काठमाडौं - आजभोली प्रायः महिलाहरुमा भिटामिन डी को कमि भएको पाइन्छ । भिटामिन डि को कमिले गर्भवती र किशोरी महिलालाई बढी सताउँछ ।
एक अनुसन्धानका अनुसार पर्याप्त मात्रमा घाममा नबस्ने, वातावणअनुकुल कोठामा मात्र बस्ने, घाममा हिडँदा पनि छाला कालो हुन्छ भनेर लामो लुगा लगाएर हिडँने भएकाले झण्डै ६९ प्रतिशत भारतियहरुलाई भिटामिन डी को कमी देखिएको छ ।
काठमाडौंकी निशा नामकी एक महिलालाई थकाई लाग्ने, हातखुट्टा दुखिरहने, बिहान उठ्दा पनि आराम गरेको अनुभुति नहुने समस्या भयो । उनलाई समस्या बढ्दै गएपछि डाक्टर कहाँ गइन् । तुरुन्त रोग पत्ता लागेन, धेरै डाक्टर कहाँ धाउनु प¥यो । एक दिन स्त्री रोग विशेषज्ञले उनलाई भिटामिन डीको जाँच गराउन भनिन् । जाँच गर्दा उनको रगतमा भिटामिन डीको कमि भएको देखियो । डाक्टरले उनलाई भिटामिन डिको चक्की दिएर भने, हरेक दिन कमसेकम १५–२० मिनेट घाममा बस्नुपर्छ । घाममा बस्दा छालामा सिधै घाम पर्नुपर्छ । लुगाबाट छिरेर वा सिसाबाट छिरेर तापिएको घाम प्रभावकारी मानिदैन । त्यसपछि ती महिलाको स्वास्थ्यमा सुधार हुदै गयो ।
घाममा बस्नुपर्छ भन्ने थाहा पाउँदा पनि धेरै जसो महिला घामले छाला डढाउछ भनेर घाम बाट बच्दै हिड्छन् ।
महिलाहरुलाई मात्र होइन बालबालिकालाई पनि भिटामिन डि को कमीले विभिन्न समस्याहरु निम्त्याउाने गर्छ । सानो उमेरका बालबालिकालाई भिटामिन डि को कमि भयो भने उनीहरुको हड्डी कमजोर हुदँै जान्छ । हड्डीहरु बाँगो भएर हिडन पनि गाह्रो हुन सक्छ । यस्तो अवस्था अहिले धेरै कम देखिए पनि काठमाण्डौँ उपत्यकाको घाम कहिले पनि नहुने गल्लीमा बस्ने बालबालिकालाई यो समस्याले सताउँने गरेको छ ।
केही वर्ष अघि भक्तपुरमा भएको एक अनुसन्धानमा कहिले घाम नपुग्ने साँघुरा गल्लीहरुमा बसोवास गर्ने बालबालिकाहरुमा अनपेक्षित रुपमा खुट्टा बांगो हुने, हड्डि दुख्ने, हाडहरु सजिलै भाच्चिने, तालु कमलो हुने लगायतका समस्या देखिएको थियो । भिटामिन डि को कमी तथा कुपोषणका कारण उनीहरुलाई रिकेट्स नामक रोग लागेको पाइएको थियो । उनीहरुको रगतमा क्याल्सियमको कमी भएको पाइएको थियो । यसको एउटा प्रमुख कारण सुर्यको किरणबाट प्राप्त हुने भिटामिन डि को कमीलाई मानियो ।
नेपाली समाजमा सुत्केरीलाई घाममा राखेर शिशुलाई तेल लगाउने चलन अहिले निकै कम भइसकेको छ । आधुनिकताका नाममा अहिले शिशुलाई घाममा नराख्ने, तेल नलगाउने तर कोठामा राखेर पाउडर दलिरहने चलन आएको छ । यस्तो आधुनिक चलनले सुत्केरी आमा र शिशुको शरिरमा भिटामिन डि पुग्दैन । आमाहरुले घाममा बसेर तेल लगाउने चलनलाई बिर्सिदिए भने आमा र शिशुलाई हाडसम्बन्धी समस्या पर्न जान्छ । त्यसैकारण छालामा किरण पर्ने गरी घाम ताप्नुपर्छ ।
विदेशमा महिलालाई ३५९४० वर्षको उमेर देखि नै क्याल्सियम र भिटामिन डि का चक्कीहरु दिन शुरु गर्छन् । जुन समस्यालाई पनि औषधीले मात्र समाधान गर्ने बानिले प्राकृतिक कुरा विर्सदै गएका छौँ ।
वर्षका धेरै दिनसम्म घाम नलाग्ने युरोप लगायतका अन्य देशहरुमा सायद भिटामिन डि को चक्की वा खानामा भिटामिन डि मिलाएर दिनुको औचित्य हुन्छ । तर नेपालमा त्यसको औचित्य छैन् । भिटामिन डी पाउन घाममा बस्नु नै उपयुक्त उपाय हो । क्याल्सियम पाउन ज्वानो, आलस, तील, दूध, दही, गहत, सिमी खानु नै सर्वोत्तम हो ।
भिटामिन डि बोसोमा घुलनशिल भएर लामो समय रहने हुनाले एक दुई दिन घाममा नवस्दैमा खासै केहि समस्या परिहाल्दैन । त्यसैले बर्षातका दिनहरुमा घाममा बस्न पाइन भनेर चिन्ता गर्नुपर्दैन । छालामा सिधै सुर्यको किरण पुग्ने गरी हप्तामा ४–५ दिन, २०–२५ मिनेट बस्दा हुन्छ ।
जाडोमा खुल्ला मैदानमा घाममा बसेर सुन्तला र बदाम खाँदा आनन्द आउँछ । तर त्यसले आनन्द मात्र दिदैन स्वास्थ्यमा पनि सकारात्मक प्रभाव पर्छ । शरीरमा विशेषगरी क्याल्सियम र फोस्फोरस नामक तत्वको शोषणका लागि भिटामिन डि अति नै आवश्यक हुन्छ । साथै शरीरको प्रतिरक्षा प्रणाली वा रोगसँग लड्ने क्षमतालाई वृद्धि गर्न पनि भिटामिन डि चाहिन्छ ।
बालबालिकामा दम र स्वासप्रश्वास सम्बन्धी रोग कम गर्न भिटममिन डी ले सघाउँछ । यसले महिलामा हुने सक्ने बाथ रोगको जोखिम पनि कम गर्छ । यसको लागि घाम ताप्न आवश्यक हुन्छ । शरीरिक विकासको लागि मात्र होइन मानसिक रुपमा स्वस्थ रहन पनि घाम चाहिन्छ ।
(जनस्वास्थ्य विद् डा.अरुणा उप्रेतीको पुस्तक खाना खानुभयो’ बाट लिइएको केहि अंश)