काठमाडौं- आकस्मिक गर्भनिरोधक भनेको असुरक्षित यौन सम्पर्कबाट अनिश्चित गर्भधारण हुन नदिन महिलाले खाने चक्कीको मार्फत गर्भ रहन नदिने विधि हो ।
यस्ता परिस्थिमा मात्र आकस्मिक गर्भनिरोधकको विधि अपनाउनुपर्छः
महिलाले आफ्नो चाहना विना जबरजस्ती यौन सम्पर्क राख्न वाध्य भएमा, वा जबरजस्तीकरणी भएमा
सम्भोग गर्दागर्दै कण्डम फुटेमा
आइ.यु.सी.डी वा कपर “टी” बाहिर निस्केमा गर्भ निरोधको साधन प्रयोग नगरी आकस्मिक यौन सम्पर्क हुन गएको तर महिला गर्भवती हुन नचाहेको अवस्थामा
महिलाले असुरक्षित यौन सम्पर्क भएपछि जति सक्यो चाँडो, १२० घण्टा भित्रै आकस्मिक गर्भनिरोधको विधि अपनाउनुपर्छ । असुरक्षित यौन सम्पर्क भएपछि जति चाँडो यसको प्रयोग गर्यो उती नै यसको प्रभावकारिता बढी हुन्छ ।
आकस्मिक गर्भनिरोध चक्की बाहेक पनि परिवार नियोजनका साधनहरुमा आकस्मिक गर्भनिरोधकका लागि समेत प्रयोग गर्न सकिन्छ । ती साधनहरु हुनः मिश्रित खाने चक्की र आइ.यू.सी.डी वा कपर “टी”
आकस्मिक गर्भनिरोधक गर्न आवश्यक भएमा महिलाले तत्काल स्वास्थ्य कार्यकर्तासँग सल्लाह र परामर्श गरेर सेवा लिनुपर्छ ।
आकस्मिक गर्भनिरोधक विधि सधैँ प्रयोग गर्ने विधि होइन, यो आकस्मिक उपाय मात्र हो ।
यसको प्रयोग पटक पटक गरेमा यो साधनले काम नगर्ने हुनसक्छ ।