काठमाडौं- बरिष्ठ स्त्री तथा प्रसूति विशेषज्ञ समेत रहेकी डा.कार्कीसँग महिला स्वास्थ्य संवाददाता समृद्धा केसीले गरेको अन्तर्वार्ता:
यहाँको जन्म कहाँ र कहिले भएको थियो ?
१९५८ मा जनकपुर अञ्चलको मोहोत्तरी जिल्लाको औरही नैनीगौरी भन्ने गाउँमा जन्मिएको हो ।
बाल्यकालमा पढाइमा कस्तो हुनु हुन्थ्यो ?
मेरो पालामा छोरीलाई शिक्षा दिने चलन थिएन मेरै गाउँमा हजुरबुबाले खोलेको स्कुल थियो हजुरबुबाले मलाई एकै पटक चार कक्षामा लगेर राख्दिनु भएको हो । मेरी आमाले पढ्नु पर्छ भनेर म कसरी कसरी चार कलासमा पढेको हो । नत्र हाम्रो पालामा गाउँघरमा छोरीलाई पढाउँने चलनै थिएन् । कक्षा ७ सम्म म त्यहि पढेको हो ।
आमा विरामी भएपछि उपचारको क्रममा म काठमाडौं आए । मेरो मामा यतै बस्नु हुन्थ्यो । मेरो पढाई राम्रो थियो त्यहि कारणले मामाले मलाई अब यतै पढ्नु पर्छ भन्नु भयो तर म मधेसको केटी भनेर कसैले भर्ना लिन मानेन ।
पद्यमकन्या स्कुलमा मामाले प्रध्यायपक सँगै गएर कुरा गर्नु भयो मेरो भान्जी पढाइमा धेरै राम्रो छिन् उसले पढाइमा राम्रो गरेन भने म आफैले फरकाएर लिन्छु भन्नु भयो । त्यसपछि म त्याँहा कक्षा ८ मा भर्ना भए ।
म कहिले कलासमा तेस्रो , दोस्रो भइन म सधै प्रथम भएर निस्के मैले एस।एल।सी मा पनि त्या बाट गोल्ड मेडल कमला पुरुस्कार त्यति बेला त्यसलाई ठूलो पुरुस्कार मान्थ्य प्रधानमन्त्री कृतिनिधि विष्टको हातबाट मैले त्यो सम्मान पाए ।
आइ.ए.सी अस्कल कलेजबाट गरे एम।बिबि।एसमा नाम निकालेर मैले कलकत्तामा निः शुल्क पढ्न पाए । मैले पढाइमा घरको पैसा खर्च गरेर सबै आफ्नो मेहेनतले गरे ।
कसरी चिकित्सक बन्ने सोच आयो ?
म सानै छदा देखि नै आमा बिरामी भइरहने भएका कारण म आमा सँगै अस्पताल जाने गर्थे एउटा त्यो कारण पनि हो । मेरो मामा पनि डाक्टर हुनु हुन्थ्यो उँहालाई देखेर पनि मैले डाक्टर बन्ने सोच बनाएको हु वा मेरो प्रेरणा स्रोत उँहा पनि हो । मामालाई देखेर नै म पनि पछि पढेर डाक्टर बन्छु भन्ने सोच बनाए ।
वैवाहिक सम्बन्ध कसरी शुभारम्भ गर्नु भयो ?
मेरो बाबु आमाले खोजेर नै बिहे गरिदिनु भयो । श्रीमान बालरोग विशेषज्ञका रुपमा कार्यरत हुनु हुन्छ । विहे गरेको पनि ३५ वर्ष पुरा भइसकेको छ ।
मेरो दुई वटा छोरी नै डाक्टर छन् दुबै जनाको बिहे पनि डक्टर सँग नै भएको छ जेठी छोरीको नातीनी पनि भइसकेको छ । समग्रमा भन्दा मेरो बैवाहिक जीवन खुसिका साथ बसत रहेको छ ।
दुई वटा छोरी पछि छोरा जन्माउने कतैबाट दबाब आयो कि ?
