काठमाडौं - सामान्य भाषमा थाईरोईड भननाले गलगाडलाई बुझिन्छ । यो एक ग्रन्थिको नाम हो । थाईरोईड अंग्रजि अक्षरको एच आकारको हुन्छ । यो पुतली आकारको हुन्छ । यो आफैमा रोग होइन् , रोग कुन समयमा भनिन्छ भने थाईरोईड ग्रन्थिले आवशयक भन्दा बढि वा कम मात्राले काम गरेको खण्डमा थाईरोईडको समस्या भन्निछ । यो रोग सिमित मात्रा होइन् , अरुपनि रोग हुन सक्छन् । क्यान्सर , नोडल अन्य प्रकारका थाईरोईड समस्या हो ।
थाईरोईड ग्रन्थी
यो ग्रन्थी घांटीमा रुद्र घन्टीको तल हुन्छ ।
यसले २ ओटा हर्मोन T3 र T4 दिन्छ ।
थाईरोईड ग्रन्थीलाई अर्को ग्रन्थी पिट्युटरी ग्रन्थी ले कन्ट्ूोल गर्दछ ।
पिट्युटरी ग्रन्थीले ( Pituitary) भन्ने हर्मोन दिन्छ जसले थाईरोईड ग्रन्थीलाई T3 र T4 निकाल्नलाई प्ररित गर्दछ ।
थाईरोईड ग्रन्थीले धेरै काम गर्ने रोग (Hyperthyroidism)
यो रोग मा T3 र T4 बढ्छ र TSH कम हुन्छ ।
लक्षणहरु
तौल कम हुँदै जानु,
गर्मी धेरै लाग्नु,
पसिना धेरै आउन्,
मुटु धेरै धक धक हुनु,
दिसा धेरै पटक लाग्नु,
हात,खुट्टा काम्नु,
सास फुल्नु,
निन्द्रा नलाग्नु, बेचैनी धेरै हुनु,
गलोगांड निस्कनु,
आँखा ठुलो हुदै जानु,
(Hyperthyroidism) कति किसिमकम हुन्छन ?
मुख्यत २ किसिमका हुन्छन्:
१. Graves Disease
२. Thyroiditis
यी दुई बिल्कुल फरक रोग हुन र उपचार पनि बिल्कसल फरक छन् ।
Graves Disease हलिकति जटिल रोग हो भने Thyroiditis आफै निको हुने रोग हो ।
Graves Disease कसरी पत्ता लाग्छ ?
रगतमा T4 र TSH हर्मोन जाँच गरेमा Hyperthyroidism पत्ता लाग्छ ।
यो अवीथामा T4 बढ्छ र TSH कम हुन्छ ।
तर Graves Disease नै हो भनेर यकिन साथ भन्नको लागि एक किसिमको टेस्ट 'Thyroid Uptake Scan' गर्नु पर्दछ ।
Graves Disease को उपचार कसरी हुन्छ ?
तीन तरीका छन्:
औषधिबाट कम्तिमा पनि १२-१८ महिना औषधि खानु पर्ने हुन्छ । तर औषधि बन्द गरेपछि ५०-६० मा फेरी यो रोग फर्किन्छ ।
अप्रेशन बाट यदि गलगाँड ठुलो छ भने अप्रेशन गर्न सकिन्छ ।
Radioactive Iodine एक किसिमको औषधि हो जसको सेवन र्गदा यो रोग पूर्णतया निर्कल हुन्छ ।
थाईरोईड रोग कसरी लाग्छ ?
थाईरोईड रोग खानपिनको गडबडी अथवा व्यायामको कमिले हुने रोग होइन ।
बन्दा, काउली धेरै खाएर लाग्ने रोग पनि होइन ।
यो एक किसिम को Auto-Immune रोग हो । अर्थात शरीरको प्रतिरोधात्मक शक्ति शरीरकै अंग प्रति लक्षित हुने अपस्था हो ।
Thyroiditis थाईरोईड ग्रन्थीको भाइरल इन्फेक्सनले हुन्छ ।
केहि औषधिहरुले गर्दा पनि थाईरोईडको गडबडी हुनसक्छ ।
थाईरोईड ग्रन्थीको क्यान्सर (Thyroid Cancer)
थाईरोईड ग्रन्थीको क्यान्सर निको पार्न सकिने क्यान्सर हो ।
लक्षणहरु
गलगाँड छिटो छिटो बढ्नु,
गलगाँड दुख्न्
आवाज परिर्वतन भई मोटो आवाज हुनु,
गलगाँड बढेर खान निल्न गाह्रो हुनु, श्वास र्फेन गाह्रो हुनु,
थाईरोईड ग्रन्थीको क्यान्सर कसरी पत्ता लाग्छ ?
गलगाँड सुइ जाँचबाट (FNAC)
घाँटीको भिडियो एक्सरेबाट
थाईरोईड ग्रन्थीको क्यान्सरको उपचार कसरी हुन्छ ?
अप्रेशनबाट
अप्रेशन गरिसकेपछि धेरैले एक किसिमको औषधि Radio Active आयोडिन दिनुपर्ने हुनसक्छ ।
उपचार पछि नियमित जाँच गरी राख्नुपर्दछ ।
थाईरोईडका बिरामीले के के कुरामा ध्यान दिनुपर्छ
नियमित नछुटाइ औषधी सेवन गर्नु पर्छ
चिकित्सकको सल्लाह बमोजिम आवश्यक जाचँहरु समय समयमा गर्नु पर्छ,
जति सकिन्छ जगंफुट कममात्रामा खानु पर्छ ,
शारिरीक व्यायम नियमित गर्ने बानी बसाल्नु पर्छ ,
रोग लाग्न नदिनका लागि सन्तुलित आहार बढि मात्रामा फलफुल , हरियो तरकारी खानु पर्छ ,