काठमाडौं- धेरै बालबालिकामा खाना खाने तरिका नमिलेका कारण समस्या देखिने गरेको छ ।
धेरैले पेटसम्बन्धी समस्या लिएर आउने गर्छन् । हामीले ठूलो उमेरको बालबालिकामा अल्सरलगायतका समस्या हुन्छन् भन्ने थाहा पाएका छौं तर अल्सरको संक्रमण सानै उमेरका बालबालिकामा पनि हुने देखिएको छ ।
बच्चाले जब बाहिरको खाना खान थाल्छ, कतिपय समस्या त्यसपछिको उमेरमा देखा पर्छ ।
त्यसले पेटमा घाउ हुने, पेटमा रहेको अम्लिय पदार्थ माथि जाने लगायतका समस्या देखिन्छ । ग्यास्ट्राइटिस भनिने यस्तो समस्या लिएरपनि बिरामीहरु आउछन्। ७–८ वर्ष नाघेका बच्चालाई आवश्यक पर्यो भने पेटमा घाउ छ कि छैन भनेर इन्डोस्कोपी गरेर पनि हेर्नुपर्ने हुन्छ ।
बच्चाहरुमा कब्जियतको समस्या पनि बारम्बार देखिने गर्छ । बच्चाहरुमा धैर्यतापूर्वक ट्वाइलेटमा बस्ने अभ्यास नहुँदा पनि यस्तो हुन्छ ।
उमेर पुगेका मानिसलाई खाना लगायतका कारणले कब्जियत हुन्छ, तर बालबालिकालाई ट्वाइलेटमा बस्ने अभ्यास नहुनाले । विहानमा ट्युसन, स्कुल, होमवर्क लगायतका कारणले एकदमै भागदौडको सामना गर्नुपर्छ ।
अनि दिउसोमा स्कुलको सार्वजनिक ट्वाइलेट प्रयोग नगर्ने स्वभाव हुन्छ ।
दिनभर या लामो समय ट्वाईलेट खटाउने बानी बढ्दै गएपछि उनीहरुमा कब्जियतको लक्षण देखा पर्छ ।
जसले खानाको रुची कम हुने खाना मन नलाग्ने जस्तो समस्या देखिन्छ ।
त्यसैले अभाविकहरुले विहानमा १०–१५ मिनेट समय दिएर बालबालिकालाई नियमित ट्वाइलेट जाने बानी बसाउनुपर्छ । विहान नियमित शौचालय बस्ने बानीमात्रै बस्ने हो भने कब्जियतको समस्या हुँदैन ।
जंकफुडको नियमित प्रयोग बालिकालिकाको अर्को समस्या हो । अहिले जस्तो अवस्था आइसकेको छ कि जंकफुड रोक्ने खोजेर पनि रोकिन्न ।
हरेक खाद्यान्न पसलमा आवश्यक सामानभन्दा अगाडी जंगफुड राखिएको छ । त्यसैले बालबालिका त्यसमा आकर्षित भइहाल्छन् । टिभीमा त्यसैगरी विज्ञापन हुन्छ ।
बच्चाहरु प्राय चकचके पनि हुन्छन्। त्यो सामान्य प्रक्रिया हो। कुनै अविभावकले बच्चा चकचके भएन भन्ने गुनासो लिएर आए बरु चिन्तित हुनुपर्छ। बच्चा बढी इन्क्लुजेटिभ हुन्छ। बढी सिक्न खोज्छ ।
बढी नै चकचके छ, सामाजिक स्वभावको भएन भने चिन्ता लिनुपर्छ । नत्र ठिकै हो । चकचकका कारण चोटपटक लाग्ला कि भन्ने सतर्कता चै अपनाउनुपर्छ। एजेन्सी