काठमाडौं - खाना हरेक प्राणिलाई आवश्यक पर्छ । खाना बिना कोहि प्राणिको अस्तित्व सम्भव छैन । मानव जातिलाई पनि खानको आवश्यकता पर्छ ।
बालबालिका, वृद्धवृद्धा लगायत अन्य उमेर समुहका हरेक व्यक्तिले दैनिक भोजन गर्ने गर्छन् । व्यक्ति अनुसार खानाको चयन र मात्रामा फरक पर्छ । कोहि व्यक्ति मांशाहारी हुन्छन् भने कोहि शाहाकारी । कोहि व्यक्ति बाल्यवस्था देखि नै शाहाकारी हुन्छन् भने कोहि वृद्धावस्थामा वा अन्य उमेरमा शाहाकारी हुने गर्छन ।
बाल्यवस्थामा नै शाहाकारी भएमा केहि अभिभाबक उनिहरुको खानालाई कसरी सन्तुलित बनाउने भन्ने तनावमा हुन्छन् । शाहाकारी बालबालिकालाई आहारलाई सन्तुलित बनाउने उपाय यस्तो छ ।
शाहाकारी बालबालिकालाई आइरनको कमी हुन नदिन फलाम किल्ला दाना हरियो सागसब्जि, गेडागुडि र दाल प्रशस्त मात्रामा खुवाउनुपर्छ । फलाम अवशोषण बढाउन भिटामिन सि युक्त खानेकुरा सुन्तला, मेवा, तोरीको साग, अम्बा कागती, किवि यथेष्ट मात्रामा खुवाउनुपर्छ ।
शाहाकारी बालबालिकालाई भिटामिन बि १२ को कमी हुन नदिन बि १२ किल्ला दाना खुवाउनुपर्छ ।
शाहाकारी बालबालिकालाई भिटामिन जिंकको कमी हुन नदिन बिज अन्तर्गत तिल, आलस, फर्सि र नट्स भरपुर मात्रामा खुवाउनुपर्छ ।
भिटामिन डि किल्ला दाना खुवाउनुपर्छ ।
क्याल्सियमको कमी हुन नदिन दुध, दहि चिज पर्याप्त मात्रामा खुवाउन कुनै कसर बाकि राख्न हुदैँन ।