काठमाडौं - गर्भ रहेपछि, खानपान र जीवनशैलीमा बिशेष सर्तकता अपनाउनुपर्छ । गर्भवतीले सेवन गर्ने खानेकुरा, गर्ने व्यवहार, भोग्ने दिनचर्या, सोच्ने शैली सबैको प्रभाव गर्भको भुण्रमा पनै जान्र्छ । त्यसैले गर्भावस्थामा स्वस्थ्य एवं सन्तुलित खानपान गर्नु, खुसी एवं प्रशन्न रहनु, सक्रिय हुनु, सकारात्मक सोच्नु, सुत्ने उठ्ने खाने तालिका नियमित गर्नु अपरिहार्य छ ।
गर्भ रहेदेखि महिलाको शरीरमा विभिन्न प्रतिक्रिया देखिन थाल्छ । हर्मोनको असन्तुलनले केहि समस्या पनि निम्त्याउँछ । त्यसैले यी सबै कुराको जानकारी लिएर कुन अवस्थामा के गर्ने भन्ने ज्ञान हुन आवश्यक छ ।
गर्भावस्थाको प्रारम्भिक लक्षण
महिनावरी रोकिनु
चक्कर लाग्नु
वान्ता हुनु
कहिले कहिं ज्वरो पनि आउन सक्छ
सुरुवाती दिनमा हर्मोनल परिवर्तनको कारण केहि शारीरिक समस्याहरु देखापर्छ
यस्तो अवस्थामा के गर्ने ?
कुनैपनि भार नउठाउने
चिकित्सकको सल्लाह अनुसार व्यायाम गर्ने
ताजा र पौष्टिक भोजन सेवन गर्ने
आफुनो भोजनमा पत्तेदार सब्जी, दुध र दुधजन्य पदार्थ सामेल गर्ने
भिटामिन सि भएका खानेकुरा सेवन गर्ने
दिनमा कम्तीमा ६ ७ गिलास पानी पिउने
दोस्रो महिना
सबै गर्भवतीमा एकै किसिमको लक्षण नदेखिन सक्छ ।
थकान लाग्ने, चक्कर लाग्ने हुन्छ । धेरै पटक पिसाब लाग्न सक्छ ।
झर्को लाग्न सक्छ ।
के गर्ने ?
यस समयमा मदिरा, ड्रग्स वा विषाक्त पदार्थ नखाने
आफ्नो मर्जी अनुसार कुनैपनि औषधी सेवन नगर्ने
खानेकुरामा प्रोटिन, क्याल्शियम, कार्बोहाइडेट, ताजा फल खाने
हल्का थकान महशुस हुन सक्छ, त्यसैले पर्याप्त आराम गर्ने
तेस्रो महिना
यस अवधीसम्म आइपुग्दा तपाईको गर्भ निकै परिपक्क भइसकेको हुन्छ । विगतमा जस्तो समस्या वा खतरा हुँदैन । भ्रुण तिब्र रुपले बिकास हुन थाल्छ । योनीश्राव बढ्न सक्छ । कब्जियत हुनसक्छ । यतिबेला तपाईको गर्भवती पेट देखिन थाल्छ ।
के गर्ने ?
बच्चाको तौल बढेकाले कम्मरमा पीडा हुनसक्छ । त्यसैले गह्रौं वस्तु नउठाउने, फ्ल्याट जुत्ता लगाउने, आरामले बस्ने
पर्याप्त मात्रामा क्याल्शियमको सेवन गर्ने, हल्का व्यायम गर्ने
चौथो महिना
यतिबेला गर्भको भुण्र चल्न थालेको महसुस हुन्छ । गर्भाशय बढ्न थाल्छ । थकान लाग्न सक्छ, कब्जियत हुनसक्छ । पेट फुल्ने समस्या पनि देखापर्छ । भोक लाग्छ । सफा योनीश्राव हुन्छ ।
के गर्ने ?