सानो छोरी हँदा मेरो पोष्टिङ पोखरामा थियो सबैले भाइटिका मनाउथे त्यो समयमा छोरीहरुले मलाई र्हेथ्य म नै हो तिमिहरुको भाइ भन्दै मैले नै भाइटिका लगाइदिन्थ्य । नत्र मलाई मलाई परिवार र श्रीमानबाट छोरा नै पाउँनु पर्छ भनेर त्यस्तो दबाब आएन बरु मेरी आमाले एउटा छोरा त चाहिन्छ भन्नु हुन्थ्यो । तर म र्टेने मान्छे थिइन दुई वटा छोरी भयो मलाई पुग्यो ।
ठुलो छारी मेरो पेटमा भएको सात महिना हुँदा म पढ्न (डिप्लोमा) ढाका गएको थिए । ठुली छोरी पाउँने भन्दा सात दिन अगाडी नेपाल आएर ११ दिनको न्वारन सकेर १६ दिनको बच्चा आमा र दिदिको भरमा छोर म फेरी पढ्न गएको हो ।
त्यसैले मेरी ठुलो छोरीको नाम पनि करीस्मा राख्देको हुन । अनि म एक वर्ष पढेर आउँदा आमाले छोडेर अएको हुनाले होला मेरो छोरी बोल्थीन चुपचाप लागेर बस्थिन् नत्र जेठी छोरीको अवस्था त्यस्तो देखेर अर्को सन्तान पाउँनु पर्छ जस्तो लागेर उसको साथीपनि हुन्छ भनेर पाएको हो नत्र म एउटै छोरी पाउँछु भनेर बसेको थिए ।
अर्को छोरी पाएपछि उसले चिमोटि चिमोटि दिदिलाई बोल्ने गराएको हो । नत्र म सायद डाक्टरको नाताले एउटा नै जन्माउथे ।
यो नेतृत्वदायी तहमा कसरी आईपुग्नु भयो ?
चिकित्सा क्षेत्रमा सेवा प्रदान गर्न लागेको ३५ वर्ष भयो । चिकित्सक बन्नलाई लामो यात्राको तय गर्नु पर्ने हुन्छ । केहि नभएपनि १२ देखि १३ वर्ष लाग्ने गर्छ ।
काम गरेको ३५ र अध्ययनको १० वर्ष जोडेपनि ४५ वर्ष पुग्छ । म प्रशासनिक क्षेत्रमा आइपुग्न ४५ वर्ष लामो संगर्नु पर्यो । हामी एक दिनमै यो स्थान सम्म आइ पुग्दैनौं । ४५ वर्ष सम्म हामी त आफ्नो हात , नंग्रा , खियाएर यो स्थानमा पुगिएको हो ।
यो खासै ठुलो उपलिब्ध हैन तर पनि म यसमा सन्तुष्टि छु । आफुले पढेको कुरा सेवाका रुपमा प्रयोग गरि हजारौं बिरामीको ज्यान बचाइयो । केहि अध्ययन अनुसन्धान पनि गरियो ।
अहिले त्यहि पेशालाई विद्यार्थीको पढ्नपाठन द्धारा , कतिपयलाई रोजगारी दिएर त्यहि पेशामा फर्काउन पाउँदा यसमा आफु धेरै सफल भइरहेको छु जस्तो लाग्छ ।
चिकित्सा पेशा सँगसँगै प्रशासनिक क्षेत्र र घरपरिवार लाई समेतको व्यवस्थापन कतिको गाह्रो हुने रहेछ ?
