यौन रोग भनेको यौन सम्पर्कबाट सर्ने संक्रामक रोग हो । नेपालीहरूमा देखिने मुख्य सरुवा रोगमध्ये यौन रोग पनि एक हो । कुनै यौन रोगको उपचार गर्न सकिन्छ भने कुनैको सकिँदैन ।
यसबाट बच्ने सहज उपाय भनेको यसको रोकथाम नै हो । यौन रोगबारे यथार्थ जानकारी भए हामी यसबाट सजिलै बच्न सक्छौँ । असुरक्षित सम्पर्कबाट यौन रोग सर्न सक्छ । यौन रोग लागेको व्यक्तिमा यसको लक्षण देखिन पनि सक्छ, नदेखिन पनि सक्छ ।
यौन रोगले शरीरलाई धेरै हानि पु¥याउन सक्छ । कतिपय अवस्थामा यौन रोगले मृत्युको मुखमा पनि पु¥याउँछ । यौन रोग भएको व्यक्तिले छाला, गुप्तांग, मुख, मलाशय वा शरीरको तरल पदार्थद्वारा अरूलाई सार्न सक्छ ।
नेपालमा यौन रोगको अवस्था?
- नेपालमा यौन रोग सामान्य अवस्था नै छ। संसारभरी नै हेर्ने हो भने यो रोग सामान्य त एउटै उमेर समुहको मानिसमा बढी देखिन्छ। नेपाल को सदर्भमा हेर्ने हो भने प्राये यो बिदेश जाने मानिसहरुमा, कामको अनुसार हेर्ने हो भने ड्राइभरहरु, सुरक्षा निकायहरुमा लाग्नेहरुमा बढी मात्रामा भेट्टाईन्छ। उमेर समुह हेर्ने हो भने यो १३-१९ बर्षको उमेर समुह जती बेला युवालाई यौन रोगको सम्बन्धी चाँही पुरा जानकारी भएको हुँदैन।
रोग लाग्नुको कारण ?
- चेतनाको कमी
- सुरक्षा निकायहरुमा लाग्नेहरुको कहिले रोल्पामा पोस्टिङ कहिले मुस्ताङमा पोस्टिङ हुने हुनाले एकै ठाउँमा बसिराख्ने हुँदैन। मान्छेको यौन भन्ने कुरा एउटा आवश्यकता हो र जब त्यो परीपुर्ती हुँदैन मानिसहरु त्यसलाई पुरा गर्न जोसँग पनि सम्पर्क राख्न तमतयार हुन्छन् ।
- एक भन्दा बढी मान्छेसँग यौन सम्पर्क राख्नु।
- यौन सम्पर्क राख्दा गर्भनिरोधक उपकरणको प्रयोग नगर्नु।
- मान्छेको यौन भन्ने कुरा एउटा आवश्यकता हो र जब त्यो परीपुर्ती हुँदैन मानिसहरु त्यसलाई पुरा गर्न जोसँग पनि सम्पर्क राख्न तमतयार हुन्छन जस्को कारण
प्राये मानिसहरुमा कुन सामान्य यौन रोग बढी मात्रामा भेट्टिन्छ?
१। क्यानडिडल ब्यनालिटीज (Canandial Banalities)
महिलाहरुमा पाठेघरबाट गनाउने पानी बग्ने हुन्छ भने पुरुसहरुमा लिङगको वरीपरी भागमा सेतोदही जस्तो जम्ने र रातो हुने गर्दछ
२। हेर्पिज इन्फेक्सन (Herpiz Infection)
पिसाब फेर्ने ठाउँमा सानोसानो फोका आउने
३। गोनोरिया (Gonorrhea)
पिसाब गर्ने घरबाट पहेलो गनाउने पानी बग्ने साथै पिसाब फेर्दा जलेको अनुभव हुने
गोनोरिय(Gonorrhea) भन्नले के बुजिन्छ?
- सामान्य भाषामा बुझ्दा गोनोरिया भन्नाले गनाउने पानी बग्ने भन्ने बुज्न सकिन्छ जुन पहेलो रङको हुन्छ। यसको लक्षणहरू प्राये पुरुषमा बढी देखिन्छ र ५०% महिलामा यसको लक्षणनै देखिदैन। यो असुरक्षित यौन सम्पर्क राखेको ७-१४ दिन देखिन्छ।
दुवै केटा र केटीहरूमा, गोनोरिया लाग्दा अन्य अंग र शरीरका अंगहरूमा गाला, आँखा, हृदय, दिमाग, छालामा असर गर्न सक्छ, तर यो कम सामान्य हुन्छ।
तपाईंको अभ्यास अनुसार कुन उमेर समुहमा यो रोग बढी देखिन्छ?
-यो रोग मेरो अभ्यास अनुसार २०-३० बर्षको उमेर समुहको मानिसमा बढी पाएको छु।
एउटा गोनोरिया भएको गर्भवती भएको महिलाले बच्चा जन्माउनु मिल्छ कि मिल्दैन र यदी बच्चा जन्मीहाल्यो भने कस्तो समस्या देखा पर्छ?
- गोनोरियाको आफ्नै जटिलताहरु छ। एक त पुनरावर्ती रुपमा गोनोरिया भइराख्ने मान्छेमा बाँझोपन हुने सम्भावना एकदमै बढी हुन्छ।
बच्चामा चाँही जन्मिदै आँखा संक्रमण हुने साथै आँखा पाक्ने, समय भन्दा अगाडि बच्चा जन्मिने र कहिलेकाँही त बच्चामा अन्धोपन नै हुने अवस्था पनि हुन्छ।
कसरी बच्ने
- असुरक्षित यौन सम्पर्क नराख्ने
- एकजना भन्दा बढी सेक्स पार्ट्नर नबनाउने
- गर्भनिरोधक उपकरणको प्रयोग गर्ने
- संका लाग्ने बित्तिकै अस्पताल जाने
- गर्भवती महिलाले बिशेष ध्यान दिने
(यौन रोग विशेषज्ञ डा. रुपकसँगको अन्तर्वातामा आधारित )