काठमाडौं- स्वस्थ्य शिशु जन्माउने इच्छा सबै आमाको हुन्छ । आमा र शिशुलाई दुबै जना स्वस्थ्य रहनका लागि आमाले गर्भावस्था भन्दा केहि समय पहिलाबाट नै आफ्नो विशेष ख्याल राख्नु पर्ने हुन्छ ।
गर्भावस्था एक बिशेष अवस्था हो । गर्भावस्थामा महिललो बिशेष सावधानी अपनाउनुपर्ने हुन्छ ।
गर्भवती महिलाले गर्न हुने कुराहरु
शारीरिक सरसफाईमा थप हेरचाह गर्ने,
बसेको अवस्थामा कम्मर पिठ्यु सिधा पारेर मात्र सामान उचाल्ने
सानो हिल भएको तथा हिड्न सजिलो हुने जुत्ता लगाउने
आफुलाई सजिलो महसुस हुने कपडाहरु लगाउने तथा उच्चा ताप र दौडधुपबाट बच्ने
नियमित रुपमा साधारण तथा हल्का व्यायम गर्ने यसको लागी स्वस्थ्यकर्मीबाट परामर्श लिने
आफ्नो औषधि उपचारको रिर्पोट स्वास्थ्यकर्मीको सम्पर्क ठेगाना एम्बुलेन्सको ठेगाना सधैँ सुरक्षित राख्ने
गर्भवती गर्न नहुने
धुम्रपान, मद्यपान लागु पदार्थ एक्स रे, रपायनिक पदार्थहरुबाट टाढा रहने
गहु्रगो सामान नउठाउने
ठुलो हिल भउको जुत्ता नलगाउने
सामानसम्म पुग्नको लागी शररिलाई तन्काउने काम नगर्ने, अग्लो दराजसम्म पुग्ने वा टेकुलको अर्को भागमा राखेको सामान भेटाउन शरीर नतन्काउने
पेटसम्बन्धि समस्या सिर्जना गर्न सक्ने खालका व्यायम नगर्ने जस्तै घोडा चट्ने, उफ्रिने व्यायम नगर्ने साथै मोटरसाइकल र टेम्पु नचढ्ने
स्वास्थ्यकर्मीसँग सल्लाह नगरी कुनै प्रकारका औषधि सेवन नगर्ने