मैले तालिम लिएको वा अध्ययन गरेको भनेको स्त्री रोग विशेषज्ञमा हो । मैले कुनै पनि प्रशासनिक क्षेत्रको तालिम लिएको हैन् । काम गर्दै जादा अनुभवको आधारमा पनि त्यहा भित्रको प्रशासनिक कुरा सिक्ने मौका पाए ।
चिकित्सकले धेरै कुराहरुको अनुभव लिएका हुन्छन् सामान्य पढाइले कोहि पनि चिकित्सक बन्न सक्दैन सरलरुपमा भन्दा चिकित्सक तेज दिमागको हुन्छन् ।
प्रशासनिक तालिम प्राप्त नभएपनि सामान्य रुपमा यी कुुराहरु बुझ्दै आइरहेका हुन्छन् तर पनि अलि गाह्रो भने हुने रैछ त्यसकारण चिकित्सकहरुलाई पनि यस्तो प्रशासनको तालिम दिनु पर्ने रैछ जस्तो कहिकतै मैले महशुस गरे ।
सबै बुझेका व्यक्तिले आफ्नो तरीकाले काम गर्छ नै तर कहिले काहि तालिम नलिएका व्यक्तिले पनि काम गर्नु पर्ने हुने रहेछ । कँहिलेकाही आफ्नो इन्हेरेन्ट पनि हुन्छ जस्तो लाग्छ ।
कुनै ठाउँमा नेतृत्व लिदा एक्लै गरेर त हुँदैन त्यसमा परिवारको पनि साथ चाहिन्छ भने हामीले पेशागत क्षेत्र लगायत घर परिवारमापनि कुशलका साथ काम गर्नु पर्ने हुन्छ ।
हामी महिलाले त श्रीमान घर परिवार , छोराछोरी सबै हेर्नु नै पर्छ । त्यसै गरि कर्म क्षेत्रलाई पनि अर्को घर सम्झेर त्यहा भएका सबैलाई मायाका साथै काम पनि गराउनुपर्यो त्यहापनि कुशलताका साथ काम गर्न सकेन भने संस्था हाक्न सकिदैन ।
यी त परिवार र कर्म थलोका कुरा भए यस्तै हामीले माथि उच्चस्तर विश्वविद्यालय, चिकित्सा आयोग ,स्वाथ्य र शिक्षा मन्त्रालय , मेडिकल काउन्सील उँहाहरु सँगपनि सोभाद्र वातावरणमा काम गर्ने हुन सक्छ ।
साम, दाम, दण्ड भेद सबै लगाएर आफु इमान्दार भएर कसरी आफ्नो काम गर्नु पर्ने हुन्छ । म यो काम गर्छु भन्नै भनेर एकीकृत भएर लाग्यो भने त्यो काम गर्न सकिन्छ । तर त्यसको लागि धेरै मेहेनत कसरत ,समय , सकारात्म सोच चाहिन्छ ।
म महिला भएकै कारण यो क्षेत्रमा राम्रो सँग काम गर्न सकिन वा यो काम पुरा भएन भन्ने अनुभूति भएको छ ?
म महिला भएकै कारण मैले यो काम गर्न सकिन भन्ने मलाई कहिले पनि भएन बरु मैले पुरुषको तुलनामा झनै राम्रो काम गर्छु जस्तो लाग्छ । सायद म महिला भएकै कारण भष्टचारबारे सोच्दिन ।
भष्टचार गर्ने मेरो दिमागमै आउँदैन । म महिला भएकै कारण संस्थाको सानो सानो कुरा सरसफाइ देखि अन्य सबै काम बनावट, सजावट सबै व्यवस्थापन राम्रो भएको छ जस्तो लाग्छ । संस्थामा को मानिस समयमा आयो को गयो त्यो मान्छेले गर्न काम गर्यो कि गरेन भन्ने सबै कुरा ख्याल राखिराखेको हुन्छनु ।
कार्य क्षेत्रमापनि कोहि कर्मचारी किरामी भयो कसैलाई केहि कारणले एकलो महसुस गरेको छ भने नजिकबाट त्यसलाई नियाल्ने काम गर्छु । म महिला भएकै कारण यो क्षेत्रमा बढि प्रभावकारी छु कि जस्तो लाग्छ ।
अहिलेको परिस्थितिमा आफुले मन लनाग्ने काम पनि गर्नु पर्छ । मन नलागि नलागि पनि केहि नबोल्नु कुरा पनि बोल्नु पर्ने हुन्छ ।
मेरो मात्र नभएर संस्थालागि हेर्नु पर्ने हुन्छ आज देशको माहोल नियमकानुनले मात्र चलको छैन अरु थोकले पनि छलिरहेको छ । जो मेरो व्यवहार र चरित्रले त्यस्तो काम गर्न त मान्दैन त्यस्तो अवस्थामा गाह्रो पर्छ । मलाई नराम्रो कुराहरु पछयाउन मन लाग्दैन , नराम्रो कुरा गर्न मन लाग्दैन ।
भष्टचार , चाप्लुसिका कुारा गर्न मन लाग्दैन् आफुले सहि काम गर्नु पर्छ मेरो यो काम भने पछि उनिहरुले पनि दिनु पर्छ जस्तो लाग्छ तर त्याहा त्यस्तो हुँदैन् ।
गर्भ परीक्षण गर्न आउनेहरु कस्तो पतिक्रिया व्यक्त गर्छन ?
