धेरै महिलाहरुमा थाइरोइडका कारण गर्भ नबस्ने समस्या देखिन्छ। त्यसैले गर्भाधान गर्नुअघि थाइरोइडको उपचार गर्नुपर्छ। थाइरोइड महत्त्वपूर्ण फर्टिलिटी ग्रन्थी हो । र यस ग्रन्थीमा हुने गडबढका कारण सन्तान जन्माउने क्षमतामा ह्रास आउँछ । थाइरोइड ग्रन्थीले राम्रोसँग काम नगरेको अवस्थामा शरीरमा हर्मोनहरुको असन्तुलन हुन थाल्छ । चिकित्सकका अनुसार थाइरोइड हर्मोनमा कमी हुने कारण महिलाहरुमा प्रजनन् स्वास्थ्यसँग जोडिएका समस्याहरुको सामना गर्नुपर्छ ।
गर्भाधानमा थाइरोइड ग्रन्थीमा पार्ने प्रभाव
थाइरोइड ग्रन्थीले प्रत्येक कोशिकाहरुका मेटाबोलिक लेभल, शरीरमा हर्मोनको स्तर र तौलको सन्तुलन कायम गर्छ । तनाव, पोषणको कमि, रोग प्रतिरोधी बिकार र शरीरमा हुने एस्ट्रोजन र प्रोल्याक्टिन जस्ता पदार्थहरुको मात्रा धेरै भएको खण्डमा त्यसको असर थाइरोइड ग्रन्थीलाई पर्न जान्छ ।
हाइपोथाइरोइडिज्म र हाइपरथाइरोइडिज्ममा गर्भवती
यस्तो अवस्थामा थाइरोइड ग्रन्थीले काम गर्न कम गर्न थाल्छ र यस्तो अवस्थामा गर्भवती हुने सम्भावना न्यून हुन्छ । कसैलाई यस्तो अवस्थामा गर्भवती भएमा अत्यधिक रक्तस्राव हुने खतरा पनि हुन्छ । र एनिमियाको समस्या पनि हुनसक्छ । यस्तो अवस्थामा थाइरोइड हर्मोनलाई सन्तुलनमा राख्ने औषधिको प्रयोग गरेर गर्भाधान गर्न सकिने चिकित्सकहरु बताउँछन् ।
हाइपरथाइरोइडिज्ममा ग्रन्थी धेरै सक्रिय हुने गर्छ । यसले महिनावारी अनियमित गराउनुका साथै धेरै रक्तस्राव हुनसक्छ । यसको असर ओभुलेसनमा पर्न जान्छ र अनियमित महिनावारीका कारण गर्भाधान हुन समस्या हुनसक्छ ।
यदि थाइरोइडको उपचार समयमा नगराएमा गर्भाधानको समयमा गम्भीर समस्या आउन सक्छ । यसले एनिमिया हुने, गर्भपतन हुने, प्रिक्ल्याप्सिया र प्लेसेन्टा एब्रप्शन जस्ता समस्या निम्त्याउँछ ।
थाइरोइडले गर्भाधान गर्ने क्षमतामा पार्ने प्रभाव
महिनावारी चक्रमा प्रभाव
थाइरोइड भएको समयमा ओभुलेसन नहुने समस्या हुन सक्छ । ओभुलेसन गर्भाधान गर्नको लागि महत्त्वपूर्ण हुन्छ । ओभुलेसन नभएमा गर्भधानका लागि चाहिने अण्डा बन्न सक्दैन ।
इन्प्लान्टेशन समस्या
थाइरोइडको असरले प्रोजेस्टेरोन लेभलमा पर्न जान्छ । प्रोजेस्टेरोन हर्मोन ओभरीद्वारा प्रसारित हुने गर्छ । यसले गर्भ बनाइराख्ने काम पनि गर्ने भएकाले यसलाई गर्भाधान हर्मोन पनि भनिन्छ । थाइरोइड हुँदा ‘फर्टिलाइज एग’ गर्भाशयसँग जोडिन पाउँदैन र गर्भपतन हुने सम्भावना धेरै हुन्छ ।
शरीरको तापक्रम
थाइरोइडका कारण दिनभरमा शरीरको तापक्रमको सबैभन्दा कम तापक्रममा गिरावट आउने र भ्रुण विकसित नहुने कारण गर्भपतन हुनसक्छ ।
प्रोल्याक्टिन लेभल
अत्यधिक मात्रामा प्रोल्याक्टिन बन्ने कारण ओभुलेसनमा सहायता मिल्दैन । थायराक्सिनको कम स्तर र थाइरोइडले रिलीज गर्ने हर्मोन (टिआरएच) बढी हुने र प्रोल्याक्टिन धेरै बन्ने हुँदा यसले बच्चा उत्पादनमा नकारात्मक प्रभाव पार्न सक्छ ।