काठमाडौं - गर्भावस्था हरेक महिलाका लागि विशेष समय हो । यस समयमा हरेक महिलाले आफ्नो स्वास्थ्य सँगै गर्भमा रहेको भुण्रको स्वास्थ्य अवस्थाबारे विशेष ध्यान दिनु आवश्यक छ ।
गर्भमा रहेको शिशुले आफ्नो आमाले खाएको खानाबाट नै पौष्टिक तत्व पाएर हुर्कन्छन् । गर्भधारण गरेको समयदेखि दिनहुँ खाने साविक खानाका साथै एकपटक थप पौष्टिक तथा सन्तुलित खाना खानुपर्छ । भने सुत्केरी हुदाँ दिनहुँ खाने साविक खानाका साथै थप दुईपटक पौष्टिक तथा सन्तुलित खाना खानुपर्छ । त्यसका साथै गर्भवती र स्तनपान गराइरहेकी महिलाको आनेकुरामा यस्ता पोषण तत्वहरू समाबेश हुनपर्छ ।
गर्भधारण गरेको समय वा सुत्केरी महिलाले पोषण तत्वहरूले भरिएका खाद्य समूहहरूको विविध र विविधता सुनिश्चित गर्न प्लेटमा इन्द्रेणी युक्त संन्तुलित आहार समावेश हुनुपर्छ ।
परिष्कृत कार्बोहाइड्रेटको सट्टा खानामा सम्पूर्ण अनाज र अन्नलाई समावेश गर्नुपर्दछ।
प्रोटीन र क्याल्शियमयुक्त खाना जस्तै दूध ,दही, गेडागुडी र फलफूल, अण्डा, माछा, मासु मा बढि ध्यान दिन जरुरी छ । यसले भ्रुणको स्वास्थ्य विकासमा मद्दत गर्दछ।
गाढा र हरियो पातदार तरकारीको साथै दैनिक आहारमा भिटामिन र खनिज जस्तै फर्सी ,गाजर, ब्रोकोली र फलफुलहरु तत्व आवश्यक पर्छ ।
प्रतिरोधात्मक क्षमता निर्माण गर्नका लागी प्रत्येक दिन भिटामिन र एन्टिअक्सिडेन्ट फलफुलहरू (अनार, लसुन, चुकन्दर, गोलभेडा, किबी) को उपभोग गर्न जरुरी छ।
फलाम र फोलिकयुक्त खाना जस्तै अंग मासु ९कलेजो, मुटु, जिब्रो, दिमाग०, टुसा उमारेका गेडागुडी, गाढा हरियो पातदार तरकारीहरू, सिमी आदि उपभोग गर्न जरुरी छ।
राम्रो र स्वस्थकर फ्याटहरू जस्तै नट र बीउहरू तिल, आलस,ओखर, बदाम, फर्सिको बिया, एभोकाडो खानुपर्छ ।
जंक फूड, प्रशोधित गरिएको खाना र चिल्लो खानामा स्वास्थ्यको लागि हानिकारक सोडियम, ट्रान्स फ्याट, परिष्कृत कार्बोहाइड्रेट र संरक्षकहरु अत्याधिक हुन्छ त्यसैले यस्ता खानेकुराबाट टाढै बस्नुपर्छ ।
आमाको दुध उत्पादनका लागि मेथी, ज्वानो, बीउ, नट र चाकुको उपभोग उपयुक्त हुन्छ।
(युवा अभियान्ता एवं पोषणविद् बोनिता शर्मासँगको कुराकानी )