काठमाडौं - ५ वर्ष मुनिका बालबालिकामा देखिने आँखाको क्यान्सर (रेटिनोब्लास्टोमा) बंशाणुगत रोग नै हो । हाम्रो सबै अंगहरु जिन को आधारमा के कस्तो बन्ने भनेर निधार्रित हुन्छन् । त्यसमा पनि आँखा भित्र रेटिना हुन्छ त्यो रेटिनाको आकार कस्तो र कत्रो हुनुपर्छ भन्ने कुरा जिन मा भरपर्छ । जिन मा खराबी आयो भने रोक्न सक्ने जति समस्या रोक्न नसकेको खण्डमा मासु पलाउन सुरु गर्छ र त्यो समयमा क्यान्सर हुने धेरै सम्भावना हुन्छ ।
किन हुन्छ त जिन खराब ?
आमा बुबा मध्ये एकको मात्र जीन खराब छ भने सन्तानले रोगको समस्या बोकेर बस्छन् तर आमाबाबु दुबैजनामा जीन को समस्या छ भने , छोराछोरीमा रोग देखिने गर्छ । तर कहिलेकाहि आमाबाबु बाट मात्र नभएर बच्चा हुर्कने क्रममा शाररीक परिवर्तनका कारण पनि जीन मा खाराबी हुन सक्छ ।
जीनको खराबीले नै आँखाको क्यान्सर रेटिनोब्लास्टो लाग्ने गर्छ ।
रेटिनोब्लास्टोमा का लक्षणहरु
बच्चामा आँखाको नानी कालो र रातो नदेखिएर सेतो देखिएमा
सिधा आँखा एक्कासी बाङ्ग वा डेढोे देखिएमा
आँखा रातो वा बाहिर निस्केमा
यो रोग समयमै पत्ता लगाएर अस्पताल गएमा बच्चाको दुष्टि र ज्यान दईटै बचाउन सकिन्छ ।
उपचार विधि
आँखा जाँच गर्दा क्यान्सर देखिएमा लेजर, क्रायोथेरापी, केमोथेरापी तथा रेडियोथेरापी गरी यसको उपचार गरिन्छ । ढिलो भएको खण्डमा क्यान्सर फैलन नदिनका लागि आँखाको डल्लो नै निकाल्नुपर्ने हुन सक्छ ।
कसरी बच्ने ?
यो रोगबाट बच्नका लागि अन्य रोग जस्तो कुनै बैकल्पिक उपाय भने छैन् , तर शिशिु जन्मेको १ महिना भित्र अाँखा जाच गरायो भने यो रोगबाट बचाउन सकिन्छ कतिपय अवस्थामा लक्षण देखि सक्दा अस्पताल जादापनि ढिलो भइसकेको हुन्छ त्यसकारण बच्चाको आँखा एक एक महिनामा जाचँ गराउनु पर्छ ।
अभिभावकले आफ्नो ५ वर्ष मुनिका बच्चालाई अध्यारो कोठामा राखेर फेटो खिच्ने यदि फोटोमा बच्चाको आँखाको नानीमा सेतो देखिन्छ भने तुरुन्त अस्पताल लैजानु पर्छ यो क्यान्सरको संकेत पनि हुन् सक्छ ।
(वरिष्ठ आँखा रोग विशेषज्ञ बेन लिम्बु सँगको कुराकानीमा आधारित)