काठमाडौं - गर्भनिरोधक चक्कीको प्रयोग गर्ने महिलाको मस्तिष्कमा असर पार्ने एक अध्ययनले समेत देआई सकेको छ । गर्भनिरोधक चक्कीको प्रयोग गर्ने महिलालाई अरुको अनुहार देखाएर उनको भावना बुझ्नमा समस्या हुने गरेको छ । जर्मनीको वैज्ञानिकले गरेको एक अध्ययनमा यो दावी गरेका छन् ।
गर्भनिरोधक चक्कीको केहि साइड इफेक्ट्सको बारेमा जानकारी पहिले नै जानकारी हुन्छ की, यसको सेवनले मूडमा परिवर्तन हुन्छ, मन आत्तिने हुन्छ, टाउकाृ दुख्ने हुन्छ र स्तन दुख्ने जस्ता समस्या आउन सक्छ भनेर । तर, हालै गरिएको अध्ययनमा भने गर्भनिरोधक चक्कीको सेवनले त्यतिमात्र नभई मानसिक स्वास्थ्यमा पनि असर पार्ने जनाएको छ ।
आकस्मिक गर्भनिरोधक चक्कीमा हार्मोनको मात्रा सामान्य चक्कीभन्दा बढी हुन्छ । त्यसैले यो प्रभावकारी हुन्छ । यद्यपि यो आकस्मिक रूपमा, कहिलेकाही प्रयोग गर्नका लागि मात्र हो ।
यो महिनामा यति नै पटक प्रयोग गर्न सकिन्छ भन्ने छैन, तर बारम्बार वा यसको प्रयोग धेरै गर्न थाले आफ्नो शरीरमा हार्मोनसम्बन्धी असन्तुलन सिर्जना हुनसक्छ ।
यसले गर्दा महिनावारीमा गडबडी आउनुका साथै यसको प्रभावकारितामा समेत कमी आउँछ । यसरी आकस्मिक गर्भनिरोधक चक्की प्रयोग गर्नुको सट्टा कन्डम वा अन्य साधन ९पिल्स, डिपो, कपर टी० प्रयोग गर्नु उपयुक्त हुन्छ ।