-असुरक्षित यौन सम्पर्कबाट अनिश्चित गर्भ धारण हुन नदिन महिलाले खाने चक्कीको मार्फत गर्भ रहन नदिने विधि ।
-महिलाले असुरक्षित यौन सम्पर्क भएपछि जति सक्दो चाँडो, १२० घण्टा भित्रै आकस्मिक गर्भ निरोधक विधि अपनाउनुपर्छ ।
-आकस्मिक गर्भ निरोधक विधि सधैँ प्रयोग गर्ने विधि होइन , यो आकस्मिक उपाय मात्र हो ।
-यसको प्रयोग पटक पटक गरेमा यो साधनले काम नगर्ने हुनुसक्छ ।
-यस आकस्मिक गर्भनिरोधक चक्की एक पटक सेवन गरेपछि अर्को पटकको असुरक्षित यौन सम्पर्कबाट सुरक्षा दिदैन । केही दिन सम्म वाकवाक लाग्ने , बान्ता हुने, योनीबाट केही झर्ने वा रक्तश्राव हुन सक्छ ।
१. के आकस्मिक गर्भ निरोधक धेरै पटक प्रयोग गर्न सकिन्छ ?
आकस्मिक गर्भ निरोधक साधन आपत्कालिन अवस्थामा मात्र प्रयोग गर्नुपर्छ र गर्भनिरोधकको नियमित साधनका रुपमा प्रयोग गर्नु हुँदैन । आकस्मिक गर्भ निरोधक साधन आवस्यक परेको खण्डमा जुनसुकै समयमा पनि प्रयोग गरिने साधनको विकल्पका रुपमा प्रयोग गर्नु हुँदैन ।
२. के महिलाले गर्भवती भएको समयमा आकस्मिक गर्भ निरोधक साधन प्रयोग गर्छिन् भने विकृत बच्चा जन्मिन्छ ?
महिलाले गर्भवती भएको समयमा आकस्मिक गर्भ निरोधक साधन प्रयोग गरेमा विकृत बच्चा जन्मिन्छ भन्ने कुनै प्रमाण छैन ।
३. के किशोरीहरुका लागि आकस्मिक गर्भ निरोधक साधन सुरक्षित हुँदैन ?
आकस्मिक गर्भ निरोधक साधन किशोरीहरुका लागि सुरक्षित छ ।
४. के महिलामा आकस्मिक गर्भ निरोधक साधनले बाँझोपन हुन्छ ?
आकस्मिक गर्भ निरोधक साधनको प्रयोग गरेको कारणले महिलामा बाँझोपन हुँदैन ।
५. के आकस्मिक गर्भ निरोधक साधनलाई परिवार नियोजनको विकल्पमा लिन सकिन्छ ?
आकस्मिक गर्भ निरोधक साधनलाई परिवार नियोजनको विकल्पमा लिन सकिदैँन । आकस्मिक गर्भ निरोधक साधनलाइ आपत्कालीन अवस्थामा मात्र प्रयोग गर्न सकिन्छ ।