गर्मी मौसममा आकाशबाट सूर्यको तापले गर्दा मानिसहरु हैरान बनेका हुन्छन् । घाम, गर्मी, पसीनाले मानसिक र शारीरिक रुपले चाँडै थकानको महसुस गराउन थाल्छ । यस अवस्थामा सानो सानो काम गर्दा चाँडै थाकेको अनुभव हुन थाल्छ । यस अवस्थामा आफ्नो शरीरलाई आराम दिन अति आवश्यक हुन्छ । जसका लागि बडि मसाज निकै नै फाइदाजनक हुन्छ ।
गर्मीको मौसममा अन्य समयको भन्दा बढि व्यस्त भइन्छ । बच्चाहरुको छुट्टि, उनीहरुसँग समय विताउनु, खेल्नु, घरको काम, नातेदारसँगको भेटघाले झन बढि थकान महसुस हुन सक्छ । यस्तो समयमा आफ्नो लागि समय निकाल्नु आवश्यक हुन्छ । यो सब कुराबाट राहत पाउनकालागि सबैभन्दा बेसट हो मसाज । मसाज गराउनाले शरीरको सबै समस्या कम हुन जानुका साथै सँधै तरोताजा महसुस गर्न मदत पुर्याउछ ।
फाइदाहरु :
रोग प्रतिरक्षा प्रणाली बलियो बनाउँछ
गर्मीमा नियमित मसाज गर्नाको सबैभन्दा ठूलो फाइदा यो की यसले शरीरको रोग प्रतिरक्षा प्रणालीलाई बलियो बनाउँछ । गर्मीको मस्तीमा रोगबाट कोहि पनि ग्रस्त हुन चाहँदैन त्यसकारण शरीरको प्रतिरक्षा प्रणालीलाई बलियो बनाईराख्न मसाज आवश्यक छ ।
तनावबाट टाढा राख्छ
मसाजले शरीरमा एन्डोरफिन र डोपामाइन हार्मोन उत्पन्न गराउँछ जसले तपाईंलाई राम्रो अनुभव हुन सक्छ । गर्मी मौसममा यसैपनि मन आत्तिने र तनाव हुने गरेको पाइन्छ । पिकनिक, ट्रिप, पार्टी, नातेदारहरुसँग भेटघाट, अफिसको काम जस्ता कुराले पनि तनाव बढाउन सक्छ । मसाजपछि तपाईं राम्रो अनुभव गर्नुहुन्छ र राम्रो सोच्न सक्नुहुन्छ ।
शरीर बाउडिने समस्यामा राहत
मसाजले मांसपेशी दुखाईमा राहत हुनुका साथै मांसपेशी बाउडिने समस्या पनि कम भएर जान्छ । गर्मीको समय मानिस आफूलाई क्रियाशिल राख्न मन पराउँछन् । यो समयमा बगैँचामा काम गर्ने, खेल्ने, स्विमिंग गर्ने जस्ता क्रियाकलाप गर्न रुचाउछन्। जसले गर्दा कुनै कुनै समय शरीरको कुनै कुनै भागमा मांसपेशी बाउडिने समस्या उत्पन्न सक्छ । यस अवस्थामा मसाज फाइदाजनक हुन सक्छ ।
शरीर सुन्निने समस्यामा राहत
मसाजबाट तपाईंको शरीरमा रगतको बहाव बढ्छ जसले सुन्निने समस्या हटाउने काम गर्छ र तपाईं सहज महसुस गर्न सक्नुहुन्छ । गर्मीका कारण कतिपय अवस्थामा शरीरको विभिन्न भागमा सुन्निने समस्या आउन सक्छ । विशेषगरी हातका औंला,अनुहार र खुट्टामा यो समस्या देखिन सक्छ ।