झन्डै ८० प्रतिशत नेपालीलाई कुनै न कुनै बेला ग्यास्ट्रिक लागेको अनुमान छ । सबै समुदाय र उमेर समूहका मानिस ग्यास्ट्रिकबाट पीडित भएको चिकित्सकहरू बताउँछन् । मेडिकल भाषामा‘ग्यास्ट्राइटिस’ भनेर चिनिने यो रोगलाई बोलीचालीको भाषामा ‘ग्यास्ट्रिक’ भनिन्छ ।
विज्ञहरूका अनुसार खाएका खाना पचाउन शरीरभित्र विभिन्न प्रकारका पाचन रस हुन्छन् । खाना खाँदा ‘हाइड्रोक्लोरिक एसिड’ नामक एक खालको अम्ल पनि उत्पादन भइरहेको हुन्छ । जसको उत्दादन आमाशयभित्र हुन्छ । यसले पनि खाना पचाउनलाई नै सहयोग पु¥याउने हो । साथै, हाइड्रोक्लोरिक एसिडले आमाशयभित्रका किटाणुहरूलाई मार्ने काम पनि गर्दछ ।
आमाशयभित्र ‘हेलिकोब्याक्टर पाइलोरी’ भन्ने एकखाले किटाणु हुन्छ । जब हाइड्रोक्लोरिक एसिड र हेलिकोब्याक्टर पाइलोरीको उत्पादन र मात्रामा तालमेल मिल्दैन तब ग्यास्ट्रिक हुने गर्छ । सामान्य ग्यास्ट्रिकले तत्काल ठूलो असर गरेको नदेखिए पनि कहिलेकाहीँ पेट तथा आमाशयमा प्वाल परी त्यसको असरले मानिसको मृत्यु समेत हुन सक्छ । पेट दुख्ने, पोल्ने, अम्लपित्त बढ्ने समस्याको चिकित्सकीय नाम ग्यास्ट्राइटिस हो ।
जाँच कसरी गर्ने जानौं
सामान्य खाली पेटमा पोल्ने, अमिलो पानी आउने समस्या ग्यास्ट्राइटिसबाटै हुने भएपनि लामो समयसम्म यो समस्या देखिएमा र औषधि सेवन पछि पनि सन्चो नभएमा भने पेटको इन्डोसकोपी गर्न सकिन्छ । यसबाट पेटमा अन्य कुनै समस्या भएको, हेलीकोब्याक्टर पाइलोरी भन्ने ब्याक्टेरियाको संक्रमण रहेको आदि थाहा पाउन सकिन्छ ।
उपचार कसरी गर्ने ?
पेट पोल्ने समस्याको उपचार भनेको यसको कारण पत्ता लगाएर त्यसको उपचार गर्नु नै हो । ग्यास्ट्राइटिस, रिफ्लक्स आदिको उपचारको निम्ति एसिड बन्न कम गर्ने वा बनिसकेको एसिडलाई निर्मलीकरण गर्ने विभिन्न औसधिको प्रयोग चिकित्सकको सल्लाह अनुसार प्रयोग गर्न सकिन्छ । पेट पोल्ने समस्या एकपटक सन्चो भएपनि फेरि बल्झिन सक्ने भएकाले खानपिनमा पनि विशेष ध्यान पुराउनुपर्छ ।
कस्तो सावधानी अपनाउने ?
पेट पोल्ने समस्या भएका मानिसहरुले निम्न सावधानीहरु अपनाउँदा यो समस्या केही कम हुन सक्छः
- अमिलो, पिरो, चिल्लो खानेकुरा सकेसम्म नखाने
- चिया, कफी आदि धेरै मात्रामा नपिउने
- बिहान उठेपछि प्रसस्त पानी पिउने
- तौल घटाउने
- रक्सी, चुरोट आदि सेवन नगर्ने
- एकैचोटि धेरै भन्दा थोरै थोरै धेरैपटक खाने
- सुत्नु करिब ३ घन्टा अगाडी नै खाना खाने
- भोकै खालीपेट नबस्ने
ग्यास्ट्रिकका लक्षण
- पेट फुल्ने
- छाती र पेटको बीचको खाल्टो वरिपरि दुख्ने
- पेट पोल्ने
- भोक नलाग्ने
- अम्लपित्त बढ्ने
- पेट भारी हुने
- रिङटा लाग्ने
टाउको दुख्ने
- वाकवाकी लाग्ने
- बान्ता हुने
- डकार आउन
-कालो दिसा आउने
- पेट हुँडल्ने
-तौल घट्दै
- खाना नपच्ने