आजपनि नेपालमा गरिब मानिसले बरु नबुझेर वा थाहा नपाएर परीक्षण नर्गला तर पढेलेखेका विज्ञ मानिसले छोराको चाहा धेरै भएका कारणले लिंग परिक्षण गर्ने चिकित्साकोमा जाने गर्दछन् ।
म आफु नै सुरक्षित गर्भपत सेवा दिने र परिक्षण दिने व्यक्ति पनि हो । मेरो हकमा मैले कहिलेपनि लिंग पहिचान गरेर गर्भपतन गर्ने काम गरेन बरु त्यस्ता व्यक्तिलाई सम्झाइ बुझाइ गरेपछि छोरी भए गर्भपतन गर्छु भनेर आएका मानिस पनि छन् ।
छोरी होस् वा छोरा लिगं पहिचान गरेर गर्भपतन गर्नु अपराध हो । कानुनको विपरीत गएर बच्चा गर्भपतन गर्नु अपराध हो ।
परीक्षण गर्न आउदा महिला कहिले एक्लै पनि आउँछन् , कहिले साथी कहिले घरपरिवार, श्रीमान सँग आउँने गर्छन । कतिपय त झुकाएर पनि परीक्षण गराउँछन् होला यो त राज्य व्यवस्थाले उजुर भएमा कानुन सम्भत कारबाहि पनि गरेकै छ ।
महिलाले १२ हप्ता सम्मको सुरक्षित गर्भपत गर्न पाउँने उसको हक हो । महिलाले बच्चा नजन्माउन चाहेको खण्डमा गर्भपत गर्न सक्छिन् ।
महिलाहरुलाई के सन्देश दिन चाहानु हुन्छ ?
सबै भन्दा ठुलो कुरा शिक्षा हो । त्यसकारण महिलाहरु शिक्षित हुनु पर्छ । तर अहिले कतिपय मानिसमा पढे पनि पैसा कमाउने हो नपढे पनि पैसा कमाउने हो भन्ने मानसिकता छ ।
त्यो गलत सोचाई हो । शिक्षा, स्वास्थ्य ले मानिसलाई धेरै कुरा दिन्छ । शिक्षाले रोजगारी दिन्छ । रोजगारी दियो भने महिला आर्थिक हिसाबले सब्ल हुन्छिन् ।
शिक्षापछि संस्कार चाहिन्छ संस्कार भएन भने सक्षम भएका महिलाहरु उर्छिङखल हुन्छन् । अहिलेको अवस्थामा सम्बन्धबिच्छद गर्नेको संख्या बढेको छ । महिला सक्षम हुनका लागि शिक्षा , रोजगारी जस्तै संस्कार पनि उत्तिकै आवश्यक मानिन्छ ।
मानिसले सौहाद्रपूर्ण व्यवहार गर्न सिक्नु पर्छ अलिकति सहनशिलता पनि चाहिन्छ । अरुलाई हानी नोक्सानी पुग्ने काम गर्नु हुदैन् । सबै कुरा मैले भनेको हुनु पर्छ भन्ने सोचाइ राख्नु उपयुक्त रहेन ।