छाला शरीरका लागि सुरक्षात्मक तह हो । गर्मीमा अत्यधिक तापमान र सूर्यको तेज किरणका कारण छाला शिथिल हुन्छ । यसबाट टेनिङ, एलर्जी, चायाँ, पोतो आदि समस्या देखा पर्छन् । यी समस्या हटाउन गर्मीमा कम्तीमा दिनको दुई पटक नुहाउनुपर्छ । यसो गर्दा पसिनाको दुर्गन्ध र त्यसबाट हुने इन्फेक्सन कम हुन्छ । घामबाट र्फकदा माइल्ड फेस क्लिन्जर तथा चिसो पानीले अनुहार धुुनुपर्छ ।
समर फेसियल
छालाको टेक्स्चर जँचाएर मात्र फेसियल गराउनुपर्छ । पार्लरको विकल्पमा घरमै फेसियल मसाज गर्न सकिन्छ । अझ आफ्नो भान्सा तथा बगैंचाबाट प्राकृतिक सामग्री जुटाएर फेसियल गरियो भने बढी प्रभावकारी हुन्छ । फेसियल गर्दा काँक्रोको रस, एलोबेराको जुस, कागती, मिल्क पाउडर, दही, बेसार, चन्दन पाउडर, गाजर, मह, पुदिना तथा तुलसीका पात आदिको प्रयोगले गर्मीमा छालालाई राहत प्रदान गर्छ ।
समर ब्लिच
दूध, मह र कागती मिसाएर अनुहारमा लगाउनुपर्छ र १५ मिनेट त्यसै छोड्नुपर्छ । यो प्राकृतिक ब्लिच हो । यो तैलीय छालाका लागि उपयुक्त हुन्छ ।
समर फेसियल प्याक
काँक्राको रसमा कागती, बेसार र चन्दन पाउडर मिसाएर अनुहारमा लगाएपछि १५ मिनेटसम्म रहन दिनुपर्छ । पिम्पल्स हटाउन यो राम्रो फेसप्याक हो । यसमा तुलसी वा पुदिनाको पातको पाउडर पनि मिसाउनुपर्छ । यसको प्रयोगले शीतलता दिनुका अतिरिक्त मरेका कोष, संक्रमण फैलाउने कीटाणु आदि हटाउनुका साथै रोमछिद्र पनि खोल्ने काम गर्छ ।
समर स्किन स्क्रब
डेड सेल्स, सुख्खा तैलीय पसिना, धूलोमाटो आदिले छालाको रोमछिद्र बन्द गर्छन् । यसलाई खोल्न ओटमिल पाउडर, कागतीको रस, पुदिनाको पात, दही, गाजर आदिबाट स्क्रब गर्न सकिन्छ ।
टोनिङ
अल्कोहलयुक्त स्किन एन्टिजेन्टको साटो एलोबेरा जुसमा गुलाबजल मिसाएर प्रयोग गर्नुपर्छ । यसले टोनिङ र क्लागिङलाई टाढा राख्छ । यसबाट स्किन एलर्जी, र्यासेस एवं चिलाउने समस्या पनि हट्छ ।
सन प्रोटेक्सन
घाममा बाहिर निस्कनुपूर्व माइल्ड सनस्किन तथा अल्ट्राओयलेट रे ब्लकर लगाउनुपर्छ । बाहिर निस्कनुभन्दा करिब १५ मिनेट पहिले एसपीएफ १५-२० युक्त सनब्लक लोसन लगाउनुपर्छ । केलामाइन लोसन, टाइनेनियम डाइ अक्साइड तथा जिन्क अक्साइड लोसनले पनि छालाको सुरक्षा गर्छ ।
भोजन
शरीरमा जम्मा हुने हानिकारक टक्सिन कम गर्न प्रशस्त पानी पिउनुपर्छ । यसो गर्दा अनुहारको छाला सुख्खा हुँदैन । लिक्विड डाइट खानुपर्छ, जसमा प|mुट जुसलाई पनि समावेश गर्नुपर्छ । हरियो सागसब्जी एवं सलादबाट शरीरमा भिटामिन तथा मिनरल्सको सन्तुलन कायम रहन्छ । भिटामिन सी र भिटामिन ई आदि एन्टी अक्सिडेन्स सप्लिमेन्टका रूपमा खानुपर्छ भने कोल्ड डि्रंक तथा गुलिया खानेकुराबाट बच्नुपर्छ ।
पर्ल फेसियल फेयर कम्प्लेक्सन
फेयर कम्प्लेक्सन भएकाहरूले घामको प्रभाव बढी सहनुपर्ने हुन्छ । घामका कारण चमक हराएको छालालाईर् चम्काउन पर्ल फेसियल लाभदायक हुन्छ । यो फेसियलबाट अनुहारको चमक पुनः प्राप्त हुन्छ । यो फेसियल अनुहारको दाग-धब्बा हटाउन पनि उत्तिकै सहयोगी हुन्छ ।
