हरेक महिलाहरुका लागि गर्भावस्था विशेष अवस्था हो । त्यस्तै परिवारका लागि पनि । यो अवस्था खुशी र चुनौतिपूर्ण हन्छ । हाम्रो समाजमा अहिले पनि महिलाहरु गर्भावस्थामा आफ्नो ठूलो पेटलाई प्रति असहज महशुस गर्छन र लजाउछन । यो निकै जोखिम पूर्ण अवस्थाका बारेमा धेरैलाई सामान्य जानकारी समेत नहुँनु ठूलो समस्या हो ।
कति महिनामा शिशुको बुद्धि कति हुन्छ जानौंः
शिशुको अंग कुन अवधिमा के बढ्छ ?
गर्भ रहेको ५ देखि ८ हप्तामा मानव शरीरका मुख्य अङग र स्नायु प्रणालीको विकास हुन्छ भने ६ हप्ताबाट मुटुको धड्कन सुरु हुन्छ । गर्भावस्थाको ८ हप्तासम्ममा अनुहार (मुख) को आकार आउँछ भने ९ देखि १२ हप्तामा शरीरका भित्री अङग फोक्सो, मिर्गौला कलेजो, अस्थिपञ्जर बन्न थाल्छन् ।
गर्भावस्थाको चौथो हप्तादेखि दसौं हप्तासम्म गर्भस्थ शिशुको मुटु तथा स्नायु प्रणालीअन्तर्गतका महत्वपूर्ण अंग निर्माण हुने भएकाले अनावश्यक रुपमा जथाभावी औषधी सेवन तथा चुरोट एवं मद्यपान गरे गम्भीर प्रकारका शारीरिक समस्या भएका शिशु जन्मन सक्छन् ।
कुनबेला गर्भ बस्छ ?
नियमित रुपमा ९प्रत्येक २८ देखि ३० दिनमा० महिनावारी हुने महिलामा महिनावारीको १० औंदेखि १८ औं दिनसम्म यौनसम्पर्क गरे गर्भ रहन सक्छ ।
कसरी जन्मन्छन् छोराछोरी ?
पुरुषमा एक्स र वाई दुवै क्रोमोजम हुन्छ भने मा स्त्रीमा एक्स एक्स मात्र हुन्छ । जति वेला पुरुषबाट वाइ र स्त्रीबाट आएको एक्स क्रोमोजोमको मिलन हुन्छ त्यति बेला छोरा जन्मिन्छ । त्यसैगरी पुरुषबाट पनि एक्स क्रोमोजोम आएर एक्सएक्स क्रोमोजोमको मिलन हुन्छ त्यतिबेला छोरी जन्मिन्छ ।
शिशु जन्मने मिति कसरी निकालिन्छ ?
नियमित रुपमा महिनावारी भैरहेका महिलामा अन्तिमपटक महिनावारी भएको दिनमा ९ महिना ७ दिन जोडेमा शिशु जन्मिने मिति निस्कन्छ । यसरी हिसाब गरी निकालेको दिनमा करिब ५ प्रतिशतले शिशु जन्माउँछन । भने अधिकांश वा करिब ८० प्रतिशत महिलाले उक्त दिनको दुई हप्ताअघि वा एक हप्तापछि शिशु जन्माउँछन् ।
कहिले गर्ने अल्ट्रासाउण्ड ?
सामान्यतयः गर्भ रहेका करिब १६ देखि २२ हप्ताभित्र पहिलो पटक अल्ट्रासाउन्ड ९भिडियो एक्सरे० गराउनु पर्छ । गर्भमा रहेको शिशुको अवस्था, गर्भ ठीक ठाउँमा बसेको छैनन भनि थाहा पाउन यो आवश्यक छ । कुनै किसिमको शारीरिक समस्या छ–छैन थाहा पाउन पनि चिकित्सले अल्ट्रासाउण्ड गराउन सल्लाह दिने गरेका छन् ।
गर्भमा कहिले चल्छ शिशु ?
गर्भावस्थाको करिब १८ हप्तापछि शिशु चलेको महसुस हुन्छ । गर्भ रहेको करिब ३६ हप्तापछि शिशु तल सर्ने हुनाले सास फेर्न अलि हलुका महसुस हुन्छ ।
गर्भवतीले ध्यान दिनुपर्ने कुरा के हुन् ?
पहिलो गर्भावस्थामा दुईपटक टीटी खोप लिनुपर्छ भने आइरन एवं क्याल्सियम क्रमशः पहिलो र दोस्रो त्रैमासिकदेखि खानुपर्छ । यसका साथै शक्ति प्राप्त हुने थप कार्बोहाइड्रेट र प्रोटिनयुक्त खाना खानुपर्छ ।