काठमाण्डौ - मानिसको सम्पूर्ण अंगहरुको उतिकै महत्व रहेको हुन्छ । कुनै अंगको काम कम र अर्को अंगको धेरै भन्ने हुदैन । त्यस्तैगरी आँखा मानिसको लागि महत्वपुर्ण अंग हो । जसलेगर्दा हामीले यो संसार देख्न पाइरहेका छौं । कतिपय मानिसहरुको यहि आँखाको ज्योति गुमाएर यो संसार देख्न पाइरहेका छैनन् जो अरुको साहारामा यो संसार हिडीरहेका छन् । आँखाको समस्याहरु धेरै देखा परेका हुन्छन् जसमध्ये आँखा सुक्खा हुने समस्या पनि एउटा हो । आँखा सुक्खा हुँदा आँखावाट आशु कम बग्छ । यसले गर्दा आँखा भित्रको फोहोर राम्रोसँग सफा हुन पाउदैन । आँखा सुख्खा हुनु , आँखामा खुजली हुनु, चिलाउनु , आँखामा केही विझेको महसुस हुनु जस्ता समस्या देखा परे भने बुज्नुहोस तपाइको आँखा सुक्खा भएको छ । ल्यापटप, कम्युटर, मोबाइलका कारण धेरै मानिसमा आँखाको समस्या देखिन्छ । आँखा तेजिलो बनाउन के गर्ने भन्ने प्रश्न सबैले गर्छन् । हाम्रो भोजन र खानेकुराले दृष्टि क्षमतामा पनि प्रभाव पर्छ । भिटामिन ‘सी’ र ‘ए’ धेरै मात्रामा पाइने केही खानेकुरा आँखा स्वस्थ राख्न र दृष्टि क्षमता बढाउन सहयोगी हुन्छन् ।
आँखाको ज्योती राम्रो बनाउन घरेलु खानेकुरामा ध्यान दिन आवश्यक छ । पावरवाला चस्मा लगाउनेले समेत यी खानेकुरा खाने हो भने दृष्टिमा सुधार आउने अध्ययनले देखाएको छ । त्यसकारण घरमै पाइने यी सामग्रीबाट प्राकृतिक रूपमै आँखाको ज्योति राम्रो बनाउनुहोस
हरियो तरकारी
हरियो सागसब्जीमा पाइने भिटामिन लगायतका पोषकतत्वले आँखाको ज्योती राम्रो बनाउन सहयोग गर्छ ।
जिरा
जिरा र मिस्री बराबर मात्रामा लिएर राम्रोसँग पिस्ने र एक चम्चा घिउसँग दिनहुँ खाने ।
सुकुमेल
तीनचारवटा सुकुमेल र एक चम्चा सुपलाई राम्रोसँग पिस्ने र एक ग्लास दूधसँग दिनहुँ पिउने ।
अमला
अमला पकाएर तयार पारेको गुलियो अचार दिनमा दुई पटक खानाले आँखाको ज्योति बढ्छ ।
ग्रिन टी
दिनमा दुईतीन कप ग्रिन टी पिउनाले यसमा भएको एन्टिअक्सिडेन्टले आँखा तेजिलो बनाउँछ ।
सुप
एक चम्चा सुप, दुईवटा हाडेबदाम र आधा चम्चा मिस्रीलाई राम्रोसँग पिसेर राति सुत्नुअघि एक ग्लास दूधसँग पिउने गर्नुपर्छ ।
हाडेबादाम
राति छसातवटा हाडेबदाम पानीमा भिजाउने र बिहान खाने गर्नाले आँखाको पावर ठीक हुँदै जान्छ ।
तोरीको तेल
राति सुत्नुअघि तोरीको तेलले टाउको दिनहँु मालिस गर्दा पनि आँखाको ज्योति ठीक हुन्छ ।