खुला एवं हल्का पहिरन लगाउने
तरल पदार्थ पिउने, सब्जी र फलफूल सेवन गर्ने
डेढ देखि दुई किलोसम्म तौल बढ्न सक्छ, चिन्ता नगरौ
पाँचौ महिना
तपाईको गर्भमा तिब्र रुपमा शारीरिक परिवर्तन हुन्छ । बच्चा सक्रिय हुन थाल्छन् । बच्चाले खुट्टा चलाएको महसुष गर्न सकिन्छ । यतिबेला थकान लाग्ने, पेट फुल्ने, भोक लाग्ने, सास लिन गाह्रो हुने, कम्मर दुख्ने समस्या हुनसक्छ ।
के गर्ने ?
आरामदायक ढंगले बस्ने, सन्तुलित भोजन खाने
मुलायम पहिरन लगाउने
मनलाई प्रशन्न राख्ने, मनमा चिन्ता नलिने, कुनै भय नलिने
अचानक उठ्ने वा बस्ने नगर्ने । कुनैपनि काम गर्दा विस्तारै गर्ने
भोग लाग्नु स्वभाविक हो, तर जंक फूड नखाने
छैठौं महिना
यतिबेला शरीरको तौल तिब्र रुपमा बढ्न थाल्छ । शरीरको तापमान बढ्न सक्छ । स्तनको आकार बढ्छ र निप्पलमा कालो घेरा लाग्न सुरु गर्छ । पेटमा हलका पीडा हुन सक्छ ।
के गर्ने ?
यसबेला आराम गर्नु निकै महत्वपूर्ण हुन्छ । सहि मुद्रामा आराम गर्ने
धेरै समय खुट्टा झुन्ड्याएर नबस्ने । सुतेको बेला खुट्टामा सिरानी राख्ने
गहिरो सास लिने र छाड्ने अभ्यास गर्ने । पौष्टिक आहारा लिने
अधिक मात्रामा पेय पदार्थ लिने
सातौ महिना
भ्रुणको विकाससँगै तपाईको शरीरमा रगतको आवश्यक्ता पर्न थाल्छ । त्यसैले रगत बनाउने खाद्य पदार्थ सेवन गर्नुपर्छ । स्तन कोलेस्ट्रम नामक एक सफा तरल पदार्थ चुहिन सक्छ । कम्मर दुख्ने र सास बढ्ने समस्या देखापर्छ ।
के गर्ने ?
चिकित्सकको सम्पर्कमा रहने
मनमा भय र चिन्ता नलिने
खानपान र जीवनशैलीमा सन्तुलन ल्याउने
आराम गर्ने
आठौं महिना
गर्भावस्थाको आठौं महिना आफ्नो स्वास्थ्यप्रति एकदमै सर्तक हुनुपर्छ । गर्भ र आफ्नो शारीरिक संरचनामा धेरै परिवर्तन हुन सक्छ । यतिबेला गर्भको बच्चा पनि उर्जावान भइसकेका हुन्छन् ।
के गर्ने ?
पानी, फल र रसको सेवन गर्ने
मसलेदार वा एसिडयुक्त भोजन सेवन नगर्ने
नकारात्मक विचार त्याग्ने, जति सकिन्छ, शान्त भएर बस्ने
नवौं महिना
गर्भावस्थाको यो महिना पूर्ण अवधी मानिन्छ । कुनैपनि समयमा तपाईमा प्रसव पीडा हुन सक्छ । शारीरिक एवं मानसिक रुपले आफुलाई तयार राख्नुपर्छ ।
के गर्ने ?
प्रसवको समयमा लगाउनका लागि आरमदायक पहिरन तयार गर्ने
नवजात शिशुको लागि आवश्यक सामग्री खरिद गर्ने
प्रसुती गृह एवं अस्पतालको पायक पर्ने स्थानमा बस्ने
यातयातको व्यवस्था गर्ने