काठमाडौं - शिशु ६ महिनाको भएपछि स्तनपानका अतिरिक्त पुरक खाना खुवाउनु पर्दछ ।
शिशु ६ महिनाका भएपछि शारिरिक र मानसिक विकासको लागि आमाको दुध मात्र पर्याप्त हुँदैन । त्यसैले थप खाना खुवाउनु पर्दछ । जसले शिशुलाई शक्ति, प्रोटिन, भिटामिन आदि प्रदान गरी शिशुको बृद्धि राम्रो हुन्छ ।
पुरक खानामा के कस्ता खाद्यवस्तु समाबेश गर्ने भन्नेमा आमाहरुलाई अन्योलता हुन सक्छ । पुरक आहारमा यस्ता खाद्यवस्तु समावेश गर्नुपर्ने हुन्छ ।
बाक्लो जाउलो
लिटो
तरकारी, मासु, फलफुल (शिशुले खाना सक्ने गरी मिचेको)
खिर
सर्वोतम पिठोको लिटो बनाउने तरीका
लिटोमा अन्न तथा गेडागुडि मिसिएको हुनुपर्दछ । लिटोमा गेडागुडी अन्तर्गत सिमी, चना, भटमास, बोडी चामल, गहुँ मकै, कोदो आदि समाबेश गर्नुपर्छ ।
गेडागुडि र अन्नलाई छुट्टा छुट्टै भुटेर अलग अलग पिस्नु पर्दछ । यसरी पिसिसके पछि दुवैलाई मिसाएर सफा र सुरक्षित भाँडोमा भण्डार गर्नु पर्दछ ।
पिठोलाई सफा पानीमा वा दुधमा पकाएर लिटो बनाउनु पर्दछ । लिटोमा चिनी, मह, घ्यु वा तेल मिसाएर खुवाउनु सकिन्छ ।
पुरक खाना बनाउनु अघि र शिशुलाई खुवाउनु अघि सावुन पानीले मिचीमिची राम्ररी हात धुनु पर्दछ ।
६ महिना देखि २४ महिनाको बालबालिकालाई के के खुवाउने ?
सर्वोतम पिठोको लिटो
विभिन्न तरकारी मिसाएर बनाएको नरम खिर, जाउलो
राम्ररी मिचेको वा पिसेको सागपात
मौसम अनुसारका तरकारी
आलु, सखरखण्ड, पिडालु इत्यादि,
पुरक खानामा घिउ, तेल, मह, चिनी आदि मिसाएर यसलाई अझ पोषिलो बनाउन सकिन्छ । शिशुलाइ खुवाउने पुरक खाना बाक्लो अर्थात चम्चामा अडिने हुनुपर्दछ ।