काठमाडौं - टाउको दुख्ने समस्या नेपालमा धेरैजसो व्यक्तिले भोगिरहेको एक आम समस्या हो । यो समस्या १/२ दिन देखि बर्सौ सम्म हुन सक्छ । टाउको दुखाई २ प्रकारको हुन्छन।
प्राथमिक कारणहरू
१. तनाव टाउको दुखाई (६९%)
२. माइग्रेन टाउको दुखाई (१६%)
३. क्लस्टर टाउको दुखाई (०.१%)
४. ईडिओपाथिक टाउको दुखाई (२%)
५. अन्य टाउको दुखाई (१%)
दोस्रो कारणहरू:
१. प्रणालीगत संक्रमण (63%)
२. हेड ट्रामा (4%)
३. संवहनी विकार (१%)
४. ब्रेन ट्यूमर (०.१%)
यदि टाउको दुख्ने समस्या लामो समयदेखि छ र सामान्य नदुख्ने औसधि खादा बिसेक हुन्छ र फेरी टाउको दुख्ने समस्या बल्झिन्छ भने तेस्तो टाउको दुखाईको उपचार गर्नुपर्ने हुन्छ । आफुलाई टाउको दुख्ने समस्या छ तर टेस्ट गर्दा सबै रिपोर्ट सामान्य छ भने त्यो मानसिक समस्या हुन सक्दछ । यो टाउको दुखाई तनाव टाउको दुखाई, माइग्रेन टाउको दुखाई मात्र नभएर डिप्रेसनले गर्दा पनि हुन सक्दछ ।
तनाव टाउको दुखाईका लक्षणहरु:
बर्सौ देखि टाउको दुखिईरहेको, टाउको दुख्दा जतापनि दुख्न सक्ने, भारी भएजस्तो, थिचेजस्तो , गरुगो महसुस हुने, कसैलाई पोलेजस्तो, किरा हिंडेजस्तो महसुस हुने चक्कर आउने हुन्छ । दिनभरी बिस्तारि दुखिरहने, काम गर्नपनि सकिने दुख्न पनि नछोड्ने हुन्छ । सामान्य औसधि खाएमा निको हुन्छ । यससंग मानसिक समस्या जोडिएको हुन सक्छ जस्तै कुनै तनाबको स्थिति, निद्रामा गडबडी, या अरु कुनै लक्षण हुन सक्दछ ।
माइग्रेन टाउको दुखाई:
टाउको दुख्दा बल्किने, दुखेपछी ४ घण्टादेखि २ दिनसम्म दुख्न सक्ने, उल्टी औला जस्तो हुने, उल्टी आउने हुन सक्छ । कतिले कडा औसधि खानुपर्ने, इन्जेक्शन लगाउनुपर्ने, या सुत्नैपरने हुन्छ । घामले, आवाजले टाउको दुखाईमा फरक पार्न सक्छ र कसैलाई त हिडडुल गर्दा पनि टाउको दुखाई बढ्ने भएकोले घरभित्रै बसेर आराम गर्दछन, एक पाखा मात्र दुख्ने पनि हुन्छ तर सधै एक पाखा मा मात्र दुख्छ भन्ने नहुन सक्छ ।
यी प्राथमिक टाउको दुखाईको उपचार सम्भव छ र नजिकैकोमनोचिकित्सक वा न्यूरोलोजिस्टकोमा गइ उपचार गरेमा समस्या राम्रो गराउन सकिन्छ ।
कस्तो टाउको दुखाईमा सचेत हुने र तुरुन्त चिकित्सकलाई भेट्ने ?
1. धेरै जोडसंग दुखेमा
2. पहिलो सहन नसक्ने दुखाई
3. दुखाई झन नराम्रोसंग या जोडसंग बढिराखेको छ
4. जाच गर्दा न्यूरोलोजिकल लक्षणहरू देखिएमा
5. ज्वरो आएमा
6. टाउको दुखेपछि उल्टी भएमा
7. टाउको दुख्नाले निद्रा बिग्रेमा या उठ्ने बित्तिकै दुखेमा
8. ५५ बर्षभन्दा बढी उमेरको व्यक्तिलाई दुखेमा