काठमाडौं- गर्भवती हुनु भन्दा अगाडि देखि नै महिलाहरुको स्वास्थ्य स्थिति सुधार गर्नुपर्छ । पोषणका लागि हजार दिन भन्नाले गर्भवती आमाको पोषण र शिशु तथा २ वर्ष मुनिका बालबालिकाको पोषण दुबैलाई जनाउँदछ । पोषणका लागि हजार दिन कुपोषणको चक्र तोड्न र बालबालिकाको शारीरिक र मानसिक बृद्धि विकासका लागि महत्वपूर्ण छ । २ वर्ष भित्रमा बालबालिकाको दिमागको ८० प्रतिशत भागको विकास हुने गर्छ ।
बच्चा आमाको गर्भमा रहदा आमा र बच्चा दुबैको लागि चाहिने दैनिक पोषणको आवश्यकता आमाले खाएको खानाबाट नै परिपूर्ति हुन्छ । बालबालिकाको शारिरीक तथा मानसिक बृद्धि विकास राम्रो गर्न यो समयको खानपानले महत्वपुर्ण भुमिका खेलेको हुन्छ ।
कम तौलको बच्चा नजन्मन गर्भवतीले पौष्ट्रिक आहार खानुपर्छ ।
आईरन चक्की खाँदा रिंगटा लाग्ने, खाजा नमिठो लाग्ने जस्ता सामान्य असर देखिन्छन्, खादै जाँदा यी असरहरु हराउँदै जान्छन् कम तौल भएको बच्चा र महिना नपुगी बच्चा नजन्मन, बच्चा जन्मदा धेरै रगत बग्नबाट बचाउँन र रक्तअल्पता हुनबाट जोगाउन, गर्भ रहेको ४ महिना देखि आईरन चक्की अनिवार्य रुपले खानै पर्छ ।
पौष्टिक तत्वको कमी भए के हुन्छ ?
गर्भवती भएदेखि बच्चा जन्मेको २ वर्षको अवधिलाई हजार दिन भनिन्छ । पौष्टिक तत्वको कमी भएमा बालबालिकाको शारिरीक तथा मानसिक बृद्धि विकासमा कमि आउनुको साथै सिक्ने क्षमतामा पनि कमि आउँछ ।
बजारमा पाईने खानाहरुमा पोषण तत्व कम मात्रामा पाइन्छ । बजारमा पाईने तयारी खाना खाँदा बालबालिका पटक पटक बिरामी भैरहने रोगहरु लाग्ने सम्भावना बढि हुने हुँदा कुपोषण हुने सम्भावना बढि हुनुका साथै उमेर अनुसारको तौल बृद्धि विकासमा कमी आउँछ ।
हजार दिनको आमा र बच्चालाई के खुवाउने ?
६—९ महिनालाई ३ पटक जावलो, लिटो खुवाउने, १ पटकमा नरम जाउलो, लिटो १ सिसाको गिलासको घेरासम्म खुवाउँनुपर्छ ।
आमालाई पनि साविक भन्दा २ पटक थप खाना खुवाउनुपर्छ ।