईन्टरल्यूकिन–६ नामक ईन्फ्लामेटरी साईटोकाईन्स को रक्त स्तर एबोकाडो नहालिएको बर्गर खाने भन्दा कम पाईएको थियो।
७. अंगुरः
नियमित अंगुरको सेवन गर्दा धेरै रोगहरूलाई रोकथाम गर्न सकिन्छ। मुटुरोग, मोटोपन, अल्जाईमर रोग, रक्तचिल्लोको गडबडी आदिमा पनि अंगुरलाई प्रयोग गर्ने गरिएको छ। अंगुरमा एन्थोसाईनिन, रेस्भेराट्रोल जस्ता ईन्फ्लामेसन कमगर्ने तत्व पाईन्छ। यसै गरि नियमित अंगुरको सेवन गर्नेहरूमा एनएफ–केबी जस्ता ईन्फ्लामेटरी जीन मार्कर कम पाईएको र एडिपोनेक्टीन जस्ता तत्वको रक्तस्तर बढेको पाईएको छ।
८. ग्रीन टीः
हरियो एवं अप्रशोधित चियाको मुनाकोे काढा पिउनाले स्वासथ्यमा धेरै फाईदा छन्। यस काढालाई तौल कमगर्न, मुटुरोगमा, क्यानसरमा, अल्जाईमर रोगमा, रक्तचिल्लोको गडबडी कम गर्न यसको प्रयोग गर्ने गरिन्छ। यसलाई एण्टिईन्फ्लामेटरी र एण्टिअक्सिडेण्ट तत्वको रूपमा हेरिएको छ। हरियो चियामा पाईने ईपिग्यालोक्याटेचिन–३ ग्यालेटले पनि ईन्फ्लामेसनलाई कम गर्ने साईटोकाईन्सहरूको उत्पादन कमगर्ने हुँदा ईन्फ्रलामेसन कम गर्दछ।
९. बेरी/ऐसेलुः
ब्ल्याक बेरी, रस्पबेरी (ऐसेलु), स्ट्रोबेरी, ब्लूबेरी, जस्ता फलफूललाई चिकित्सकीय अनुशंधानहरूले घाँउ–खटिरा ठिक पार्ने फलफूलका रूपमा दर्शाएको छ। यी फलफूलहरूमा प्रशस्त मात्रामा रेशा, चोकर, भिटामिन र खनिज पदार्थ पाईन्छ। यी फलफूलमा एन्थोकाईन्स नामक ईन्फ्लामेसन कम गर्ने एण्टिअक्सिडेण्ट पाईन्छ।यसै गरि बेरी खानेहरूमा प्रयाप्त मात्रामा नेचूरल किलर कोषहरू बढेको र ईन्फ्लामेसन समन गर्ने साईटोकाईन्सहरू उत्पादन गर्न पनि मद्यत गर्दछ।
१०. ब्रोकाउलीः
ब्रोकाउली पनि अत्यन्त स्वास्थकर खानेकुरा हो। यो तरकारीमा प्रशस्त मात्रामा भीटामिन, खनिज एवं लवणहरू, एण्टिअक्सिडेण्टहरू पाईन्छ। यसलाई विशेष गरि मुटुरोग एवं क्यानसर प्रतिरोधि मानिएको छ। यसमा पाईने सल्फोराफेन नामक एण्टिअक्सिडेण्टले एनएफ–केबी (न्यूक्लिएर फ्याक्टर कप्पा लाईटचेन ईन्हान्सर अफ एक्टिभेटेड बी सेल ) लगाएतका ईन्फ्लामेटरी साईटोकाईन्सहरूलाई प्रतिरोध गर्ने हुँदा ईन्फ्लामेसन कम हुन्छ।
११. भेडे खोर्सानीः
भेडे खोर्सानीलाई पनि राम्रो एन्टिईन्फ्लामेटरी तरकारीको रूपमा लिईएको छ।सय ग्राम भेडे खोर्सानीमा दैनिक चाहिने भन्दा ६९ प्रतिशत ज्यादा भिटामीन सी पार्यन्छ।यसैगरि यसमा विद्यमान क्वासीटिन, साईनापिक एसिड, फेरूलिक एसिड जस्ता एण्टिअक्सिडेण्टले अक्सिडेटिभ स्ट्रेस कमगरि ईन्फ्लामेसन घटाउने गर्दछ।
१२. च्याउः
खान योग्य च्याउलाई पनि ईन्फ्लामेसन प्रतिरोधि तत्वको रूपमा बुझिएको छ। अन्य खानेकुराको तुलनामा कम क्यालोरी पाईने, सेलिनियम, तामा, लगाएतका खनिज तत्व प्रशस्त पाईने र सबैखालका भिटामिनहरू पाईने हुँदा च्याउ अत्यन्त पोषक तत्व हो।
१३. भर्जीन ओलिभ आयलः
ओलीव आयल मेडिटेरेनियन खानाको मुख्य घटक हो। ओलिव आयलको सेवनले सीआरपी लगायतका धेरै ईन्फ्लामेटरी मार्करहरूको रक्तमात्रा कम पाईएको थियो। ओलिव आयलमा पाईने ओलियोक्यान्थोल नामक तत्वलाई आईबुप्रोफिन जत्तिकै एण्टिईन्फ्लामेटरी तत्व मानिएको छ।
१४. टमाटरः
अग्र्यानिक टमटरलाई धेरै पोषक तत्वहरूको भण्डार भन्ने गरिन्छ। टमाटरमा पाईने लाईकोपाईनस नामक तत्वले ईन्फ्लामेसन कारक साईटोकाईन्सहरूलाई समन गर्ने गर्दछ।
१५. चेरीः
चेरीमा पनि एन्थोकाईनिन नामक ईन्फ्लामेसन कमगर्ने तत्वहरू पाईन्छ।एक महिना सम्म दिनै पिच्छे २८० ग्राम चेरी खाने हरूमा सीआरपी लगाएत अन्य ईन्फ्लामेटरी मार्करहरू पनि मनग्गे कम भएको पाईएको छ।
(लेखक योगी नरहरिनाथ योग तथा प्राकृतिक चिकित्सालय भरतपुर–१ वागीश्वरीका निर्देशक हुन्।)