काठमाडौं - पहिलो सन्तानले एक दम्पतीलाई श्रीमान श्रीमतीबाट आमाबाबुको जिम्मेवारी पाएका हुन्छन् त्यसैले पनि उनिहरु खास हुन्छन् । पहिलो सन्तानले आमा बाबु बन्दाको खुसि र नयाँ अनुभव दिएको हुन्छ तर उनिहरुको स्याहारमा भने केहि समस्या आउन सक्छ ।
पहिलो सन्तानलाई कसरी स्याहार गर्ने कति पटक स्तनपान गराउँने कुन अंग कहिले कति पटक सफा गर्नु पर्छ भन्ने कुरामा धेरै अभिभाबकहरु अनविज्ञ हुन्छन् । मानव शरीरको विभिन्न अंगमध्ये यौनांग एक संवेदनशिल अंग हो । यसको सरसफाइमा एकदमै ध्यानु पर्ने हुन्छ ।
शिशु जन्मेपछि अभिभावकले कसरी यौनांग सफा गर्ने भन्ने कुरा नजान्दा धेरैजसो अभिभाबकले आफ्नो सन्तानको यौनांग सफाइमा सहि विधी नअपनाएको देख्न सकिन्छ । नवजात शिशुको यौनांग सफाइमा यस्ता कुराहरुमा बिशेष ध्यान दिनुपर्छ ।
छोरा भएमा यसरी सरसफाई गर्नुपर्छः
बालकको लिंगको टुप्पोको छाला र्फकाउन नमिलेसम्म (१ देखि २ बर्षको उमेरसम्म) कम्तिमा हप्ताको एक पटक बाहिर मात्र सफा गरिदिनुपर्छ ।
बालकको लिंगको टुप्पोको छाला फर्काउन मिलेपछि हल्का फर्काएर लिंगको टुप्पोको छाला मुनि र लिंगको टुप्पो कम्तिमा हप्ताको एक पटक सफा गरिदिनुपर्छ । सेतो फोहोर टासिएको भए पुछिदिनु पर्छ । पुछिदिएपछि सुख्खा राख्नुपर्छ ।
सफा गर्न नरम कपडा, साबुन र पानिको प्रयोग गर्नुपर्छ ।
बालकको लिंगको टुप्पोको छाला कहिलेपनि बलपुर्वक पछाडि फर्काउन हुदैन ।
बालकले पिसाब फेर्ने बेला मुत्रद्धार देखिने गरी बालकको लिंगको टुप्पोको छालालाई हल्का पछाडि फर्काउन र पिसाब फेरेपछि पुरानै पोजिसनमा फर्काउन सिकाउनुपर्छ ।
छोरी भएमा यसरी सरसफाई गर्नुपर्छः
हरेक पटक डाइपर बदल्दा वा नुहाउदाँ योनि सफा गरिदिनुपर्छ ।
योनको साइडको पत्रलाई हल्का फट्याएर भिजाएको कटन बलले वा वेवि विप्सले टासिएको फोहोर दिसा सफा गरिदिनुपर्छ ।
सफा गर्दा अगाडिबाट पछाडितिर सफा गर्नुपर्छ ।
योनिको बाहिरी भाग मा सफा गरे पुग्छ भित्र गर्नुपर्दैन
योनिमा कुनै पनि साबुन, पाउडर र सुगन्ध प्रयोग गर्नु हुँदैन सँधै सफा पानीले मात्र सफा गनुर्पर्छ ।
सफा गरिसकेपछि सफा सुतिको कपडाले पुछिदिनुपर्छ ।