- ब्युटिसियन साबित्री पाण्डे
काठमाडौं - जाडोमौसममा छाला सुक्खा हुने, एलर्जी आउने, फुट्ने जस्ता विभिन्न समस्या देखिने भएकाले गर्मीमा भन्दा चिसोमा छालाको स्याहारका साथै मेकअप गर्दा बिशेष सावधानी अपनाउनुपर्छ ।
चिसोमा छाला एकदम सुख्खा हुन्छ । त्यसैले मेकअप गर्दा गर्मीको भन्दा केहि फरक हुन्छ । गर्मीको मेकअप अलि म्याट हुन्छ भने चिसोमा ग्लसि मेकअप गर्नुपर्छ ।
जाडोयाममा चिसो धेरै हुने भएकाले रिंकलहरु छिटो पर्छ । त्यसैले ग्लसि, ओइली मेकअप गर्दा राम्रो मानिन्छ । गर्मीमा पसिना आउने, अनुहार ओइली हुने भएकाले अलि सुख्खा मेकअप गनुपर्छ । लुज पाउडर प्रर्याप्त मात्रामा लगाउनुपर्छ । भने चिसोमा मेकअप गर्दा पाउडरको प्रयोग गर्नुहुदैँन ।
चिसोमा छाला सुख्खा हुन्छ त्यसमाथी पाउडरको प्रयोगले सेतो पिठो जस्तो निस्कन्छ र लेयरहरु छुटिन्छ । त्यसैले छाला सुख्खा हुदाँ पाउडरलाई लगाउनु हुदैँन । कुनै व्यक्तिको स्किन एकदमै ओइली छ चिसोमा पनि ओइली नै हुन्छ भने हल्का पाउडरको प्रयोग गर्दा हुन्छ । तर सामान्यतय चिसोमा पाउडरको प्रयोग गर्नुहुदैन ।
चिसोमा अनुहार सुख्खा हुने सामान्य समस्या हो । सुख्खा छालाबाट छुटकारा पाउनका लागी बिहान उठेर मनतातो पानिले मुख धुनुपर्छ । त्यसपछि छाला अनुसार दैनिक प्रयोग गर्न मिल्ने क्लिन्जिङ क्रिमको प्रयोग गर्नुपर्छ । त्यसपछि टोनर लगाउनुपर्छ, केहि समयपश्चात डिप मोस्चराइजर लगाउनुपर्छ ।
मोस्चराइजर लगाएको १ मिनेट वा ३० सेकेन्ड पश्चात सनब्लक क्रिम लगाउनुपर्छ । सनब्लक लगाउँदा एस्पिएफ हेरेर लगाउँनुपर्छ । नेपालको मौसम अनुसार एस्पिएफ ५० सम्मको लगाउन सकिन्छ । एकदमै गर्मी ठाउँमा जादाँ ७० प्ल्स सम्मको लगाउनु पर्छ । तर नेपालका लागी एस्पिएफ ५० सम्मको प्रयोग गर्दा हुन्छ ।
सनब्लक लगाउँदा माडेर लगाउँनु हुदैँन हातलाई फेल्कजिबल बनाएर ध्याप ध्याप गरेर लगाउनुपर्छ । साथै दुई घण्टाको अन्तरालमा लगाइरहँदा छाला सुख्खा हुने समस्या कम हुन्छ ।
दैनिम फाउण्डेशन प्रयोग गर्ने व्यक्तिहरुले पनि सुरुमा राम्रोसँग मोस्चराइजर लगाउने त्यसपछि सन ब्लक लगाएर फाउण्डेशन लगाउँदा हुन्छ । साँझ फेसवास र क्लिन्जिङ क्रिम लगाएर मेकअप हटाउनुपर्छ । त्यसपछि टोनर लगाएर नाइट क्रिम लगाउन सकिन्छ ।
(ब्युटिसियन पाण्डे इमेज ब्यटि इन्सिट्युट अर्बिक मेहेन्दि एण्ड मेकअप स्टुडियोमा आबद्ध छिन् ।)