काठमाडौं- बालअवस्था एक विशेष अवस्थाका रुपमा लिने गरिन्छ। यो समसयमा केटाकेटिहरुमा धेरै खाले समस्याहरु देखिरहेका हुन्छन्। अभिभावकहरुले बोल्न नसक्ने बालबालिकाहरुको त अझ् विशेष ख्याल राख्नु पर्ने हुन्छ ।
बालअवस्थामा देखिने धेरै खाले समस्याहरु मध्ये मुख भित्र घाउँ अथवा खटिरा आउँनु पनि एक आमसमस्या हो। अभिभावकहरु आफ्ना छोराछोरीहरुको मुख भित्र खटिरा आएर धेरे चिन्तित भएको पाइन्छ ।
यसबाट छुट्कारा पाउँनका लागि यी विधि अपनाउँन सकिन्छ ।
बच्चालाई तातो, ज्यादा नुनिलो, पीरो मसालेदार खानेकुरा दिनुहुँदैन ,
झोलिलो नरम खानेकुरा, दुध, पानी, फलफुल रस प्रशस्त ख्वाउनु पर्छ,
दुखाइ कम गर्न घाउ आएको ठाउँमा खाना खानु अगाडी मलम (Deltagen, Orex-lo, Zytee) लगाइ दिदा आराम हुन्छ,
सामान्यतया यस्ता खटिरा एक हप्ता जतिमा आफै ठिक नभएकामे खण्डमा सम्बन्धित चिकित्सकलाई देखानु पर्छ,
बच्चाले केहि पनि नखाएमा, ज्वरो आएमा, गिंजा सुन्नियमा गिंजाबाट रगत बगेमा, सास गन्हएमा पनि चिकित्सक सँग परामशे लिनु पर्छ,