तैलीय छाला
तैलीय छालाको तेललाईर् नियन्त्रण गर्न फेसियल क्रिमका साथमा पानीको प्रयोग गरिन्छ । यो विधि सामान्य छालाका लागि पनि उपयुक्त हुन्छ । तैलीय सन्तुलन कायम राख्न प्रयुक्त हुने यो विधिबाट अनुहारमा निखार आउँछ । फेसियलबाट छालामा रक्तसंचार बढेर स्वस्थ र चम्किलो हुन्छ ।
सुख्खा छाला
सुख्खा छालामा पर्ल फेसियल गर्दा पानीको साटो दूध प्रयोग गर्नुपर्छ । जस गर्दा अनुहारमा चमक आउनुका साथै स्किन बढी सुख्खा हुनबाट जोगिन्छ । यसका साथै दूधले स्किनलाईर् प्राकृतिक कोमलता प्रदान गर्छ ।
पर्ल फेसियलको लाभ
घामका कारण हुने सनट्यानलाईर् कम गर्न यो अत्यन्त प्रभावकारी हुन्छ । अफिस वर्कमा महिलाहरूको अधिकांश समय कम्प्युटरअगाडि बित्छ । यसबाट आँखा वरपर डार्क सर्कल्स पर्छ । पर्ल फेसियल डार्क सर्कल्स कम गर्न पनि सहायक हुन्छ । पर्ल फेसियलले छालामा चमक पैदा गर्छ । छालाको कालोपन हटाएर एउटा नेचुरल ह्वाइटनरका रूपमा काम गर्छ, यसबाट स्किन फेयर देखिन्छ । तैलीय सन्तुलनको काम गर्छ । राम्रो पार्लरमा नै फेसियल गराउनुपर्छ । पर्ल फेसियलका सम्बन्धमा राम्रो जानकारी भएका ब्युटिसियनहरूले नै यसको प्रयोगलाईर् परिणाममुखी बनाउन सक्छन् ।
ग्ार्मीमा सिल्भर फेसियल
छाला विशेषज्ञ एवं सौन्दर्य प्रसाधकहरूका अनुसार उचित हेरचाह भयो भने छालाको सौन्दर्य लामो समयसम्म कायम रहन्छ । त्यसको ठीकविपरीत भए समयपूर्व नै अनुहारमा बुढ्यौलीको चिन्ह देखापर्न थाल्छ । राम्रो हेरचाह भए छाला लामो समयसम्म जवान रहन्छ । यसका लागि हामीले दैनिक जीवनमा ध्यान दिनुका साथै खानपान, सौन्दर्य प्रसाधन तथा उपचारमा केही समय खर्चिनु आवश्यक छ । छालालाई, घाम, धूलो, धूवाँ आदिबाट बचाउने । सस्ता कस्मेटिक्सबाट जोगिँदै मौसम एवं उमेरअनुसार फेसियल गर्नुपर्छ । गर्मीमा सिल्भर फेसियल विशेष लाभदायक हुन्छ ।
सिल्भर फेसियलले के गर्छ ?
गर्मीमा फेसियलले शीतलता प्रदान गर्छ । सिल्भर फेसियलले छालामा भएकोअनावश्यक चिल्लो कम गर्दै छालाको मोस्चर कायम राख्न सहयोग पुर्याउँछ । छालामा आकर्षण अर्थात् चमक प्रदान गर्छ ।
सिल्भर फेसियलको प्रयोगले छाला गोरो एवं सफा देखिन्छ । नियमित रूपमा सिल्भर फेसियल गरे छालाको चाउरीबाट मुक्ति मिल्छ । सिल्भर फेसियलको प्रयोगले छालामा भएको मृतकोष हट्नुका साथै ब्ल्याक हेड्स एवं ह्वाइट हेड्सको समस्याबाट राहत प्राप्त हुन्छ । सिल्भर फेसियलको प्रयोगले छाला कसिलो एवं सुन्दर देखिन्छ । सिल्भर फेसियलको प्रयोगले छालाको तहलाई सुरक्षा प्रदान गर्नुका साथै छालालाई जवान राख्न मद्दत गर्छ । सिल्भर फेसियलको प्रयोगले छालामा भएका अनावश्यक छिद्रहरूलाई कसिलो बनाई छाला सुन्दर देखाउन मद्दत पुर्याउँछ । सिल्भर फेसियलको प्रयोगले छालामा भएको सुख्खापन हट्नुका साथै कालो दाग एवं पोतो हट्छ ।
विशेष कुरा
सिल्भर फेसियल गर्मी महिनाका लागि उपयुक्त हुन्छ । सिल्भर फेसियल अनुभवी ब्युटिसियनबाटै गराउनुपर्छ । यो फेसियल छालाको प्रकार एवं उमेरअनुसार गरिन्छ ।