काठमाडौं- महिलाको सैंन्दर्यता प्रतिकको रुपमा कपाललाई पनि लिइन्छ । त्यसैले धेरैजसो महिलाहरु कपाल बलियो, नरम, लामो र बाक्लो बनाउन चाहान्छन् । कपालले सौन्दर्य बढाउनमा बिशेष भुमिका खेलेको हुन्छ । यसले समग्र व्यक्तित्वमा नै प्रभाव पार्छ ।
कपाललाई आकर्षक बनाउनका लागि काँटछाँट मात्र नभई अन्य कुरामा पनि बिशेष ध्यान दिनुपर्ने हुन्छ । कपाल बलियो बनाउने, रंगमा सजाउने, डिजाइन गर्ने मात्र नभई सैन्दर्यताका लागी अन्य कुरामा पनि ध्यान दिनुपर्ने हुन्छ । आफ्नो अनुहार वा शरीरको बनावट अनुसार कपाल मिलाउनु महत्वपूर्ण हुन्छ । यसका लागि आफ्नो व्यक्तित्व अनुसार कपाललाई कस्तो ढाँचामा सजाउने भनेर बुझ्न जरुरी छ ।
हाल कपालप्रतिको सचेतना बढ्दो छ । कपाल सैन्दर्यताका लागी थुप्रै सुविधा पनि छन् । कपाललाई आफ्नो रुची अनुरुप जस्तो पनि बनाउन सकिन्छ । तर कपाललाई प्राकृतिक रुपमा पनि आकर्षक बनाउन सकिन्छ । रंगरोगन वा काँटछाँटले मात्र होइन, प्राकृतिक रुपमा यसलाई बलियो, आकर्षक बनाउन जरुरी हुन्छ । यसका लागि राम्रो विकल्प हो, केराटिन ट्रिटमेन्ट । केराटिन ट्रिटमेन्टले कपाललाई प्राकृतिक रुपमा नै बलियो, मुलायम, बाक्लो एवं स्वस्थ बनाउँन सघाउँछ ।
विभिन्न कारणले हाम्रो कपालको केराटिन नष्ट भइरहेको हुन्छ । यसरी केराटिन नष्ट हुँदै जाँदा कपाल रुखो हुन्छ । त्यसैले केराटिन ट्रिटमेन्टबाट यसलाई प्राकृतिक रुपमा फर्काउनुपर्ने हुन्छ । केराटिन ट्रिटमेन्टद्धारा कपाललाई आवश्यक पोषण मिल्ले भएकाले कपाल स्वस्थ्य र नरम हुन्छ ।
केराटिन ट्रिटमेन्ट जो कोहिले गर्न सक्छन् । केराटिन ट्रिटमेन्टद्धारा कपाललाई अस्थायी रुपमा सिधा बनाइन्छ । यसले कपाल भित्रैसम्म पुग्नेगरी केराटिनको घोल लगाइन्छ । त्यसपछि कपालमाथि सिधा गर्ने फ्लाट आइरन प्रयोग गरिन्छ ।
केराटिन ट्रिटमेन्ट घरमा पनि गर्न सकिन्छ । तर बिज्ञबाट गराउँदा अझ प्रभावकारी हुने भएकाले विश्वसनिय पार्लरमा गएर केराटिन ट्रिटमेन्ट गराउन सकिन्छ ।