काठमाडौं - हामीले खाने नून शरीरका लागि थोरै मात्रामा चाहिने तर नभई नहुने अनिज पदार्थ हो । साधारणतया आने नुन सोडियम र क्यालोरिन तत्व मिलेर बनेको हुन्छ ।
ज्यादै थोरै मात्रामा आवश्यक पर्ने नुनको परिमाण शरीरमा कम वा बढि भएमा स्वास्थ्यमा नराम्रो असर पर्न जान्छ । त्यसकारण यसको सहिमात्रामा उपभोग गर्न आवश्यक छ । एक स्वस्थ व्यक्तिका लागि प्रतिदिन २३०० मिलिग्राम नून खान सिफारिस गरिएको छ । व्यक्तिको स्वास्थ्यस्थिति अनुसार यसको मात्रा कम वा बढि गर्नु पर्ने पनि हुन्छ । उच्च रक्तचाप भएका व्यक्तिहरुले दैनिक भोजनमा सोडिएमको मात्रा १५०० मिलिग्रामभन्दा कम गर्नुपर्दछ ।
नून नभएको खाना बेस्वादिलो खल्लो र अस्वस्थकर पनि हुन्छ । भोजनमा नूनको मात्रा ठीक छ भने उक्त भोजन स्वादको दुष्टिकोणले उपयुक्त मानिन्छ । हामीले खाने नूनमा विशेषत सोडियम र क्यालोरि पाइने हुनाले यसले शरीरमा अम्ल र क्षारको सन्तुलन राख्न मद्दत पुर्याउााछ ।
शरीरमा नूनको कमी भएको शरीर गल्ने कमजोर हुने हुन्छ । बालबालिकामा यसको कमी भएमा तौल घट्ने लक्षण देखिन्छन् । यसबाहेक नूनले शरीरमा पाचनक्रियाको लागि आवश्यक पर्ने रस हाइड्रोक्लोरिक एसडि बनाउँन मद्दत पुर्याउँछ ।
नुनको सेवन र रक्तचाप बीच गहिरो सम्बन्ध छ नून आवश्यकता भन्दा बढी सेवन गर्नाले यो रगतमा जम्मा हुन थाल्छ यसले गर्दा रगतको परिमाणस्वरुप मुटुसम्बन्धी प्रणालीमा नराम्रो असर पर्नुका साथै उच्च रकतचापको नूनकोमात्रा बढी भएको मिर्गौलाको कार्यमा बाधा पुग्ने गर्छ ।
नून मसलाको रुूपमा स्वादको दुष्टिकोणले प्रयोग गरिने खाद्यबस्तु हो । जसमा कार्बोहाइड्रेट , प्रोटिन , भिटामिन , चिल्लो पर्दाथजस्ता पोष्टिक तत्वहरु पाइँदैन ।
प्रायः प्राकुतिकरुपमा पाइने नूनमा स्वाद नुनिलो भए तापपनि भिन्नाभिननै प्रकारका नुनको बास्ना , रगं , बनावट फरक फरक हुन्छ । साधारणतया बजारमा पायने नून सेतोबाहेक फिक्का गुलाफी , फिक्का खरानी रगंको हुन्छ । बनावटको हिसाबले हेर्ने हो भने नून कुनै मसिनो धुलो , कुनै चेप्टो , कुनै ठूला ठूला स्फटिक र ढिक्का परेको हुन्छ ।
नूनका केहि बिषेशताहरु
नून खाद्य संरक्षण गर्ने तत्वकोे रुपमा पनि प्रयोग गरिन्छ । यसले खाद्ययपदार्थमा भएको पानी सोसेर जीवाणुको आक्रमणबाट खाद्यपदार्थलाई सुरक्षित राख्छ ।
यसले खाद्यपदार्थ नरम पार्न मद्दत गर्दछ । मुछेको पीठोमा नून हालेको छ भने यो पीठोमा भएको पानी र कार्बनडाइअक्साइडसँग मिलेर फुलाउने काम गर्छ । साथै यसले मासु नरम पार्न मद्दत पुर्याउँछ ।
खाद्ययपदाथै पकाउँन नूनले बाइन्डरको काम गर्छ विशेष गरी प्रोटिनयुक्त खाद्ययपरिकार जस्तै मासु पकाउँदा नून प्रयोग गरेको छ भने मासुको टुक्रा सुक्नबाट बचाउँछ । साथै खाद्यपरिकारमा रगं दिन मद्दत पुर्याउँछ ।
खाद्यपदार्थमा कुहाउने प्रक्रिया हुनबाट बचाउँछ । अचार , चीज तथाच ससेज बनाउँदा नूनको प्रयोग गरेमा बिग्रन कुहिनबाट बचाउँछ ।