काठमाडौं - उमेरअनुसार बालबालिकाको दाँत उम्रनु स्वाभाविक प्रक्रिया हो । हुन त यस्तो प्रक्रिया कष्टरहित हुनुपर्ने हो, तर दाँत उम्रने वेला विभिन्न स्वास्थ्य समस्या देखिन्छन् । बच्चा पूर्णतः स्वस्थ भएमा भने त्यति कष्ट भोग्नुपर्दैन ।
दाँत उम्रने प्रक्रिया
– बच्चाको दाँत दुईपटक उम्रने गर्छ, एउटा दूधे र अर्को स्थायी दाँत ।
– बच्चा पाँच–सात पहिनाको हुँदा दूधे दाँत उम्रन सुरु हुन्छ । त्यसपछि दुई वर्ष नौ महिनाको उमेरसम्म बच्चाको दाँत आउने क्रम जारी रहन्छ । जसलाई अंग्रेजीमा ‘प्राइमरी युरुपसन अफ टिथ’ भनिन्छ ।
– यस्तो अवस्थामा गिजाको तल र माथि गरी २० वटासम्म दाँत उम्रने गर्छ ।
– त्यसपश्चात् ६ देखि १२ वर्षको उमेरबीचमा दूधे दाँत झर्न सुरु गर्छ र स्थायी दाँत उम्रने क्रम सुरु हुन्छ । जसलाई मेडिकल भाषामा ‘सेकेन्डरी युरुपसन अफ टिथ’ भनिन्छ ।
– दाँत उम्रने समयमा प्रायः बच्चालाई शारीरिक एवं मानसिक कष्टको सामना गर्नुपर्छ ।
उम्रँदा यस्ता समस्या
– दाँत ढिलो गरी आउनु,
– चिडचिडापन, बैचैनी, डर लाग्नु, रुनु, कराउनु,
– ज्वरो आउनु, ज्वरोका साथै शरीर कडा भएर जानु, ऐठन हुनु,
– टाउको दुख्नुका साथै ज्वरो आउनु,
– पातलो, हरियो, खाना नपचेको दिसा बाहिरिनु,
– आँखा रातो, रसिलो हुनु, चिलाउनु, कचेरा आइरहनु,
– कान दुख्नु, कानबाट पिप बग्नु,
– मुखबाट अत्यधिक -याल निस्कनु,
– गिजा सुन्निनु, संवेदनशील बन्नु, खाने वेला गिजा टोकिनु,
– पेट फुल्नु, दुख्नु, कब्जियत, बान्ता हुनु, पेटमा चुर्ना पर्नु,
– खानमा रुचि नहुनु, ठीकसँग खाना नखानु,
– पिसाब फेर्ने समय पीडा महसुस हुनु,
– निद्रा नलाग्नु, निद्रामा तर्सिनु, कराउनु,
– छालासम्बन्धी विभिन्न समस्या देखिनु,
उम्रनुअघि उपचार गर्दा
– बच्चाको दाँत उम्रने समयमा हुने समस्याको होमियोप्याथीमा विभिन्न औषधि उपलब्ध छन् । लक्षणअनुसार त्यसको प्रयोग गरेमा लाभदायक हुन्छ ।
– होमियोप्याथिक चिकित्साले बच्चाको दाँत सजिलैसँग उम्रनुका साथै उसको सम्पूर्ण स्वास्थ्यमा सकारात्मक प्रभाव पर्छ । यस्तो उपचारले दाँतलाई पनि मजबुत पार्छ ।
– कसैकसैमा दूधे दाँत नझरीकनै स्थायी दाँत पलाउन थाल्छ । यसरी उम्रिएका दाँत बांगोटिंगो र विकृत आउने गर्छ । अनि पछि कालो भएर छिटै बिग्रिएर जान्छ ।
– स्थायी दाँत आउनुअघि या या दाँत उम्रने दौरानमै होमियोप्याथिक उपचार गराउँदा त्यस्ता खतराबाट सजिलै बच्न सकिन्छ । यस्तो उपचारले दाँत उम्रिनासाथ कालो हुँदै जाने समस्या हटेर जानुका साथै स्थायी रूपमा उम्रने दाँत पनि स्वस्थ र बलियो हुन्छ ।
– होमियोप्याथिक औषधिको स्वाद गुलियो हुनाले बच्चाले सजिलै यसको सेवन गर्न सक्छ । या बच्चालाई औषधि खुवाउनका लागि जबर्जस्ती गर्नुपर्दैन ।
औषधि
– केमोमिला, बेलाडोना, पोडोफाइलम, जालपा, क्रियोजोट, फाइटोलेक्का, फेरम फाँस, मेगनेसियाफाँस, कल्केरियाफाँस, कल्केरिया फ्लोर, कल्केरिया कार्ब, मर्कसल, साइलिसिया, स्टेफसिग्रिया, सल्फर, थुजा, इथुजा, टेरिबिन्थ, मेगनेसिया कार्ब, टियुबरकुलिनम आदि ।
– नजिकैको कुनै योग्य तथा अनुभवी चिकित्सकसँगको परामर्शमा मात्र यस्ता औषधिको सेवन गराउनुपर्छ ।