काठमाडौं - गर्मियाम भन्दा पनि चिसो मौसममा सबैभन्दा बढी देखि समस्या हो, रूघाखोकी । चिसोका कारण नाकबाट पानी बग्ने, सुक्खा खोकी लाग्ने, टाउको दुख्ने, हल्का ज्वरो आउने, घाँटी खसखसाउने, हाच्छिँउ आउने, खान मन नलाग्ने, थकाइ महसुस हुने लगायतका समस्या देखिन्छ। चिसोबाट बच्न सके रूघाखोकीबाट बच्न सहज हुन्छ। चिसोबाट बच्न र रूघाखोकीबाट छुटकारा पाउनका लागि बजारमा पाइने औषधी भन्दा घरमा पाइने घरेलु सामानज प्रयोग गरेर रुघाखोकि बाट बच्चन् सकिन्छ । जाडोघाममा लागेको रुघाखोकि निको पार्ने केहि घरेलु विधि यहाँ प्रस्तुत गरिएको छ हेरौं ।
बेसार : हरेक दिन बिहान खाली पेटमा ३ ग्राम देखी ६ ग्राम शुद्ध बेसार मनतातो पानीमा मिसाएर नियमित ३र ४ दिनसम्म लगातार सेवन गर्नाले रुघाखोकी सन्चो हुन्छ।
तुलसीको पात : ४र५ वटा तुलसीको पातलाई तातो पानीमा राखेर हरेक दिन बिहान खाली पेटमा सेवन गरे रुघाखोकीबाट बच्न सकिन्छ।
अलवा तुलसी : ४ र ५ वटा पातलाई नियमित महमा मिसाएर खाएमा पनि खोकी निको हुन्छ। अदुवा र मह स् अदुवालाई हल्का पोलेर महसँग मिसाएर नियमित सेवन गरेमा पनि रुघाखोकीबाट बच्न सकिन्छ।
रुदिलो : हाम्रो गाउँघरमा पाइने रुदिलोलाई पानीमा पकाएर हरेक दिन नियमित सेवन गर्नाले रुघाखोकी र चिसोबाट निम्तिने श्वाशप्रश्वास सम्बन्धी समस्या पनि समाधान हुन्छ। यस्तै, रुघाखोकी लागेको बेलामा हाम्रो घरगाउँमानै पाइने गुर्जोको लहरालाई थिचेर यसको रस नियमित सेवन गरेमा पनि रुघाखोकी, ज्वरोबाट बच्न सकिन्छ।
ज्वानो, वेसार, अदुवा : ज्वानो, वेसार र अदुवालाई मिसाएर पानीमा पकाएर हरेक दिन बिहान बेलुका आधा गिलास खाने गरेमा पनि रुघाखोकी निको हुन्छ।